ब्राजिलका फुटबल खेलाडी From Wikipedia, the free encyclopedia
लुकास मौरा (जन्म; १३ अगस्ट १९९२) एक ब्राजिली व्यावसायिक फुटबल खेलाडी हुन् जसले अङ्ग्रेजी क्लब टोटन्ह्याम र ब्राजिल राष्ट्रिय फुटबल टोलीका लागि खेल्छन्। मौराले मुख्यतया केन्द्र तथा अग्रपङ्क्तिको रूपमा खेल्ने गरेका छन्।
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | लुकास रोद्रिगेज मौरा दा सिल्भा[1] | |||||||||||||||||||||
जन्म मिति | १३ अगस्ट १९९२ | |||||||||||||||||||||
जन्म स्थान | साओ पाउलो, ब्राजिल | |||||||||||||||||||||
उचाइ | १.७२ मी[2] | |||||||||||||||||||||
खेल्ने स्थान(हरू) | मध्यपङ्क्ति, अग्रपङ्क्ति[3] | |||||||||||||||||||||
क्लब जानकारी | ||||||||||||||||||||||
वर्तमान टोली | टोटनह्याम हट्स्पर | |||||||||||||||||||||
सङ्ख्या | २७ | |||||||||||||||||||||
युवा करियर | ||||||||||||||||||||||
१९९९–२००२ | युभेन्टस | |||||||||||||||||||||
२००२–२००५ | कोरिन्चन्स | |||||||||||||||||||||
२००५–२०१० | साओ पाउलो | |||||||||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||
२०१०–२०१२ | साओ पाउलो | ७४ | (१९) | |||||||||||||||||||
२०१३–२०१८ | पेरिस सेन्ट जर्मेन | १५३ | (३४) | |||||||||||||||||||
२०१८– | टोटनह्याम हट्स्पर | ११३ | (१७) | |||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||
२०११–२०१२ | २० वर्ष मुनि | ९ | (४) | |||||||||||||||||||
२०१२ | २३ वर्ष मुनि | ५ | (१) | |||||||||||||||||||
२०११– | ब्राजिल | ३५ | (४) | |||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १८:४५, ४ अक्टोबर २०२० (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ००:३४, १३ अक्टोबर २०१८ (युटिसी) |
दश वर्षको कलिलो उमेरमानै मौरा एक ब्राजिली फुटबल क्लब कोरिन्चन्ससँग आवद्ध भएका थिए भने उनले त्यस क्लबमा तीन वर्षसम्म युवा खेलाडीको रूपमा व्यावसायिक फुटबल जीवनको सुरुवात गरेका थिए। पछि उनलाई साओ पाउलोका निदेशकहरूद्वारा साओ पाउलो फुटबल क्लबसँग आवद्ध हुन आमन्त्रण प्राप्त भएको थियो। यस अवधिमा मौराका अभिभावकहरू उनको शिक्षण गतिविधिहरूमा गिरावट आएपछि चिन्तित बनेका थिए किनभने उनको व्यवहारले एक व्यावसायिक फुटबल खेलाडी बन्ने तिर निर्देशन गरेको थियो। त्यसपछि लुसाकले बिहानको समयमा अध्ययन गर्दै दिउँसोको समयमा फुटबल शिक्षण लिन सुरु गरेका थिए।[4] दैनिक अध्ययन तथा प्रशिक्षण तालिका र आफ्नो छोराको शारीरिक सुदृढीकरणको लागि प्रयोग गरिएको विधिको बारेमा चिन्तित उनका बुबाआमा कोरिन्चसका प्रमुख अधिकारीहरूलाई भेट गरेका थिए।
सन् २००५ मा मौराले आत्लेतिको युभेन्तुस र कोरिन्चन्स जस्ता क्लबहरूको एक युवा खेलाडीको रूपमा केही वर्ष फुटबलमा प्रशिक्षण लिएपछि उनले ब्राजिली क्लब साओ पाउलो नामक एक व्यावसायिक फुटबल क्लबसँग आवद्ध भएका थिए भने उनी यस अधि माक्सिलिनु कारिओका नामक एक फुटबल क्लब आवद्ध रहेका कारण उनी साओ पाउलो फुटबल क्लबमा माक्सिलिनु नामले परिचित बनेका थिए।[5] उनलाई व्यावसायिक रूपबाट मिल्टन क्रुजद्वारा व्यावसायिक फुटबल खेल्नका लागि पदोन्नत गरिएका कारण उनी कलिलो उमेरमानै ख्यातिप्राप्त गर्न सफल बनेका थिए। मौराले सन् २०१० मा साओ पाउलो फुटबल क्लबबाट व्यावसायिक फुटबल कार्यजीवनको सुरुवात गरेका थिए जहाँ उनले २५ उपस्थितिमा ४ गोल गर्न सफल भएका थिए।[6][7] सन् २०११ मा मौराले यस क्लबका लागि काम्पिओनातु ब्राजिलेरो नामक एक फुटबल प्रतियोगितामा २८ उपस्थितिमा ९ गोल र गोल गर्नका लागि ४ पटक सहायता गरेका थिए।
ब्राजिली फुटबल क्लब साओ पाउलो वरिष्ठ फुटबल क्लबसँग दुई वर्ष बिताइसकेपछि सन् २०१२ मा अङ्ग्रेजी फुटबल क्लब म्यानचेस्टर युनाइटेड र इटालेली क्लब इन्तर मिलानले मौरालाई आफ्नो क्लबमा आवद्ध गराउनका लागि इच्छुक बनेका थिए।[8] सन् २०१२ अगस्ट ८ का दिन मौरालाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले खरिद गरेको थियो भने सन् २०१३ को पहिलो महिनादेखि उनी उक्त क्लबमा आवद्ध भएका थिए।[9] उनलाई उक्त क्लबमा आवद्ध गराउँदा सेन्ट जर्मेनले ३ करोड ८० लाख तिरेको थियो जसकारण उनी उक्त क्लबमा आवद्ध हुने खेलाडीहरू मध्ये सबैभन्दा महङ्गा खेलाडी बनेका थिए भने उनलाई उक्त क्लबमा आधिकारिक रूपमा २९ सङ्ख्याको खेलाडी पोशाक दिइएको थियो।[10] सन् २०१३ जनवरी ११ का दिन उनले पिएसजीका लागि आसे आजाक्सिओ फुटबल क्लबको विरुद्धमा पर्दापण गरेका थिए जुन खेल ०-० को बराबरीमा टुङ्गिएको थियो।[11] १२ फेब्रुअरी सन् २०१३ का दिन उनले पिएसजीको प्रतिनिधित्व गर्दै युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा पनि भाग लिएका थिए जुन खेलमा पिएसजीले भालेन्सियालाई पराजित गर्न सफल भएको थियो।[12] सन् २०१३ सेप्टेम्बर १३ का दिन मौराले पिएसजीका लागि घरेलु लिग खेलमा बउदुको विरुद्धमा पहिलो गोल गर्न सफल भएका थिए भने उक्त खेल पिएसजीले २-० गोल अन्तरले जित्न सफल भएको थियो।[13]
लिग अँ नामक फ्रान्सेली घरेलु लिगको सन् २०१४-१५ संस्करणमा एसी मिलान फुटबल क्लबका खेलाडी जेरेमी मेनेस पिएसजीमा आवद्ध भएपछि मौरालाई ७ नम्बरे खेल पोशाक दिइएको थियो जुन पहिला उनी साओ पाउलोमा छँदा खेरी लगाउने गरेका थिए।[14] सन् २०१४ को तोफे दे साम्प्योँ नामक एक फुटबल प्रतियोगिताका लागि मौराले पिएसजीको प्रतिनिधित्व गर्दै उक्त प्रतियोगितामा भाग लिएका थिए जहाँ पिएसजीले कोपे दे फँसको विजेता इआ जोगोँ फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो जुन खेल सन् २०१४ अगस्ट २ का दिन आयोजना गरिएको थियो।[15] फ्रान्सेली घरेलु फुटबल प्रतियोगिता लिग अँको सन् २०१४-१५ संस्करणमा पिएसजीको पहिलो खेल बास्जा फुटबल क्लब विरुद्ध १६ अगस्टका दिन आयोजना गरिएको थियो जुन खेलमा पिएसजीले बास्जालाई २-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो। अक्टोबर ५ का दिन मौराले घरेलु लिग खेलामा मोनाको फुटबल क्लबको विरुद्ध लिग संस्करणको पहिलो गोल गर्न सफल भएका थिए भने उक्त खेल १-१ को बराबरीमा टुङ्गिएको थियो।[16] २५ अक्टोबरका दिन आयोजित लिग चरणको खेलमा मौराले बउदुको विरुद्धमा २ गोल गर्न सफल भएका थिए भने उक्त खेल पिएसजीले ३-० गोल अन्तरले जितेको थियो।[17] सन् २०१५ अगस्ट ७ का दिन मौराले सन् २०१५-१६ संस्करणको लि अँमा मौराले लिला ओलाँपिक पोर्तिङ क्लबको विरुद्ध एक गोल गर्न सफल भएका थिए।[18] सन् २०१६ अक्टोबर १५ का दिन घरेलु लिग अँको खेलमा मौराले १३औँ मिनेटमा आसे नान्सीको विरुद्धमा पहिलो गोल गरेका थिए। लिग अँको सन् २०१७-१८ संस्करणमा उनले क्लबका लागि ६ उपस्थिति जनाएका थिए भने सन् २०१८ जनवरीमा उनले पिएसजी छाडेका थिए।[19]
सन् २०१८ जनवरी ३१ का दिन मौराले अङ्ग्रेजी फुटबल क्लब टोटनह्याम हट्सपरका लागि सन् २०२३ मा सम्झौता समाप्त हुने गरी उक्त क्लबमा २ करोड ५ लाख युरो बराबरको रकममा उक्त क्लबसँग आवद्ध भएका थिए।[19][20] युएफा च्याम्पियन्स लिगको सन् २०१७-१८ को संस्करणमा मौराले सन् २०१८ फेब्रुअरी १३ का दिन उक्त क्लबका लागि च्याम्पियन्स लिगको खेलमा इटालेली क्लब युभेन्टसको विरुद्धमा पर्दापण गरेका थिए भने उक्त खेल २-२ गोल अन्तरको बराबरीमा टुङ्गिएको थियो।[21] मौराले १८ फेब्रुअरी २०१८ का दिन एफए कप प्रतियोगिताको एक खेलमा रोचडेलको विरुद्धमा खेल सुरुवात गरेका थिए भने उक्त खेल २-२ को बराबरीमा टुङ्गिएको थियो।[22] अङ्ग्रेजी प्रिमयर लिगको सन् २०१८-१९ संस्करणमा मौराले फुलहम फुटबल क्लको विरुद्धमा लिग संस्करणको खेलमा टोटनह्यामका लागि व्यक्तिगत पहिलो गोल गर्न सफल भएका थिए भने उक्त खेल हस्टपरले ३-१ गोल अन्तरले जितेको थियो।[23] उक्त खेलको अर्को दिन अर्थात् सन् २०१८ अगस्ट २७ का दिन टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[24][25] मौराले सन् २०१७-१८ को च्याम्पियन्स लिग संस्करणको खेलमा पिएसभीको विरुद्ध उक्त लिगमा पहिलो गोफ गरेका थिए भने पछि बार्सेलोना विरुद्ध आयोजित खेलमा बार्सेलोनाको विरुद्ध बराबरी गोल फर्काएका थिए भने उक्त खेल १-१ को बराबरीमा टुङ्गिएको थियो।[26] सन् २०१९ अप्रिल १३ का दिन प्रिमपयर लिगको एक खेलमा मौराले हडसफिल्ड टाउनको विरुद्धमा तीन गोल गर्न सफल भएका थिए भने उक्त ह्याट्रिक गोल मौराको युरोप र हस्टपरको रङ्गशालामा गरिएको पहिलो ह्याट्रिक गोल बन्न सफल भएको थियो।[27] सन् २०१९ मे ८ का दिन मौराले च्याम्पियन्स लिगको एक खेलमा आयाक्स फुटबल क्लबका लागि जोहान क्रुफे रङ्गशालामा दोस्रो ह्याट्रिक गोल गर्न सफल भएका थिए भने उक्त खेलमा हट्सपरले ३-२ गोल अन्तरले हात पार्न सफल भएको थियो।[28] सन् २०१९ अगस्ट ९ का दिन उनले हट्सपरसँगको सम्झौतालाई थप १ वर्ष थप गरी सन् २०२४ सम्म पुर्याएका थिए।[29] सन् २०१९-२० संस्करणको प्रिमिरल लिगमा मौराले सन् २०१९ अगस्ट १७ का दिन म्यानचेस्टर युनाइटेडको विरुद्धमा बराबरी गोल गरेका थिए।[30][31]
सन् २०१० नोभेम्बर ३० का दिन उनलाई ब्राजिल २० वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक नेई फ्राङ्कोले युवा राष्ट्रिय टोलीमा आमन्त्रण गरेका थिए भने सन् २०११ मा आयोजित दक्षिण अमेरिकी २० वर्ष मुनिको च्याम्पियन्सिप प्रतियोगितामा मौराले युवा राष्ट्रिय टोली प्रतिनिधित्व गरेका थिए।[32] उक्त प्रतियोगितामा उनी ब्राजिल खेलाडी नेइमार पछि सर्वाधिक गोल गर्न सफल दोस्रो खेलाडी बन्न सफल भएका थिए जहाँ उनले उरुवाई विरुद्ध प्रतियोगिताको अन्तिम खेलमा ३ गोल गर्न सफल भएका थिए। [33]
सन् २०११ मार्च ३ का दिन मौरालाई स्कटल्यान्डको विरुद्ध मैत्रीपूर्ण खेलका लागि पहिलोपटक मानो मार्टिनेसको कप्तानीमा राष्ट्रिय टोलीमा आवद्ध गराइएको थियो। उनले यस खेलमा खेल सकिन मात्र १५ मिनेट बाँकी रहँदा खेलमा प्रवेश गरेकम थिए। उक्त खेलबाट राष्ट्रिय टोलीमा पर्दापण गरेका मौराले त्यसपछि होल्यान्ड र रोमानियाको विरुद्धमा पनि मैत्रीपूर्ण खेलहरूमा सहभागता जनाएका थिए। होल्यान्ड विरुद्धको खेलमा उनले खेलको दोस्रो हाफबाट खेलमा प्रवेश गरेका थिए। [34] रोमानियाको विरुद्धको खेलमा राष्ट्रिय टोलीबाट खेल्ने खेलाडी रोनाल्डोको अनुपस्थितमा लुकासले खेलको दोस्रो हाफमा मैदान प्रवेश गरी खेललाई गति दिएका थिए।
सन् २०११ जुन ७ का दिन राष्ट्रिय टोलीका कप्तान तथा प्रशिक्षकले मौरालाई उक्त प्रतियोगितामा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै उक्त प्रतियोगितामा भाग लिनका लागि बोलाएका थिए।[35] लुकारले उक्त प्रतियोगिताका सबै खेलहरूमा राष्ट्रिय टोलीका तर्फबाट भाग लिएका थिए। पाराग्वे राष्ट्रिय फुटबल टोली विरुद्धको खेलमा पेनाल्टी सुटआउट मार्फत ब्राजिल पाराग्वे विरुद्धको खेलमा पराजित भएपश्चात् ब्राजिल प्रतियोगिताबाट बाहिरिएको थियो।
जर्मनी राष्ट्रिय फुटबल टोलीको विरुद्ध एक मैत्रीपूर्ण खेलमा सहभागी हुनका लागि उनलाई राष्ट्रिय टोलीका प्रशिक्षक मानो मेनेजसद्वारा आमन्त्रण प्राप्त भएको थियो भने उक्त खेलमा ब्राजिल राष्ट्रिय फुटबल टोली २-३ गोल अन्तरले पराजित भएको थियो जहाँ लुकासले उपस्थिति जनाएका थिइनन्। अगस्ट महिनाको अन्त्यतिर घाना राष्ट्रिय टोलीको विरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नका लागि बोलाइएको थियो। घाना विरुद्धको खेलमा ब्राजिलले घानालाई १-० गोल अन्तरले पराजित गरेका थिए तर उक्त खेलमा पनि लुकासले भाग लिएका थिइनन्।[36] अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीको विरुद्ध एक मैत्रीपूर्ण खेलमा सहभागी हुनका लागि उनलाई राष्ट्रिय टोलीका प्रशिक्षक मानो मेनेजसद्वारा आमन्त्रण प्राप्त भएको थियो भने सन् २०११ सेप्टेम्बर १४ का दिन आयोजित उक्त खेलमा उनले उपस्थिति जनाएका थिए।
जुलाई २०१२ मा उनी सन् २०१२ ओलम्पिकमा रजत जितेको समूहको सदस्य थिए। प्रतियोगितामा आरक्षित भएता पनि खेलमा प्रवेश गरेपछि उनले निकै प्रशंसित भएका थिए।[37] यस वर्षको ओलम्पिक खेलको अन्तिम खेलमा ब्राजिल मेक्सिको युवा राष्ट्रिय फुटबल टोलीसँगको खेलमा पराजित भएको थियो।
क्लब | संस्करण | लिग | राष्ट्रिय कप | लिग कप | महादेशीय | अन्य | जम्मा | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
विभाग | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | ||
साओ पाउलो | २०१० | सेरिए आ | २५ | ४ | ० | ० | — | ० | ० | ० | ० | २५ | ४ | |
२०११ | २८ | ९ | ४ | ० | — | ३ | १ | ८[lower-alpha 1] | ३ | ४३ | १३ | |||
२०१२ | २१ | ६ | ९ | २ | — | ९ | २ | २१[lower-alpha 1] | ६ | ६० | १६ | |||
जम्मा | ७४ | १९ | १३ | २ | — | १२ | ३ | २९ | ९ | १२८ | ३३ | |||
पेरिस सेन्ट-जर्मेन | २०१२–१३ | लिग अँ | १० | ० | १ | ० | ० | ० | ४ | ० | — | १५ | ० | |
२०१३–१४ | ३६ | ५ | २ | ० | ४ | ० | १० | ० | १[lower-alpha 2] | ० | ५३ | ५ | ||
२०१४–१५ | २९ | ७ | ४ | १ | ४ | ० | ८ | ० | १[lower-alpha 2] | ० | ४६ | ८ | ||
२०१५–१६ | ३६ | ९ | ६ | १ | ४ | १ | ९ | २ | १[lower-alpha 2] | ० | ५६ | १३ | ||
२०१६–१७ | ३७ | १२ | ५ | ३ | ३ | २ | ७ | १ | १[lower-alpha 2] | १ | ५३ | १९ | ||
२०१७–१८ | ५ | १ | ० | ० | १ | ० | ० | ० | ० | ० | ६ | १ | ||
जम्मा | १५३ | ३४ | १८ | ५ | १६ | ३ | ३८ | ३ | ४ | १ | २२९ | ४६ | ||
टोटनह्याम हट्स्पर | २०१७–१८ | प्रिमियर लिग | ६ | ० | ४ | १ | — | १ | ० | — | ११ | १ | ||
२०१८–१९ | ३२ | १० | २ | ० | ३ | ० | १२ | ५ | — | ४९ | १५ | |||
२०१९–२० | ३५ | ४ | ५ | २ | १ | ० | ६ | १ | — | ४७ | ७ | |||
२०२०–२१ | ४ | १ | ० | ० | १ | ० | ३ | १ | — | ८ | २ | |||
जम्मा | ७७ | १५ | ११ | ३ | ५ | ० | २२ | ७ | — | ११५ | २५ | |||
कार्यकाल जम्मा | ३०४ | ६८ | ४२ | १० | २१ | ३ | ७२ | १३ | ३३ | १० | ४७२ | १०४ |
राष्ट्रिय टोली | वर्ष | उपस्थिति | गोल |
---|---|---|---|
ब्राजिल | २०११ | १० | १ |
२०१२ | १२ | २ | |
२०१३ | ९ | १ | |
२०१५ | २ | ० | |
२०१६ | १ | ० | |
२०१८ | १ | ० | |
जम्मा | ३५ | ४ |
साओ पावल[40]
पेरीस सेन्ट जर्मेन[40]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.