लेभ तल्सतोय
From Wikipedia, the free encyclopedia
लेभ निकोलायभिच तल्सतोय (रुसी: Толстой, Лев Николаевич) (जन्म: ९ सेप्टेम्बर १८२८ – ७ नोभेम्बर २०१०), एक विश्वप्रसिद्ध रूसी लेखक थिए।[К 1] उनलाई विश्वका एक प्रमुख उपन्यासकारको रूपमा पनि लिइन्छ। उनी तल्सतोयवादका सृष्टिकर्ता पनि हुन् जसको दर्शन हाल विभिन्न क्षेत्रमा प्रयोग हुने गरेको छ। साहित्यका क्षेत्रमा उनले पुर्याएको योगदानका कारण उनले सन् १९०२ देखि सन् १९०६ सम्म नोभेल पुरस्कारका लागि नामाङ्कन प्राप्त गरेका थिए। उनले सन् १९०१, सन् १९०२ र सन् १९१० मा नोभेल शान्ति पुरस्कारका लागि नामाङ्कन प्राप्त गरेता पनि उनी उक्त पुरस्कार प्राप्त गर्नबाट चुकेका थिए जसलाई नोभेल पुरस्कारको प्रमुख विवादको रूपमा पनि लिइन्छ।
लेभ तोल्सतोय | |
---|---|
मूल नाम | Лев Николаевич Толстой |
जन्म | लेभ निकोलायभिच तल्सतोय (१८२८-०९-०९)९ सेप्टेम्बर १८२८ यास्नाया पोल्याना, रूसी साम्राज्य |
मृत्यु | २० नोभेम्बर १९१०(1910-11-20) (उमेर ८२) आस्तापोभो, रूसी साम्राज्य |
समाधि स्थल | यास्याना पोल्याना |
पेशा | उपन्यासकार, लघु कथाकार, नाटककार, निबन्धकार |
भाषा | रूसी भाषा |
राष्ट्रियता | रूसी |
अवधि | सन् १८४७–१९१० |
साहित्यिक आन्दोलन | यथार्थवाद |
उल्लेखनीय कार्यहरू | युद्ध र शान्ति आना करेनिना Смерть Ивана Ильича Царство Божіе внутри васъ भोसक्रेसेनिया |
जीवनसाथी | सोफिया तल्सतोय ( वि १८६२) |
बच्चाहरू | १३ |
हस्ताक्षर | |
सन् १८२८ मा एक कुलीन रूसी परिवारमा जन्मिएका उनी युद्ध तथा शान्ति (सन् १८२८) र अन्ना करेनिना (सन् १८६९) र आत्मकथा भोसक्रेसेनियाका जस्ता उपन्यासहरूका लागि परिचित छन्। उनी एक यथार्थवादी र स्वैरकल्पनामा केन्द्रित रहि कृतिहरू लेख्ने गर्दछन्। उनले आफ्नो जीवनकालमा रूसी साहित्यमा पुर्याएको योगदाननका लागि उनलाई रूसी साहित्यका एक अमर स्रष्टाको रूपमा हेरिन्छ। लेभ तल्सतोयका कृतिहरूले रूसी र विश्व यथार्थवादमा नयाँ चरणको चिह्न देखाएको थियो जसले बीसौँ शताब्दी र उन्नाइसौँ शताब्दीको उपन्यास र साहित्यको बीचमा एक संयोगीको रूपमा काम गरेको थियो।[1] विश्व साहित्यमा यथार्थवादी परम्पराको विकासमा विश्ववन्धुत्वको विकासमा लेभ तोल्सतोय गहन प्रभाव रहेको छ। हाल पनि, उनका कार्यहरू बारम्बार रूस र विदेशमा मञ्चन हुने गरेका छन्।[1] उनी सन् १९१८ देखि सन् १९८६ सम्म सोभियत सङ्घका सर्वाधिक धेरै प्रकाशन गर्ने एक प्रख्यात लेखक पनि हुन्।[2]