जो कसैले सम्पादन गर्न सक्ने खुला यात्रा पुस्तिका From Wikipedia, the free encyclopedia
विकियात्रा यात्रा गन्तव्य र स्वयंसेवक लेखकहरूद्वारा लिखित यात्रा विषयहरूको लागि नि: शुल्क वेब आधारित यात्रा सहयोगी हो। यो विकिपिडियाको एक परियोजना हो र गैर-लाभकारी विकिमिडिया फाउन्डेसनद्वारा सञ्चालन गरिएको छ। विकियात्रालाई यात्रा सहयोगी विकिपिडिया पनि भनिन्छ।[3]
साइटको प्रकार | विकी |
---|---|
उपलब्ध भाषा | 26 active editions (अङ्ग्रेजी,
जर्मन, पोलिस, इटालेली, फ्रान्सेली, फारसी, रसियाली, चिनियाँ, डच, पोर्तुगी, स्पेनी, हिब्रु, भियतनामी, फिनिस, स्विडिस, ग्रीक, जापानी, एस्पेरान्तो, बंगाली, युक्रेनी, रोमानियाली, टर्किश, चेक, पास्तो, शान, हिन्दी)[1] |
मुख्यालयहरू | अमेरिका |
मालिक | विकिमिडिया संस्थान (गैर-लाभकारी) |
सर्जक | Wikivoyage e.V. |
युआरएल | विकिवोइएज.ओर्ग |
अलेक्सा क्रम | 20,951 (विश्वव्यापी, अगस्त २०२०[उद्यतन])[2] |
व्यवसायिक | होइन |
दर्ता | वैकल्पिक |
चालु भएको मिति | प्रथम संस्करण (जर्मनेली भाषा) डिसेम्बर १०, २००६ |
सामग्री इजाजतपत्र | सीसी बाई-एसए ३.० |
यस सेवा समानको वेबसाइट विकिट्राभललाई जर्मनेली र इटालेली संस्करणका सम्पादकहरूले सेप्टेम्बर २००९ मा उनीहरूको सम्पादन गतिविधिहरू र सामग्रीलाई यसको प्रतिलिपि अधिकार अनुमतिपत्र अनुसार नयाँ वेबसाइटमा सार्ने निर्णय गरेका थिए।[4] फलस्वरूप वेबसाइट १० डिसेम्बर, २००६ मा, "विकियात्रा"को रूपमा बाहिर आएको थियो।भने यसलाई र त्यस विशेष उद्देश्यका लागि स्थापित गरिएको संस्था, विकिभोएजी इभीले यसलाई सञ्चालन गरेको थियो जुन यसको प्रतिनिधि सङ्गठन समेत हो। सामग्री प्रतिलिपी अधिकार मुक्त अनुमतिपत्र क्रिएटिभ कमन्स एट्रिब्युसन-सेयरअलाइक अन्तर्गत प्रकाशित भएको थियो।
सन् २०१२ मा, उनीहरूको अवस्थित आयोजकको समस्याहरूको लामो इतिहास पछि विकिट्राभलको अङ्ग्रेजी भाषी समुदायले पनि परियोजनालाई अगाडि बढाउने निर्णय गरेको थियो। दुई तर्फीको चालमा अङ्ग्रेजी विकिट्राभल समुदाय विकियात्रा ब्रान्ड अन्तर्गत विकियात्रासँग गाभिएको थियो भने यसका साथसाथै विकियात्रामा समावेश सबै भाषाका संस्करणले उनीहरूको सञ्चालन एक अमेरिकी गैर नाफामूलक संस्था विकिमिडिया संस्थानलाई सुम्पिएका थिए जुन विश्वको सबैभन्दा ठूलो विकी आयोजक समेत हो जहाँ विकिपिडिया जस्ता विकिमा आधारित समुदायहरू समावेश छन्।[5][6]
यसमा संलग्न विभिन्न समुदाय र विकिमिडिया फाउन्डेसनले गरेका सम्झौताहरू पश्चात्, वेबसाइट डिसेम्बर २०१२ मा डब्ल्युएमएफ सर्भरमा सारिएको थियो र सम्पूर्ण विकियात्रालाई आधिकारिक रूपमा १५ जनवरी २०१३ मा विकिपिडियाको प्रक्षेपणको १२औँ वार्षिकोत्सवको दिन विकिमिडिया परियोजनाको रूपमा पुनः सुरू गरिएको थियो। [7]
यसको संरचना नेपाली भाषा दुईवटा शब्दहरू मिलेर बनेको छ जसमा "विकी" (इन्टरनेटमा आधारित सफ्टवेयर प्रणाली जसले कुनै प्रयोगकर्ताद्वारा पाठलाई परिवर्तन र विस्तार अनुमति दिन्छ) र "यात्रा" समावेश छ। यसको यो नामको स्थापित सम्पादकहरू बीच व्यापक मतदान पछि राखिएको थियो।
विकियात्राका अधिकांश लेखक र प्रशासकहरू पहिला विकीट्राभलमा काम गरेका थिए जहाँ प्रथम पटक जर्मनेली भाषाको संस्करण ७ अक्टोबर २००४ मा सुरु गरिएको थियो। २० अप्रिल २००६ मा, विकीट्राभललाई सञ्चार माध्यम तथा विद्युतीय वाणिज्य वेबसाइटहरूका सञ्चालक तथा नाफामुखी इन्टरनेट ब्रान्डहरूले अधिग्रहण गरेको थियो।[8] नयाँ मालिकहरुको व्यवस्थापन शैलीको प्रतिउत्तरमा असन्तुष्टिमा व्यापक रूपमा वृद्धि भएको थियो र धेरै जर्मनेली प्रशासक तथा लेखकहरूले यसलाई एक विभाजनको रूपमा परियोजना जारी गर्ने निर्णय गरेका थिए।[9]
करीव छ महिनाको तयारी पश्चात्, डोमेन नामका मालिक र सर्भरहरूको सञ्चालकको रूपमा गैरनाफा मुखी सङ्गठन विकियात्रा इभीको स्थापना र दर्ता गरिएको थियो। १० डिसेम्बर २००६ मा, परियोजना जर्मनेली भाषाको विकीट्राभल संस्करणको प्रारम्भिक आँकडाको साथ सञ्चालनमा आएको थियो।[10] सात महिना पछि, यसमा ४०% भन्दा बढी नयाँ लेखहरू थपिएको थियो जहाँ १० महिना पश्चात्, ५०% नयाँ लेखहरू यसमा थपिएको थियो। यस चरणमा समावेशीकरणमा अझै ठूला अन्तरहरू रहेका थिए भने मिस्र, थाइल्याण्ड र स्वीजरल्यान्ड जस्ता देशहरूका यात्रा स्थल तथा शीर्षकमा वृद्धि भएको थियो। विकियात्राको इटालेली संस्करण १० डिसेम्बर २००७ मा, सुरु गरिएको थियो। मिडिया डाटाको सङ्गठन र प्रयोगकर्ता पहुँचको प्रशासन अन्य भाषाका संस्करणहरू प्रयोगको लागि पहिले नै लागू गरिएको थियो।[11]
यस परियोजनाको विवरण,समावेश गरिएको दस्तावेजहरू विशेष गरी स्वीजरल्यान्डेली रेडियो र समाचारपत्रहरूद्वारा छापिएको थियोरजुरिचको तागेस-आन्जेइगार र रेडियो स्टेसन देआरएस१ ले परियोजनाको बारेमा व्यापक रूपमा सामग्रीहरू सार्वजनिक गरेको थियो जहाँ यसको कमजोरीहरूको बारेमा छलफल गरिएको थियो।[12] परियोजना मुख्य रूपमा जर्मनेली र स्वीजरल्यान्डेली लेखकहरूद्वारा समर्थित थियो।
सन् २०१२ मा, विकीट्राभलको आयोजक र मालिक, इन्टरनेट ब्रान्डसँग असन्तुष्टताको लामो इतिहास पश्चात्, विकीट्राभलमा रहेको समुदायले विकीट्राभलका सामग्रीहरू साझा गर्दै विकियात्रामा नयाँ यात्रा गन्तव्यहरू सृजना गर्नका लागि यसमा गाभिएको थियो।[13][14][15] पछि, विकिपिडियाको मालिक र अन्य गैर नाफामुखी सन्दर्भ वेबसाइटहरूको एक विशाल शृङ्खला विकिमिडिया संस्थानले यसलाई एक एक विकी समुदाय संस्कृतिमा आधारित रहेर यसको सञ्चालन गरेको थियो।[16] तीनै समुहका प्रयोगकर्ताहरूले लामो छलफल गरेपछि, उनीहरूका सम्बन्धित मालिकहरूले दिएका टिप्पणी अनुसार विकिमिडिया फाउन्डेसनले यदि यसलाई प्रयोगकर्ताहरूले चाहेको खण्डमा यसलाई यात्रा परियोजनाको सञ्चालन र अगाडि बढाउन सकिने भनाइ सार्वजनिक गरेको थियो।[17] विकिमिडियाबाट भनाइ सार्वजनिक भएसँगै, विकीट्राभलका लगभग सबै प्रशासकहरू र सम्पादकहरूले आफ्नो अवस्थित काम विकियात्रामा विभाजन गर्ने निर्णय गरेका थिए।[18]
सबै भाषाहरू र यससँग सम्बन्धित कमन्स समानका वेबसाइट (तस्वीर, भिडिओ, र अन्य मिडिया फाइलहरूको लागि) मा विकिट्राभलका सबै सामग्रीहरू २ अगस्त २०१२ मा स्थानान्तरणको तयारी गरिएको थियो।[19] यो सामग्री जर्मनेली र इटालेली बाहेक सबै भाषाहरूको लागि सुरूवात विन्दु भएको थियो, जसलाई विकियात्राले पहिले नै सञ्चालन गरेको थियो। मिडियाविकि, विकिट्राभल लागि प्रयोग गरिएको विकी सफ्टवेयर मिडियाविकीले उक्त विभाजनको सुविधा समावेश गरेको थियो, यद्यपि आँकडा स्थानान्तरण रोक्नको लागि इन्टरनेट ब्रान्डले यस मिति पछि तुरून्त कार्यलाई असक्षम गरेको थियो।[20] विकिमिडियामा भएको सामुदायिक छलफल २३ अगस्त २०१२ मा समाप्त भएको थियो जहाँ यसको सुरुवात गर्नुपर्छ भन्ने पक्षमा ५४० मत खसेको थियो भने सुरु गर्नुहुन्न भन्ने पक्षको रूपमा १५२ मत खसेको थियो। परियोजना विकिमिडिया फाउन्डेसनको सर्भरहरूमा परिक्षण संस्करणमा १० नोभेम्बर २०१२ मा सुरू भएको थियो १४ जनवरी २०१३ मा यसलाई पूर्ण र आधिकारिक रूपमा सुरुवात गरिएको थियो। आँकडा स्थानान्तरणको अंशको रूपमा, वर्तमान मालिक र प्रयोगकर्ता समूह "विकियात्रा इभी"लाई विकिमिडिया संस्थानसँग आबद्ध सङ्गठनको रूपमा स्थानमा रहने गरि योजना बनाइएको थियो।
विकियात्राले नि: शुल्क मिडियाविकि सफ्टवेयर प्रयोग गर्दछ (विकिपिडियाका लागि विकसित)। यसका लागि इन्टरनेटमा आधारित सम्पादन अनुमतिका लागि दर्ताको आवश्यकता पर्दैन। गुणस्तर सम्पादकहरूद्वारा पारस्परिक नियन्त्रण मार्फत विकिपिडियाको समान छ। सोही सफ्टवेयर विकियात्रासँग परिचित गराउनको लागि प्रयोग गरिएको थियो।
विकियात्राले यसको सामग्रीलाई क्रिएटिभ कमन्स एट्रिब्युसन-सेयरएलाइक लाइसेन्स अन्तर्गत सार्वजनिक गर्दछ। यो कानुनी दृष्टिकोणबाट मुद्रित सहयोगीहरूको उत्पादनलाई सजिलो बनाउनको लागि हो। मिडिया फाइल, या त सार्वजनिक डोमेनमा प्रकाशित गर्न वा बहु इजाजतपत्रहरू (जिएनयु, क्रिएटिभ कमन्स) अनुमतिपत्र अन्तर्गत जारी गरिन्छ।[21]
जानकारी विश्वकोशको लागि सामान्य भन्दा अधिक संरचित तरीकाले निर्माण गरिएको छ। एक विषय सम्बन्धित लेखहरू मिडियाविकि सफ्टवेयरबाट सम्बन्धित श्रेणीहरू मार्फत समूहमा वर्गीकृत गरिन्छ जसले लेखहरूमा भौगोलिक सम्बन्ध देखाउँदछ।
जर्मनेली भाषा संस्करणमा, बिभिन्न शीर्षकहरू छुट्याउनका लागि विभिन्न नामपदहरूको प्रयोग गरिन्छ। मुख्य नामपदले उनीहरूको भौगोलिक पदानुक्रम भित्र यात्रा गन्तव्यहरू समावेश गर्दछ। यात्रा गन्तव्य र शीर्षकहरू बीच एक सुदृढ आपसी सम्बन्धको लागि अनुमति दिने उद्देश्यले दुई अन्य महत्त्वपूर्ण नामपदहरू यात्रा शीर्षक र यात्रा समाचारहरूको लागि आरक्षित छन्। सामग्री बनोट लेखकहरूको समुदायको सहमतिबाट निर्णय गरिन्छ।[22][23]
स्थानान्तरणको समयमा, विकियात्रा जर्मनेली, इटालेली, अङ्ग्रेजी, फ्रान्सेली, नेदरल्यान्डेली, रूसी र स्विडेनी भाषामा उपलब्ध थियो। यसको रूसी संस्करणलाई Викигид (उच्चारण: विकिगिद) भनिन्छ जहाँ यसको अनुवादित अर्थ विकि यात्रा सहयोगीको समान हुन्छ। जनवरी २०१३ मा, पुर्तुगाली र स्पेनी संस्करण यसमा थप गरिएको थियो भने यसको लगत्तै मार्चमा पोल्यान्डेली र रोमानियाली, अप्रिलमा यहूदी र युक्रेनी, मेमा युनानी र अगस्टमा भियतनामी भाषका संस्करणहरू उपलब्ध भएका थिए। चिनियाँ संस्करण जनवरी २०१४ र फारसी संस्करण अक्टोबर २०१४ मा, सुरु गरिएको थियो। यसको फिनल्यान्डेली संस्करण नोभेम्बर २०१६ सुरुवात गरिएको थियो भने हिन्दी संस्करण सेप्टेम्बर २०१७ मा, सुरुवात गरिएको थियो। बङ्गला र पश्तो भाषाका संस्करणलाई जुन २०१८ मा, सुरु गरिएको थियो भने अगस्त २०२० मा, जापानी संस्करणको सुरुवात गरिएको थियो।[24]
सेप्टेम्बर २०२० सम्म, विकियात्रा २२ वटा भाषाहरू सञ्चालित छ जहाँ २१ वटा सक्रिय छन् भने एउटा संस्करणको विकियात्रालाई बन्द गरिएको छ। सक्रिय संस्करणका भाषाहरूमा १,१७,७६९ लेखहरू छन् भने यहाँ २४,९५,०२१ दर्ता गरिएको प्रयोगकर्ताहरू छन् जहाँ यसमध्ये १,१३६ जना सक्रिय छन्।
क्र.सं | भाषा | विकि | सामग्री | जम्मा | सम्पादनहरू | प्रबन्धकहरू | प्रयोगकर्ताहरू | सक्रिय प्रयोगकर्ताहरू | फाइलहरू |
---|---|---|---|---|---|---|---|---|---|
1 | अङ्ग्रेजी | en | ३२,७९१ | १७३,००० | ४,९४८,६०० | ३७ | २,३१४,१८८ | ५६३ | १,८१७ |
2 | जर्मन | de | २०,४७७ | १०७,४६१ | १,६३४,४३६ | १४ | ५२,६२१ | १२७ | ७२१ |
3 | पोलिस | pl | १३,१८० | १५,७३५ | १४५,२६५ | ३ | १६,००१ | ३४ | ० |
4 | इटालेली | it | १२,२८९ | ४२,६१२ | ८३७,२६४ | ६ | ३६,२६४ | ५२ | ० |
5 | फ्रान्सेली | fr | ९,१२७ | २६,१७० | ५७३,६४५ | ५ | ५२,६९७ | ६८ | ८९ |
6 | फारसी | fa | ८,८६० | ३०,८१० | १२३,४४१ | २ | १५,७६३ | १५ | २४ |
7 | रसियाली | ru | ६,७७४ | ३४,६०० | ६८९,६९४ | ५ | ३९,१९२ | १२२ | १६,३८८ |
8 | चिनियाँ | zh | ५,५०७ | २४,८६८ | १९६,५८५ | ५ | १७,७८३ | ३९ | २३४ |
9 | डच | nl | ४,३२५ | १२,६८१ | १५२,७७६ | ४ | १६,५६७ | १८ | ० |
10 | पोर्तुगी | pt | ४,००१ | १०,८३२ | १४१,१६७ | १ | १७,७१३ | १८ | ० |
सम्पूर्ण विकिमिडिया तथ्याङ्कको लागि पूर्ण सूची हेर्नुहोस्:[25]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.