![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/c/cf/Bubulcus_map.svg/langne-640px-Bubulcus_map.svg.png&w=640&q=50)
वस्तु बकुल्ला
बकुल्लो प्रजातिको एक चरा / From Wikipedia, the free encyclopedia
वस्तु बकुल्ला बकुल्लो प्रजातिको एक चरा हो। यसले यो नाम आफ्नो व्यबहारबाट प्राप्त गरेको हो। यो हेर्दा खेरी होचो, यो हलुका कुप्रो मुद्रामा बस्दछ र यसको प्वाँख सेतो र खैरो खालको हुन्छ। प्रजननको समयतिर यसको टाउकाको र ढाडको प्वाँख सुन्तला देखि रातो रङ्गमा परिवर्तन हुन्छ। यसको आँखाको गोलो भाग र चुच्चो पनि सुन्तला र रातोमा परिवर्तन हुन्छ। भाले र पोथीको आकार हेर्दा खेरी हलुका फरक फरक हुन्छ। भाले पोथी भन्दा केही ठूलो देखिन्छ। भालेको प्रजनन ऋतुमा प्वाँख केही लामो हुन् गरेको छ। यो चरा प्रायः शान्त बन्न मन पराउँछ, तथापि, यसले कहिलेकाहीँ प्रजनन ऋतुमा भद्दा वा धोद्रो स्वर पनि निकाल्ने गर्दछ। केही निकायले भने यसलाई दुईवटा उप-प्रजातिलाई प्रजातिकै रूपमा विभाजन गरेका छन् जसमा पूर्वी वस्तु बकुल्ला र पश्चिमी वस्तु बकुल्ला पर्दछन्। यो मुख्यतया एसिया, युरोप र अफ्रिकामा पाइन्छ।
वस्तु बकुल्ला | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | |
गण: | Ciconiiformes |
कुल: | Ardeidae |
वंश: | बुबुल्कस Bonaparte, १९५५ |
प्रजाति: | B. ibis |
वैज्ञानिक नाम | |
Bubulcus ibis (लिनियस, १७४८) | |
उप-प्रजाति | |
B. i. ibis (लिनियस, १७५८) | |
![]() | |
दायराको नक्सा पहेँलो: प्रजनन हरियो: वर्ष भरी निलो: प्रजनन नगर्ने | |
पर्याय | |
Ardea ibis Linnaeus, १७५८ |
यसले प्रायः समूहमै गुँड वनाउने गर्दछ। यसले पानी भएको वा सिमसार क्षेत्रमा गुँड वनाउने गर्दछ। यसले गुँड मसिना दाउरा, घाँस आदिको प्रयोग गरी रूख वा साना बोटहरूमा बनाउने गर्दछ। अरू बकुल्लोको तुलनामा अलिकति सुख्खा र खुला ठाउँमा बस्न रूचाउँछ। यो प्रायः घाँसेमैदान, खर्क, बारी, हिलो ठाउँमा, ओसिलो ठाउँ र धानको बारीमा आहारा खाने गर्दछ। यसले अन्य ठूला जनावरहरूले पुच्छरले वा शरिरले धपाएका किरा वा झिँगाहरू समात्ने गर्दछ। यसका केही जनसङ्ख्याहरू बसाइँसराइ गर्छन् भने केहीले प्रजनन पछि मात्र त्यसो गर्ने गर्दछन्।
वयस्क वस्तु बकुल्लाको केही सिकारीहरू हुन्छन् तर केही शक्तिशाली चरहरू र स्तनधारीहरूले यसको गुँडमा आक्रमण गर्नेहुँदा यसको अण्ड अवथा चल्लाहरू हराउँछन् वा तिनिहरूकै फन्दामा पर्दछन् जसले गर्दा उनीहरूको मृत्यु हुने गर्दछ। यस प्रजातिका चरहरूको अनुसन्धान अन्य जङ्गली जनावरहरू वा अन्य ठूला चर्ने प्रजातिहरूसँग एक विशेष सम्बन्ध हुन्छ। मानिसहरूले लगाएका बालीहरूले गर्दा यिनिहरूको सङ्ख्या वा दायरामा उल्लेखनीय बृद्धि भएको मानिएको छ। वस्तु बकुल्लाले अन्य घाँस खाने जनावरहरूको शरिरबाट झिँगाहरू खाने गर्दछन् जसले गर्दा दुबैलाई फाइदा हुने गरेको छ तर घाउमा बसेका झिँगहरू खाने हुँदा उक्त प्राणीहरूलाई रोगको पनि सिकार बन्नु परेको छ।