विश्व क्रिकेट लिग
From Wikipedia, the free encyclopedia
आइसिसी विश्व क्रिकेट लिग अन्तर्राष्ट्रिय क्रिकेट परिषदद्वारा प्रशासित टेस्ट मान्यता प्राप्त नगरेको राष्ट्रिय टोलीहरू बीच खेलाईने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूको एउटा शृङ्खला हो । आइसिसीको सबै सह सदस्य तथा सहयोगी सदस्यहरु यस डिभिजनमा भाग लिन्छन् र यस लिगको संरचना अनुसार जित्ने टिमको पदोन्नति हुन्छ भने पुछारमा रहने टिमको पद अवनति हुन्छ । यो लिग प्रणालीको मुख्य दुई उद्देश्य रहेको छ: आफ्ना सबै सह सदस्य र सहयोगी सदस्यहरूलाई क्रिकेट विश्वकपमा सहभागिता जनाउन तथा सबै सदस्यहरूलाई एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा समान सहभागिता होस् ।
![]() | यो लेखको उल्लेखनीयता प्रदर्शन गर्न हाल यस लेखमा पर्याप्त सन्दर्भहरू छैन। जहाँसम्म, एकजना सम्पादकले खोज संयत्रको प्रयोग गरेर यो लेख उल्लेखनीय विषयसँग सम्बन्धित भएको र पर्याप्त स्रोतहरू रहेको दावी गरेका छन्। (सेप्टेम्बर २०२०) |
विश्व क्रिकेट लिग | |
---|---|
![]() आधिकारिक लोगो | |
प्रशासक | अन्तर्राष्ट्रिय क्रिकेट परिषद |
ढाँचा | एकदिवसीय अन्तर्राष्ट्रिय सूची इ |
पहिलो प्रतियोगिता | २००७-०९ |
प्रतियोगिताको ढाँचा | लिग प्रणाली |
टिम सङ्ख्या | ९६ राष्ट्र |
वर्तमान विजेता | आयरल्यान्ड |
सबैभन्दा सफल | आयरल्यान्ड (२ पटक) |
सर्बाधिक विकेट | बसन्त रेग्मी (१०१) (नेपाल) |
वेबसाइट | पेप्सी आइसिसी विश्व क्रिकेट लिग |
![]() |
यस लिगको उद्घाटन संस्करण २००७-०९ आइसिसी विश्व क्रिकेट लिग रहेको थियो जसमा टिमहरूलाई २००७ विश्वकप छनौट प्रतियोगिताको प्रदर्शनको आधारमा छुट्टयाईएको थियो । यस डिभिजनमा प्रारम्भिक ६ वटा टोली विश्वकप २००७ को लागि योग्य टोली थिए ।