![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/c/c9/2012_BWF_logo.svg/langne-640px-2012_BWF_logo.svg.png&w=640&q=50)
विश्व ब्याडमिन्टन सङ्घ
From Wikipedia, the free encyclopedia
विश्व ब्याडमिन्टन सङ्घ अन्तर्राष्ट्रिय ओलम्पिक समितिद्वारा मान्यता प्राप्त ब्याडमिन्टन खेलको लागि अन्तर्राष्ट्रिय परिचालक निकाय हो। यसको स्थापना सन् १९३४ मा अन्तर्राष्ट्रिय ब्याडमिन्टन सङ्घको रूपमा नौ सदस्य राष्ट्रहरू (क्यानडा, डेनमार्क, इङ्ल्यान्ड, फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड, न्युजिल्यान्ड, स्कटल्यान्ड र वेल्स)द्वारा भएको थियो। सन् १९८१ मा अन्तर्राष्ट्रिय ब्याडमिन्टन सङ्घ विश्व ब्याडमिन्टन सङ्घसँग गाभिएको थियो भने २४ सेप्टेम्बर २००६ मा म्याड्रिडमा भएको साधारण सभामा सङ्गठनको नाम बद्लिएर विश्व ब्याडमिन्टन सङ्घ राखिएको थियो।[1]
![]() लोगो | |
सङ्क्षिप्त नाम | बिडब्ल्युएफ |
---|---|
गठन | १९३४; ९० वर्ष अघि (१९३४) |
प्रकार | खेलकुद सङ्घ |
प्रधान कार्यालय | क्वालालम्पुर, मलेसिया |
सदस्यता | १९४ सदस्य सङ्घ |
अध्यक्ष | पल-एरिक होयर लार्सन |
वेबसाइट | BWFBadminton.com |
अन्तर्राष्ट्रिय ब्याडमिन्टन सङ्घको स्थापना विश्व ब्याडमिन्टन सङ्घको रूपमा भएको थियो भने यसको प्रधान कार्यालय बेलायतको चेल्टेनहाममा अवस्थित थियो। प्रधान कार्यालय सन् २००५ अक्टोबर १ मा मलेसियाको क्वालालम्पुरमा सरुवा भएको थियो।[2] पल-एरिक होयेर लार्सेन वर्तमान अध्यक्ष हुन्।[3] यसका हाल विश्वभर १७६ सदस्य राष्ट्रहरू रहेका छन्। यो ५ महादेशीय महासङ्घमा सङ्गठित छ।