लालबहादुर शास्त्री
From Wikipedia, the free encyclopedia
लालबहादुर शास्त्री (२ अक्टोबर, १९०४ - ११ जनवरी, १९६६),भारतको तेस्रो र दोस्रो स्थायी प्रधानमन्त्री थिए। उनी १९६३-१९६५को बीच भारतको प्रधान मन्त्री थिए। उनका जन्म मुगलसराय, उत्तर प्रदेशमा भएको थियो।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8f/1736_Lal_Bahadur_Shastri_cropped.jpg/250px-1736_Lal_Bahadur_Shastri_cropped.jpg)
लालबहादुर शास्त्रीको जन्म १९०४मा मुगलसराय, उत्तर प्रदेशमा लाल बहादुर श्रीवास्तवको रूपमा भएको थियो। उनको पिता शारदा प्रसाद श्रीवास्तव (नाई) एक गरीब शिक्षक थिए, जो पछि राजस्व कार्यालयमा लिपिक (क्लर्क) भए।
भारतको स्वतंत्रताको पश्चात शास्त्रीजी लाई उत्तर प्रदेशको संसदीय सचिवको रूपमा नियुक्त गरिएको थियो। उनी गोविंद बल्लभ पंतको मुख्यमन्त्रीको कार्यकालमा प्रहरी एवं यातायात मन्त्री भए। यातायात मन्त्रीको समयमा उनले पहिलो पटक कुनै महिलालाई संवाहक (कंडक्टर)को पदमा नियुक्ती गरे। प्रहरी विभागको मन्त्री भए पछि उनले भीडको नियंत्रणमा राख्नको लागि लाठीको सट्टा पानीको फोहोराको प्रयोग प्रारम्भ गराए। १९५१ में, जवाहर लाल नेहरूको नेतृत्वमा उनी अखिल भारत काँग्रेस कमेटीको महासचिव नियुक्त गरिए। उनले १९५२, १९५७ र १९६२को चुनावमा कांग्रेस पार्टीलाई ठूलो बहुमतबाट जिताउनको लागि धेरै परिश्रम गरे।
जवाहरलाल नेहरुको उनको प्रधानमन्त्रीको कार्यकालको समयमा २७ मे, १९६४को देहावसान भएपछी, शास्त्री जीले ९ जुन १९६४मा प्रधान मन्त्रीको पद भार ग्रहण गरे।