![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/eb/75_Medicago_sativa_L.jpg/640px-75_Medicago_sativa_L.jpg&w=640&q=50)
लुसर्न घाँस
From Wikipedia, the free encyclopedia
लुसर्न वा अल्फाल्फा बहुवर्षे कोषे चरन घाँस हो। यस घाँसलाई विश्वव्यापी रूपमा घरपालुवा जनावरहरूका लागि चरनका लागि तथा एक महत्त्वपूर्ण खाद्य सामग्रीको परिचित छ। यस घाँसको प्रयोग अन्य बाली नालीलाई घेर्न, हरियो मल बनाउन तथा भू-क्षय रोकथामका लागि पनि हुँदै आएको छ। यस घाँसलाई उत्तर अमेरिकामा अल्फाअल्फा भनिन्छ भने यसलाई संयुक्त अधिराज्य, दक्षिण अफ्रिका, अस्ट्रेलिया तथा न्युजिल्यान्डमा लुर्सनको नामले पहिचान गर्न सकिन्छ। यस प्रजातिको घाँस हुर्कु सकेपछि लामो पात सहितको भेण्टा रङ्गको फूल फुल्ने गर्दछ भने यसमा १० देखि २० बीउहरू रहेका हुन्छन्। यो घाँसका लागि मध्यम तापक्रम उपयुक्त हुन्छ। यस घाँसलाई रोमन साम्राज्य कालदेखिनै पशुहरूका लागि एक महत्त्वपूर्ण बालीको रूपमा लगाइँदै आएको पाइन्छ। यस प्रजातिको घाँसको उत्पत्ति संभवत: दक्षिण-पश्चिमी एसियाका देश, तुर्की, इरान वा अफगानिस्तानमा भएको हो भन्ने धारण रहेको छ। अमरिका, पश्चिमी उत्तर प्रदेश आदिमा यस प्रजातिको घाँसको अधिक मात्रामा खेती गरिन्छ। एक पटक लगाएको लुर्सन प्रजातिको घाँस चार पाँच वर्षसम्म उपयोग गर्न सकिन्छ।
लुसर्न घाँस Alfalfa | |
---|---|
![]() | |
Medicago sativa | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
भाग: | |
वर्ग: | Magnoliopsida |
गण: | Fabale |
कुल: | Fabaceae |
उपकुल: | Faboideae |
वंश: | Trifolieae |
वंश: | Medicago |
प्रजाति: | M. sativa |
वैज्ञानिक नाम | |
Medicago sativa कार्लस लिनियस[1] | |
यस प्रजातिको घाँसलाई समसितोष्ण तथा शितोष्ण जलवायु क्षेत्रमा सफलतापूर्वक खेती गर्न सकिन्छ। यसको जरा २-३ मिटर सम्म तल जान सक्ने हुँदा सुख्खा याममा पनि जमिनको तल्लो सतहबाट पानी सोसेर जिवितै रहन सक्दछ। यस घासले वायुमण्डलवाट २९० कि.ग्रासम्म नाइट्रोजन सञ्चित गर्न सक्दछ। समुद्र सतह देखि करिव १२०० फिटको उचाई सम्म सफलतापूर्वक खेती गर्न सकिन्छ। यस महत्त्वपूर्ण घाँसलाई लिएर उल्लेखनीय शोध कार्य तथा विकासका कामहरू भैरहेका छन्। संयुक्त राज्य अमेरिकाका निजी कम्पनिहरूद्वारा प्रति वर्ष यस प्रजातिका विभिन्न घाँसहरू उत्पादन गर्ने कार्यमा तल्लिन छन्।[2] यस घाँसलाई घाँसहरूको राजाको रूपमा लिइन्छ। नेपालको सन्दर्भमा विगतमा विभिन्न हावापानीमा २५ प्रकारका लुसर्नका जातहरू परीक्षण गरिएता पनि केहि मात्र सफल भएको कुरा अनुसन्धानले देखाएको थियो।