![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/ef/Logo_of_Shiv_Sena.svg/langne-640px-Logo_of_Shiv_Sena.svg.png&w=640&q=50)
शिव सेना
महाराष्ट्र स्थीत राजनीनिक दल / From Wikipedia, the free encyclopedia
शिव सेना ('शिवाजीकोसेना ') भारतको दक्षिणपन्थी मराठी क्षेत्रीय र हिन्दू अतिराष्ट्रवादी राजनीतिक पार्टी हो जसलाई बाल ठाकरेले सन् १९६६ मा स्थापना गरेका थिए। [5] मूलतः बम्बईमा (वर्तमान मुम्बई) मूलवादी आन्दोलनबाट अगाडि आएर यस पार्टीले भारतका अन्य भागहरूबाट आएका आप्रवासीहरू भन्दा मराठी मानिसहरूलाई प्राथमिकता दिने व्यवहारको लागि आन्दोलन गर्दछ। महाराष्ट्रको लागि यसको चुनाव चिन्ह धनुष र बाण हो। [6] उद्धव ठाकरे, बाल ठाकरेका छोरा र पार्टी नेता हुन् भने उनले सन् २०१९ देखि २९ जुन २०२२ सम्म महाराष्ट्रको मुख्यमन्त्रीको रूपमा सेवा गरेका थिए।
शिव सेना | |
---|---|
![]() | |
नेता | एकनाथ शिंदे |
सभापति | एकनाथ शिंदे |
संस्थापक | बाल ठाकरे |
स्थापना | १९ जुन १९६६ |
प्रमुख कार्यालय | शिवसेना भवन, राम गणेश गडकरी चौक, दादर, मुम्बई, भारत |
विचारधारा | |
राजनीतिक स्थान | दक्षिणपन्थी राजनीतिबाट चरमपन्थी-दक्षिणपन्थी राजनीति |
निर्वाचन चिह्न | |
![]() | |
राजनीतिक दलको झन्डा | |
![]() | |
वेबसाइट | |
शिवसेना |
हालसम्म पनि पार्टीको प्राथमिक आधार अझै पनि महाराष्ट्रमा रहेको छ भने यसले अखिल भारतीय आधारमा विस्तार गर्ने प्रयास गरेको छ। सन् १९७० को दशकमा यसले बिस्तारै एक व्यापक हिन्दू राष्ट्रवादी एजेन्डालाई समर्थन गर्ने एक मराठी विचारधाराको वकालत गर्न सुरु गर्दै यसले भारतीय जनता पार्टीसँग गठबन्धन गरेको थियो।[7] पार्टीले स्थापनाकालदेखि नै मुम्बई नगरपालिकाको चुनावमा भाग लिन थालेको थियो। सन् १९८९ मा यसले लोकसभा र महाराष्ट्र विधानसभा चुनावको लागि भाजपासँग गठबन्धनमा प्रवेश गरेको थियो यद्यपि सन् २०१४ अक्टोबरको विधानसभा चुनावमा अस्थायी रूपमा तोडिएको थियो। यो दल राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनमा सन् १९९८-२०१९ मा एक गठबन्धन साझेदार, सन् १९९८-२००४ मा वाजपेयी सरकार र सन् २०१४-२०१९ मा नरेन्द्र मोदी सरकारको साथमा गठबन्धनलाई सुधार गरि सन् २०१४ डिसेम्बरमा महाराष्ट्रमा भाजपा सरकारको हिस्सा बनेको थियो।
अक्टोबर २९ मा महाराष्ट्र चुनाव पछि शिवसेनाले आफ्नो गठबन्धन साझेदार भाजपाद्वारा वाचा पूरा नगरेको दाबी गर्दै गठबन्धनलाई अन्त्य गरेको थियो। पार्टीले पछि महाराष्ट्रमा सरकार बनाउनको लागि भारतीय राष्ट्रिय काङ्ग्रेस र राष्ट्रवादी काङ्ग्रेस पार्टीसँग सहकार्य गरेको थियो। पछि यो गठबन्धनले सत्ता गुमाउँदा एक विद्रोही शिवसेना नेता सिन्देले भाजपाको साथमा शिवसेनाका २/३ विधायकहरूको समर्थन जुटाएर सन् २०२२ जुन ३० का दिन मुख्यमन्त्री बनेका थिए। [8] [9]
हिन्दी चलचित्र उद्योगमा पार्टीको बलियो पकड रहेको छ। [10] यसलाई "चरमपन्थी", [11] [12] "अराजकतावादी", [13] [14] साथै " फासीवादी पार्टी" भनेर उल्लेख गरिएको छ। [15] [16] यसका साथसाथै सन् १९७० को भिवण्डी साम्प्रदायिक हिंसा, सन् १९८४ भिवण्डी दङ्गा र सन् १९९२-१९९३ बम्बई दङ्गामा भएको हिंसाको लागि शिवसेनालाई दोष लगाइएको छ। [17] [18]
पार्टीले आफ्नो शक्ति महाराष्ट्रको मराठा र कुणबी समुदायको समर्थनबाट निकालेको छ।[19]