लुना २५
From Wikipedia, the free encyclopedia
लुना २५ रुसी अन्तरीक्ष संस्था रस्कस्मसद्वारा सञ्चालित चन्द्रमा ल्यान्डर मिशन हो। यो चन्द्रमाको दक्षिणी ध्रुव नजिकै बोगुस्लावस्की क्रेटरमा अवतरण हुनेछ। [2] यसलाई प्रारम्भमा लुना-ग्लोब ल्यान्डर भनिएको थियो पछी यसलाई १९७० को दशक देखि सोभियत लुना कार्यक्रमको निरन्तरतालाई जोड दिन यसलाई लुना २५ मा पुन: नामाकरण गरिएको थियो, यद्यपि यो अझै पनि लुना-ग्लोब चन्द्र अन्वेषण कार्यक्रमको रूपमा परिकल्पना गरिएको कुराको अंश हो। रुसी अन्तरिक्ष एजेन्सी रस्कस्मसले चन्द्रमामा पठाएको यो पहिलो चन्द्रमाको अनुसन्धान हो ( सोभियतहरूले पठाएको मिसनको गणना नगर्दा) र चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्ने पहिलो प्रोब हुन सक्छ। [7]
नामहरू | Luna-Glob lander |
---|---|
अभियान प्रकार | Technology, Reconnaissance |
सञ्चालक | SRI RAS (IKI RAN) |
कोस्पार आइडी | 2023-118A |
वेबसाइट | https://iki.cosmos.ru/missions/luna-25 |
अभियान अवधि | 1 year (planned)[1] ११ महिना in progress |
अन्तरिक्ष यानको गुणहरू | |
अन्तरिक्ष यान प्रकार | Robotic lander |
निर्माणकर्ता | NPO Lavochkin |
प्रक्षेपित तौल | १,७५० किग्रा (३,८६० पाउन्ड)[2] |
पेलोड तौल | ३० किग्रा (६६ पाउन्ड) |
अभियान आरम्भ | |
प्रक्षेपण मिति | १० अगस्ट २०२३, २३:१०:५७.१८९ UTC (10 August 2023, 23:10:57.189 UTC)[3][4] |
रकेट | Soyuz-2.1b / Fregat[5] |
प्रक्षेपण स्थान | Vostochny Cosmodrome[6] |
Invalid value for parameter "type" | |
Invalid parameter | २१ अगस्ट २०२३ |
"location" should not be set for flyby missions | 69.545 S 43.544 E (north of the crater Boguslawsky) |
Luna-Glob programme ← लुना २४ लुना २६ → |
लुना २५ मिसन १० अगस्ट २०२३, २३:१० UTC मा रुसको सुदूर पूर्वी अमुर क्षेत्रको भोस्टोचनी कोस्मोड्रोमबाट सोयुज-2.1b रकेटबाट प्रक्षेपण गरियो। [8]
यो ल्यान्डर मिसनको चन्द्रमा सतहमा अनुमानित अवधि कम्तिमा एक पृथ्वी वर्ष हो। [9]
ल्यान्डरमा ८ रुसी बिज्ञान उपकरण सहितको ३० केजी (६६ पाउण्ड) पे लोड हुनेछ : [10] [11]
- ADRON-LR, सक्रिय न्यूट्रोन र रेगोलिथको गामा-रे विश्लेषण
- ARIES-L, exosphere मा प्लाज्मा को मापन
- LASMA-LR, लेजर मास-स्पेक्ट्रोमिटर
- LIS-TV-RPM, खनिज र इमेजिङको इन्फ्रारेड स्पेक्ट्रोमेट्री
- PmL, धुलो र माइक्रो-उल्कापिण्डको मापन
- THERMO-L, रेगोलिथको थर्मल गुणहरूको मापन
- STS-L, Panoramic र स्थानीय इमेजिङ
- Laser retroreflector, चन्द्र libration र दायरा प्रयोगहरू