लिओन त्रोत्स्की
From Wikipedia, the free encyclopedia
लिओन ट्रोट्स्की[lower-alpha 1] (/ˈtrɒtski/;[1] जन्म लेभ डाभिडोभिच ब्रोन्सटेन;[lower-alpha 2] ७ नोभेम्बर [ओ.एस. २६ अक्टोबर] १८७९ – २१ अगस्ट १९४०) एक रूसी सोभियत क्रान्तिकारी, मार्क्सवादी विचारक चिन्तक र राजनीतिज्ञ थिए। उनको मार्क्सवादी चिन्तनलाई ट्रोट्स्कीवादको नामले चिनिन्छ।
ट्रोट्स्कीले सुरुमा मेन्सेभिक पार्टिलाई समर्थन गरेका थिए। १९१७ को अक्टोबरको क्रांतिको केही अघि मात्र उनले बोल्सेभिक पार्टीमा प्रवेश गरेका थिए। त्यसपछि उनी तुरुन्तै सोभियत सङ्घ कम्युनिस्ट पार्टीको नेता बने। ट्रोट्स्की बोल्सेभिक क्रान्तिलाई व्यवस्थापन गर्न १९१७ मा बनेको पहिलो पोलिट्ब्युरो को सात सदस्य मध्ये एक थिए। [2]