From Wikipedia, the free encyclopedia
वाङ्गारी माथाई सन् २००४ को शान्तिका लागि नोवेल पुरस्कार बिजेता हुन्। अफ्रिकातिर मामा मिति(वृक्षकी आमा)नामबाट चिनिने माथाईको जन्म सन् १९४० मा केन्याको नायरीमा जन्मेकी हुन्। उनी नोबेल पुरस्कार पाउने पहिलो अफ्रिकन महिला हुन् ।
वाङ्गारी मुट माथई | |
---|---|
जन्म | १ अप्रिल १९४० नायरी, केन्या, केन्या कोलोनी |
मृत्यु | २५ अगस्ट २०११ नैरोवी, केन्या |
नागरिकता | केन्यन |
शिक्षा | बी एससी: वायोलोजी एम एसी: वायोलोजी पीएच डी: भेटेनरी एनाटोमी |
पेशा | Environmentalist, political activist, writer |
चिनारीको कारण | ग्रीन बेल्ट परियोजना |
धर्म | रोमन क्याथोलिक [1] |
पुरस्कार | शान्तिका लागि नोवेल पुरस्कार |
,
उनले अमेरिका र केन्यामा उच्च शिक्षा हासिल गरेकी थिइन् । सन् १९७० को दशक मा माथाई ले ग्रीन बेल्ट आन्दोलन नामक गैर सरकारी सङ्गठन मार्फत बृक्षा रोपण, पर्यावरण संरक्षण तथा महिलाहरूको अधिकार तर्फ ध्यान दिइन् । यहि योगदान गरेबाफत सन् २००४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने पहिलो अफ्रिकी महिला बनिन । सन् २००५ मा उनलाई जवाहर लाल नेहरू पुरस्कारबाट सम्मनित गरिएको थियो । सन् २००२ मा उनी सांसद बनिन र केन्या को सरकारमा मन्न्री पनि बनिन् ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.