लिम्बू (लिम्बू भाषा: ᤕᤠᤰᤌᤢᤱ) नेपालमा बसोबास गर्ने एक मुलवासी किरात समुदाय भित्र पर्ने जाति हो। याक्थुङ र सुब्बा पनि भिनिने लिम्बूहरू पुरानो याक्थुङ लाजे फेदाप (हाल:लिम्बुवान /पल्लो किरात) राज्यको वा पूर्वी नेपालका पहाडी क्षेत्र र अझ काेसी पूर्व र मेची वारी क्षेत्रका रैथाने हुन। शाब्दिक अर्थमा लिम्बूको नजीकको अर्थ 'धनुर्धारी' हुन आउछ। उनीहरूलाई लिम्बू भाषामा याक्थुङ भनिन्छ । उत्तरमा तिब्बत र दक्षिणमा भारत विचको नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ लगायत सिक्किम, पश्चिम बङ्गाल, कालिम्पोङ देखि भुटानसम्म लिम्हबूरूको थाकथलो हो[1][2]। मौलिक लिम्बू भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बूहरू नेपालमा चार लाख सतासी हजारको हाराहारीमा छन् [स्रोत नखुलेको]। २०४८ सालको जनगणना अनुसार कुल जनसङ्ख्याको १.६% लिम्बू जाति ३ जिल्लामा बहुल संख्यामा रहेका छन्। यो जाति भारत, बेलायत, हङकङ, ब्रुनाई, सिंगापुर लगायत विभिन्न ठाउँहरूमा पनि छरिएर स्थायी बसोवास गरिरहेका छन्।
छरितो तथ्यहरू उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू, भारत ...
लिम्बूहरूको धार्मिक ग्रन्थ मुन्धुम हो भने फेदाङमा, साम्बा , येबा र सेवासाबाहरू पुजारी हुन्। मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका माध्यमहरू हुन्। त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरू हुने गर्दछन्। लिपि "सिरिजङ्गा लिपि" हो। सिरिजङ्गा थेवेले यो लिपिको आविष्कार गरेका हुन। च्याब्रुङ नाच, धान नाच, हाक्पारे गाउँने लिम्बूको मौलिक परम्परा हो।
मानवशास्त्री र इतिहासविद्हरूका अनुसार लिम्बू चलायमान जाति हो। यिनीहरू एक ठाउँबाट अर्को ठाउँमा अस्तित्वको निमित्त संघर्ष गर्दै, घुमन्ते फिरन्ते अवस्था पार गर्दै, पशुपालन र कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गरेका हुन्। यही क्रममा लिम्बूहरू विशाल प्राचीन किरात भुभागमा बसोबास गर्ने याक्थुङ जाति हाे, लिम्बूहरु भोट-बर्मेली परिवारका सबैभन्दा पूराना जातिहरू हुन्। उनीहरू मंगोलियन नश्लका भएपनि भाेट-बर्मेली जातिसँग नजीकको सम्बन्ध छैन। इण्डो-मंगोलोइड नश्लका किराँतहरूको आगमन नेपालमा उत्तर तथा उत्तर-पूर्वी दिशाबाट भएको र अन्य जनजाति वा सम्प्रदायभन्दा पहिले आएका थिए। किरातीहरूले पश्चिममा काठमाडौँ उपत्यकासम्म आर्थिक, सामाजिक गतिविधिहरू सञ्चालन गरेका थिए। विशेषतः पूर्वी पहाडी इलाकाहरू तामाकोशी, अरुण, तमोर उपत्यकाहरूमा भस्मे फाँडी मलिलो जग्गाहरूमा खेतीपाती गर्थे। अन्नपातका बीउविजन, भैसी, सुँगुर र अन्य जनावरहरू घरेलुकरण गर्दै कृषि युगमा प्रवेश गरेका थिए। काठमाडौँको गोकर्ण केन्द्र बनाई उपत्यका भित्र पनि खेतीपाती गरेका थिए। यही समयमा काठमाडौँ उपत्यकामा खसहरू गाई, बाख्रा, भेडा सहित घुमन्ते, फिरन्ते अवस्थामा मातातीर्थ केन्द्रित भइरहने गर्थे । उपत्यका भित्र किराँत गोत्रका भोट बर्मेली भाषा बोल्नेहरू र खसहरूबीच सामाजिक सम्बन्ध सुमधुर थियो। खसहरू (गोपालवंशी पनि भनिन्छ)ले किराँतसँग खेतीपाती गर्न सिकेका थिए। यसरी, उपत्यका भित्र दुबै जातिले खेतीपाती र जनावरहरू घरेलुकरण गरेकाले पहिलो पटक नयाँ किसिमको राजनीतिक, आर्थिक, सामाजिक व्यवस्था शुरुवात भएको हो। यही क्रममा गोपाल वंशी अनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावली अनुसार २९ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादर माबोहाङका अनुसार ३३ पुस्तासम्म किराँत राजाहरूले काठमाडौँ उपत्यकामा शासन गरेका थिए।
दश ताइश्यान वंशीको आवागमन र रीति थीति कइरनमासिक अङ्क ६,माघ २०४८बाट उद्घृत विशाल किरात समुदाय भित्रकै एक समूह ताइश्यान वंशीहरू नाम्माव बाट उत्तर पश्चिम दिशा लागि बसाइँ आएका थिए। तिनीहरूले आफ्नो किपट पातकोइ पहाड र चिन्डविन नदिको बीचको खामति भन्ने जग्गामा वनाए र तिनीहरूले त्यहाँ धेरै पुस्तासम्म राज्य गरे। इसाको छैटौँ शताब्दी पछि यहि खामति भन्ने जग्गाबाट दश ताइश्यान सरदारहरूले आफ्नो शाखा सन्तान उठाइ पातकोइ पहाड नाघी आसाम बसाइँ आए। तर यो जग्गा अघि आउने वंशद्वारा आवाद भइसकेको हुनाले अझ पश्चिम बढेर काशी (बनारस)को मैदानमा आइ बसे। त्यसबेला काशीमा हिन्दू धर्मको प्रचार भइरहेन्थ्यो। हिन्दुस्तानमा आइ बस्ने किरात, मंगोली, शक, कुशान, ग्रीकहरू सनातन भई राजपूत वंशमा गनिएका थिए। राजपूत राजाहरूले हिन्दू मतमा नआउँने हुण जातिलाई देशबाट निकालिसकेका थिए। त्यसैले दश
ताइश्यान सरदारहरूलाई काशी छोड्न कर लाग्यो। यिनिहरू उत्तर पूर्वका पहाडी खण्डमा बसाइँ आए। यी दश किरात ताइश्यान सरदारहरूका नाम यिनै हुन्।
थोसोदिङ काङलाईङ हाङ्ग
थिन्दाङ सवारोहाङ्ग
थोसोदिङ हाम्लेवा सावारो हाङ्ग
थोदिङ ताँसाक सावारो हाङ्ग
योको दिङ सावारो
मोगुपलुङमा लाङसो दिङ सावारो हाङ्ग
योकफोदिङ सावारो हाङ्ग
मोगुप लुङमा लाङसो दिङ सावारो हाङ्ग
मोगुप लुङमा लाङसो दिङ सावारो हाङ्ग
योकफोदिङ्ग इगाङ लाईङबो हाङ्ग
तोतादि तोइङबो हाङ्ग
उपर्युक्त दश किरात ताइश्यान वंशी सरदारहरूका साथमा तीन पुजारीहरू थिए।
ती हुनः
फेजिरी फेदाङ्गमा
साम्बा हाङ्ग इपलीङ्ग हाङ्ग साम्ब
साम् मुन्धुम येप मुन्धुम । यी पुजारीहरूको सल्लाह बमोजिम यो दश ताइश्यान सरदार यिनका रैयतहरू चल्थे।
फेजीरि फेदाङमाले जन्मदा-मर्दा, विवाह-शादी इत्यादि कर्म-काण्डको भार लिएका थिए। साम्बा हाङ इवली हाङ साम्बले दुःख विमारमा वैद्यको काम गर्थे। साम मुन्धुमले वंशावल इतिहास इत्यादि लेख्दथे। त्यसबेला उत्तर-पूर्व नेपाल अर्थात "फेदाप" राज्यमा आठ आपुगीं याक्थुङ राजाहरू थिए। ती हुनः (फेदाप भन्नाले त्यसबेला समस्त वर्तमान लिम्बुवान देश बुझाउथ्यो।)
होन्देन् हाङ
याकेतेत हाङ
चेस्वी हाङ
लारासो पांगबो हाङ
खेसिवा हाङ
इकाङ सो हाङ
खादि हाङ
इमे हाङ
उपर्युक्त दश किरात ताइश्यान वंशी सरदारहरूले पुजारीहरूको आदेशनुसार फेदापका आठ याक्थुङ राजाहरू सँग याक्थुङ लाजे फेदापमा बस्ने अनुमति लिए। र तिनीहरूले पनि उनीहरूलाई आ-आफ्ना राज्यमा बस्न दिए। बिस्तारै यी दश किरात
ताइश्यान वंशी सरदारहरूका सन्तान बढ्दै गए। अन्तमा यिनीहरू अर्कै एक नयाँ जाति भए। यिनीहरूले आफुलाई लिम्बू वंश भन्न थाले। जे भएता पनि यी दश किरात ताइश्यान वंशी सरदारहरूका सन्तान आठ याक्थुङ राजाहरू मै गनिन्थे। तर यी नौलो वंशका सन्तान त्रि्र रूपमा बढेको देखेर आठ याक्थुङ राजाहरूका मनमा आफू विरुद्ध व्रि्रोह होला की भन्ने आशंका उत्पन्न भयो। यिनीहरूका जनसङ्ख्या बढेपछि आफ्नो वसमा राख्न कठिनाइ पर्छ भन्ने शंकाले ती आठ याक्थुङ हाङ(राजा)हरूले सल्लाह गरी यी नौला वंशलाई हरेक किसिमले दवाउन सुरू गरे। जमीनको तिरो बढाइदिए, निष्ठूर ऐन निकाले, दाश झैं व्यावहार गर्न थाले। यस्तो अन्याय सहन नसकेकाले दश र्सदारहरूका रैयतहरूले एकमत भई राजा विरुद्ध लडाइँ गर्नै पर्छ भनी त्यस मुलुकका अम्वेपोजोमा, कामकेत लाङमा र सुम्हेत लुङमा भन्ने जग्गामा भेला भए। तिनीहरूले त्यहाँ तीन ओटा रातो ढुङ्गा खडा गरी तीन ओटा आँप रोपे। अनि शुद्ध जलले चोख्याइ त्यस जग्गालाई देवस्थलमाने। अधिक दश सरदारहरूका वंश मध्ये प्रत्येक थरका एक एक वीर पुरुष निक्ली हुकुमदार र सरदार भई सबैले त्यस देवस्थलमा ढोग गरी युद्धमा विजय होस भनी बलमागे। प्रत्येक मुल पुरुषले पूजा गरिसकेपछि हरेक लडाकु वीरलाई यसो भन्दै सपथ खुवाए -"जबसम्म हामी यी निष्ठुरी राजाहरूको र्सवनास गर्दैनौं। तबसम्म घर र्फकन्नौं। यदि युद्ध क्षेत्रबाट काँतर भई भागेछौं भने यो देवस्थलले पीरेर हाम्रो जन्मयुग उन्नति नहोस।" त्यसपछि दुई पक्ष बीच युद्ध चल्यो। युद्ध भूमिमा रगतको नदी बग्न थाल्यो। युद्ध धेरै दिनसम्म चल्यो। आठ याक्थुङ हाङ(राजा)का सेनाहरू संख्यामा धेरै भए ता पनि ती दश ताइश्यान वंशी सरदारहरूका धनुविद्यामा निपुण सेनाका अगाडि तिनीहरू टिक्न सकेनन्। आठ याक्थुङ हाङ(राजा)हरू पनि एक एक गर्दै सबै रणभूमिमामारिए। बाँचेका सेनाहरू पनि युद्धभूमि छोडी भागे। विजयीहरू विजयी ध्वजा खडा गरी पवित्र जग्गा अम्बे पोजोमा कामकेत लाङमा र सुम्हेत लुङमामा गइ आ-आफ्ना देवलाई धन्यबाली चढाए।
यसपछि तिनीहरूले एउटा ठूलो सभा गरे। आठ याक्थुङ राजाहरूमासिए। अब यो मुलुकमाको राजा हुने मुलुकको नाउँ के राख्ने? आदि विषयहरूमा छलफल भयो। छलफलमा निम्न कुराहरू पारित गरियो
त्यो देश धनुषवाणको सहायताले जितेको हुनाले त्यसको नाउँ लिम्बुवान राखियो। (लि-धनु, आबु-हान्ने, वान-नाउँ लाउनु अर्थात लिम्बू भाषामा धनुवाणले जितेको देश लिम्बूवान)।
यो देश दश र्सदारहरूले मिली जितेको हुनाले बराबर दश भागमा विभक्त गरी प्रत्येक भागमा आफ्नो घरानाको एक एक मूल पुरुष राजा भई देश शासन गर्नु पर्छ।
यी दश प्रदेश लिम्बुवानका बासिन्दाहरूलाई त्यस उप्रान्त दश लिम्बूका वंश हौं भनी सम्बोधन गर्नुपर्छ भन्ने ठहर्र्याए।
देशको साँध-सिमाना लाउनु पर्छ भन्ने निर्णय गरे। पूर्वमा मेची खोला, पश्चिममा अरुण खोला, उत्तरमा तिब्बत, दक्षिणमा मधेस भनी लिम्बुवानको सिमाना लगाए।
देश यसरी बाँडे
तक्बर खोला सामलुपली साम्बाले पाए। तिनले त्यहाँ एक गढ बनाइ त्यसको नाउँ तम्बर यक राखे।
तेह्रथुमः ताम्पोसो पेरुङहाङ्गले पाए। तिनले त्यहाँ थालायक बनाइ राज्य गर्न थाले।
चौबिस सोइयाक लाहोहाङले पाए। तिनले शान गढीमा बसी राज्य गर्न थाले।
चारखोला इमेहाङले पाए। तिनको प्रजा खाली लाप्चामात्र हुँदा तिनलाई लाप्चाहरूका राजा अर्थात इमेहाङ भने। तिनले पनि आङदाङ इलाम गढ बनाइ त्यहाँ राज्य गर्न थाले।
यस युद्धमा आठ याक्थुङ हाङ(राजा)हरूका रैयतहरू कोही मधेश भासिए, कोही सुक्किम तरे। बाँकी रहेका याक्थुङ, किराती, लाप्चा, मेचे, धिमाल सबैले यी नयाँ लिम्बू नाउँ ग्रहण गरी दश लिम्बूका प्रजा भइ बसे। यस प्रकारले यी दश लिम्बू वंशले धेरै वर्षम्म राज्य गरे।
दश लिम्बूको रीति थीति राजनीतिक थीति
राजनीतिक विषयमा कुनै पनि काम दश भाइको सल्लाहबाटमात्र गर्नु।
राज्यका जनसङ्ख्या कम भए शत्रुको आक्रमणमा देश रक्षा गर्न गाह्रो पर्ने हुँदा जनसङ्ख्या बढाउनको लागि कुनै जात या वंशकामानिस भएता पनि आफ्नो भाइ-भैयात बनाइ दश लिम्बू वंशमा राख्नु।
आफ्नो जात वंशबाट कुनैमानिस केही कारणवस अलग भए फेरी उसलाई आफ्नो रीतिले दूबो, ढुङ्गो छुवाइ आफ्नो वंशमा ल्याउँनु।
आफ्नो वंशले अरु कुनै मधेश या भोटकामानिससँग नाता जोडे ता पनि सो सम्बन्धबाट जन्मेका पुत्र-पुत्रीलाई आफ्नै वंशमा लिनु।
प्रत्येक पुत्रले १२ वर्षो उमेरदेखि धनुविद्या प्राप्त गर्नु।
प्रत्येक घरको एक पुत्र १८ वर्षपुगेपछि थकसुबामा (सिपाही) नाम लेखाउनु।
प्रत्येक गाउँमा ३०० जना थकसुबाहरू -सिपाहीहरू) उपर हुकुम गर्ने एक एक थकपेबा -सरदार) हुनुपर्छ।
पाँच सरदारहरू पुगेपछि एक थकतुम्बा -मूल सरदार) हुनुपर्छ। यिनीहरू जहिले पनि तयार भइ वस्नु पर्छ।
जुनमानिस थकतुम्बाको पदमा नियुक्त हुन्छ तिनले राजाबाट जागीर पाउनु पर्छ।
थकतुम्बाहरू -मूल सरदारहरू)ले आफ्नो जागीरको चाहिँदो जमीन आफुलाई राखि बाँकी जमीन आफुभन्दा मुनिका थकपेबाहरू -र्सदारहरू) लाई बाँडी दिनु पर्छ। थकतुम्बाहरूको थकपेबा र थकसुबा (र्सदार र सिपाहीहरू) लाई राख्ने या हटाउँने पुरा हक हुन्छ।
उब्जनिको दशौँ भाग राजालाई तिरो बुझाउनु पर्छ।
राज्यको शासन राजसभाद्वारा हुनुपर्छ। राजसभामा हाङ्ग (राजा), तुम्याङ्ग हाङ्ग (मन्त्री) र थकतुम्बाहरू (मूल र्सदारहरू) पासिङ पादाङ (सदस्य) हुनुपर्छ।
सजाय
ज्यानमारालाई वदलिमा त्यसको ज्यान नै दिनुपर्छ।
चोर्नेको हात उम्लेको पानीमा डुवाउनु पर्छ
गाउँको छुल्याहालाई देवताको थानमा लगी "अब उसो म गर्दिन" भन्नु लगाई कसम खुवाउनु पर्छ।
हाडफोरालाई जन्मभर दासत्वमा राख्नु पर्छ। दूधफोरालाई गाउँबाट बाहिर ओढारमा राख्नु पर्छ। [3]
मुख्य चाडहरूमा 'कःक्फेक्वा तङ्नाम' (माघे सक्रान्ति), यक्वा तङ्नाम (वैशाख पूर्णिमा) 'सिसेक्पा तङ्नाम(साउने सक्रान्ति), 'चासोक तङ्नाम' (मङ्सिरे पूर्णिमा) आदि पर्दछन। त्यसैगरी माङ्गेना, ताप्फेङजस्ता पारिवारिक अनुष्ठानहरू पनि लिम्बू मौलिक चाडभित्र पर्छन्।[4]
लिम्बू जातिले के-च्याब्रुक, कोममिक्ला, फाक्वा, मुक्साङ, फामुक, नागारा, केसाङ, सिर्बोङ, फेन्जे, तुङगेवा आदि प्रयोग गर्ने गरेको पाइन्छ।
लिम्बू जातिको थरहरू
अन्छङबो = खेजैनेम, तमरखोला/तेह्रथुम
आङ्बुहाङ = हाङपाङ, चाँगे
आङ्बो = खुङगा (पाँचथर) लोवाफु
आङ्ला = फाक्सिव
आङ्लावाङ = छथरथुम
आङ्बुङ्ग्याक = फेदापे लिम्बू
आङबुङ = आङबुङ कोवेक, तेह्रथुम, सिम्ले
आङ्लावा = लेकवा वनेम
आङ्देम्बे = अम्लाबुङ, पाँचथर
आङ्थुम्बो = प्राङबुङ
आङ्बाजङ = फाकुम्बा, ताप्लेजुङ
आङ्थुम्पो = फोपारी, पाँचथर
आङ्भाङ = चाँगे ताप्लेजुङ
आङ्खृवा = खेवा, तेह्रथुम
आवाजङबो = शिवगंज, झापा
इजम = फावाखोला, तिरिङगे, ताप्लेजुङ
ईमेहाङ=
ईवारम = तेल्लोक, सिनाम, ताप्लेजुङ
इधिङ्गगो/इदिङ्गगो = लिम्बुदिन, ताप्लेजुङ
इम्बुङ = थुर्प, पाँचथर
इङ्वा = चाक्सीबोटे
इङ्हाङ = राजारानी, धनकुटा
इम्बुङ = थुर्प, पाँचथर
इम्सर/इवा = बुडिमोरङ, धनकुटा
इस्पो = खाम्लालुङ
इङ्वाबा = पापोहाङ÷ताङखुवा
इङ्बारोङ = सिनाम
इङ्नाम्फेन = इबा आउराई
इङ्लामो = बुढी, मोरङ
इङ्सम = ताङखुवा (बनचरे)
इम्बाङ = तमरखोला
ईङ्नाम = तेह्रथुम -ईवा, ह्वाकु
उसुक इमसङ = छथर, खोकालिङ, ताप्लेजुङ
उङ्लिङ = फेदाप, तेह्रथुम
एभ्रेङ थोप्रा = थिङलाबो
एभेङ = तमरखोला
एभेङक्याक = चाखल थुमका
अख्राबो = तमरखोला, ओख्राबु, थिङलाबु
क्योङ्बा = नेसियान बँशी
कङलिबा(इजम) = फावाखोला
कन्दङवा = तेह्रथुम
काम्बाङ = ताप्लेजुङ आम्बोरे, मुकुबुङ पाँचथर
काङ्भा बखिम = ताप्लेजुङ वरकपा
क्यादापा = चंचा ओयम
कुरुमभाङ = ताङखुवा धनकुटा
कुरुम्बाङ = सिम्ले तेह्रथुम(कुरुम्बा)
कुमेतनाम्बा = पापोहाङ, खेजिनिम नगरखोला
केरुङ = पाँचथर, धोरपाटी
केःय = तिरिङे, ताप्लेजुङ
केदेम्बा = भेवरखोला, वरक
केदेम = थुकिमा
खचुम = ताङखुवा/याङनाम पाचथर
खादी = ताङखुवा/याङनाम पाचथर
खापुङ = मोराहङ/लाब्री तेह्रथुम
खिमदीङ = नाङखोल्याङ
खाम्दाक = चारखोल
खेवा = छथर
खिङवा = खेवाङ ताप्लेजुङ
खुदाङ = सुरुमखिम
खेजेक्नाम = तमरखोला
खेवाङ = खेवाङ
खोकयाहाङ = डुम्रीसे
खोदाङ = परेवादिन
खोवबुङ = सुसिलङि
चङ्सु = कुन्जारी
चङ्वाङ = युकिकमा, ढुङगेसागु
चवेगु = पाचथर, षङनाम, फाखाखोला
तिलिङग, चङ्वाङ = दापा/झापा
फागो, चङ्वाङ = सागो/सागु
सावा, चङ्वाङ = संवाढो
खेवा, चङ्वाङ = छथर
खजुम चङ्वाङ = ताङखुवा/याङनाम, पाचथर
श्रेङ चङ्वाङ = ताप्लेजुङ-सन्थाक्रा
चिक्चेम्फोङ = फाक्सिव
लादो....... = राजारानी
चिलिफुङ = तेह्रथुम-सिम्ले
चेम्जोङ= धनकुटा, पान्थर
तवेबुङ = लिङखिम/दमक १२ झापा
तार्लुम्बा = सावा
तामलिङ = इलाम/साब्लाखु,अमरपुर ताप्लेजुङ
ताम्लि = जीतपुर, अर्खौले
ताःमादेन = तमरखोला, छिरुवाहेन/सुनसरी
ताङ्जम = फावाखोला/खेवाङ
तिगेला = हात्तीखर्क
तुङ्घङ = ताङखुवा
तुम्बाहाङ = ताङखुवा, छथर थुम
तुम्वापो = चोकमागु
तम्पेवा = छथर
तुम्बाहाङफे = म्याङलुङ/तेह्रथुम
तम्रोक = सिवाखोला
तेचुङ = सोल्मा, तेह्रथुम
तुम्बासम्चोक्पा = खुवाफोक/खोपीगाउ मुढे बास
तिङलिङ = तेह्रथुम, छथर- दांगापा
तुम्पेलिङ = छथर
तेङगोचुङ = हाङफाबुङे
तुम्म्याहाङ = खेवाङ
तावाहाङ = थर्पु दारिम्वा/दोरम्वा
तुक्साहाङ = माङसेबुङ, ईलाम
तिलिङ चङबाङ = झपा सिखिम आसाम गवाटि
तिलिङ, तेङवाङ = तेह्रथुम
तार्लवा = उत्तरे ईलाम
तुम्रोक = पाँचथर
तम्बेहाङ = मैैवाथुम
तेहिम = फेदापे लिम्बू
थक्लेङ = छथर
थक्लेहाङ = नेम्बेङ
थक्लुङ = नुनढाकी
थक्सुवा = पाँचथर
थल्लङ = मिवा थल्लङ/नाङखोल्याङ
थाङ्देन = थाकतेलि/खेवाङ/तेल्लाोक
थक्पेवा = पाचथर
थाम्सुहाङ = याङनाम
थाम्देन = सबानाम
थेवेः सिङथेवे = तेल्लोक
थुपुको थेवे = सिनाम
माङ्थुम्बो थेवे = आम्वेगुदेन
सिगु थेवे = आङबुङ थर्पु
थिङ्लागो = हुवाकु
थेगुवा = अम्फुवा/फेदापा तेह्रथुम
थुम्सुङ = चौेबिसे
थोप्रा = हाङफाबुङ÷तमरखोला
थोकसुवा = खुवाफोक
थेगिम = याङनाम
थाकलेङ = परेवा दिन
थामसुहाङ = याङनाम पाचथर
नयोङ्बा = बुढीमोरङ, गैरी गाउ
नाङ्गेनपङ्यक = नाङगेन
नाम्लक: नेम्बाङ = फिदिम, पाचथर
नाल्बो = ताप्लेजुङ -लिङथेप, नाल्बो, खाम्लुङ
नाइतम्बा = लिवाङ
निङ्लेकु / निङलेखु = तेह्रथुम फेदाप गाउँपालिका अन्तर्गत-जलजले, ढाँडे, सिम्ले, टारी, मेयङलुङ नगर पालिका अन्तर्गत सुस्लिङ, सम्फर्जुङ, मेयलुङ बजार झापामा दमक, सुनसरीमा धरान