From Wikipedia, the free encyclopedia
लंगकाली मलेसियाको उत्तर पश्चिम मुख्य क्षेत्रबाट ३० किलोमिटर टाढा रहेको टापुहरूबाट मिलेर बनेको जिल्ला हो । यो टापुहरू केदाह प्रान्तमा रहेको र थाइल्याण्डको सिमानासँग जोडिएको छ ।
लंगकावी जिल्ला | |||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
दारेह लंगकावी | |||||||||||||||||||||
मलेसियाको नक्सामा लंगकावीको अवस्थिति | |||||||||||||||||||||
निर्देशाङ्क: ६°२१′उ॰ ९९°४८′पू॰ | |||||||||||||||||||||
क्षेत्रफल | |||||||||||||||||||||
• जम्मा | ४७८.४८ किमी२ (१८४.७४ वर्ग माइल) | ||||||||||||||||||||
जनसङ्ख्या (२०१०) | |||||||||||||||||||||
• जम्मा | ८५,५८८ | ||||||||||||||||||||
• घनत्व | १८०/किमी२ (४६०/वर्ग माइल) | ||||||||||||||||||||
समय क्षेत्र | युटिसी+८ (मलेसियाको प्रमाणिक समय) | ||||||||||||||||||||
• ग्रीष्म (डिएसटी) | युटिसी+८ | ||||||||||||||||||||
Postcode | 07xxx | ||||||||||||||||||||
सम्पर्क कोड | +6-09 | ||||||||||||||||||||
Vehicle registration plates | KV | ||||||||||||||||||||
|
लंगकाली प्रशासनिक जिल्ला समेत हो भने यसको सबै भन्दा ठूलो शहर कुहा हो । लंगकावी ड्युटी फ्रि टापु पनि हो । [2]
लंगकावी नाम १५ औँ शताब्दीमा समेत रहेको मान्यता रहेता पनि १६ औँ शताब्दीमा लंगकावी टापुको विभिन्न नामहरू लंगा, लंगाका, लंसुरा तथा लंगापूराबाट नक्शामा नामाकरण भएको देखिन्छ । [3]
लंगकावी, ९९ वटा टापुहरूको समुह हो जसलाई मलेसियाको मुख्य भुभागबाट मलाकाको नहरले छुट्याएको छ । यो केदाह प्रान्तको एक जिल्ला हो र पश्चित केदाह भन्दा करिब ५१ किलोमिटरको दुरीमा अवस्थित रहेको छ । यसका टापुहरूको कुल स्थल ४७,८४८ हेक्टर रहेको छ । यसको मुख्य टापुको उत्तर देखि दक्षिणसम्मको दुरी करिब २५ किलोमिटरको रहेको छ ।
लंगकावीमा बार्षिक २४०० एम एम वर्षा हुने गर्दछ । यहाँ डिसेम्बर देखि फेब्रुअरीसम्म सुख्खा मौसम रहने गर्दछ । मार्च देखि नोभेम्बरसम्म लामो वर्षाको मौसम रहने गर्दछ ।
लंगकावीको ९९ टापुहरू मध्ये चार टापुहरू लंगकावी, टुवा, रेवाक तथा दयांग बुन्टुंगमा मानिसको बसोबास रहेको छ । यस क्षेत्रको जनसङ्ख्या करिब ९९,००० रहेको छ । जसमा लंगकावीको ६५ हजार यस मध्ये ९० प्रतिशत मलेय रहेका छन् । अन्य जातिहरू जस्तै चिनिया, भारतीय तथा थाईहरू पनि रहेका छन् । अन्य मुख्य धर्महरूमा हिन्दु, बुद्ध धर्म तथा इसाई धर्म रहेका छन् ।
मलेय जातिहरूले इस्लाम धर्न मान्ने गर्दछन् ।
जातिहरू | २०१०[4] | |
---|---|---|
संख्या | % | |
मलेय | ७९,१४६ | ८३.५१% |
अन्य भुमिपुत्र | १५३ | ०.१६% |
चिनिया | ४,३२५ | ४.५६% |
भारतीय | १,७४७ | १.८४% |
अन्य | २१७ | ०.२३% |
गैर मलेसियन | ९,१८९ | ९.७०% |
जम्मा | ९४,७७७ | १००% |
यस क्षेत्रको धान तथा रबरको उत्पादनमा आधारित यस क्षेत्रको अर्थतन्त्र पर्यटनमा आधारित अर्थतन्त्रमा परिणत भएको छ ।
यस क्षेत्रलाई सन् २००७ जुन १ मा युनेस्कोबाट विश्व जियोउद्यानको दर्जा दिएको थियो ।[5] लंगकावीको जियोउद्यान मा मुख्य तीन संरक्षित क्षेत्रहरू रहेका छन् र यी तीन उद्यानहरू पर्यटनहरू माझ प्रसिद्ध रहेको छ । सन् २०१४ मा युनेस्कोले यस क्षेत्रको जियोउद्यान दर्जामा पहेलो कार्ड जारी गर्दै चेतावनी दिएको थियो । [6]
यस क्षेत्रका टापुमा पर्यटकहरू क्वाला केदाह, क्वाला पेरलिस तथा पेनांगबाट जहाज मार्फत वा क्वाला लामपुरबाट आन्तरिक हवाइ सेवा मार्फत आउन सक्छन् । यहाँ सिंगापुर तथा ग्वानझोउ, चिनबाट अन्तराष्ट्रिय हवाई सेवा समेत रहेको छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.