रोबर्टो कार्लोस
ब्राजिलियन प्रख्यात फुटबल खेलाडी / From Wikipedia, the free encyclopedia
रोबर्टो कार्लोस डा सिल्भा रोचा(जन्म सन् १९७३ अप्रिल १०), सामान्य रूपमा रोबर्टो कार्लोस पूर्व ब्राजीलियन फुटबलर हुन् । उनले आफ्नो करियर ब्राजिलमा अग्रपङ्क्तीको खेलाडीका रूपमा सुरू गरेपनि आफ्नो करियरको लामो समय बायाँ डिफेन्डरको रूपमा बिताए । उनलाई फुटबलको इतिहाँसमा सबभन्दा आक्रामक लेफ्ट ब्याकका रूपमा लिइन्छ । उनले "द बुलेट मेन"को उपनाम पाएका थिए जसको कारण उनको घुमाउरो फ्रि किक थियो । उनले १६९ किमी/घण्टाको गतिमा फ्रि किक हानेका छन् ।[2] उनी आफ्नो आन्तरिक बल/स्टेमिना, दौडने वेग, तकनीकि कौशल, क्रस निकाल्ने क्षमता, लामो थ्रो इन र २४ इन्च मोटो तिघ्राका कारण प्रसिद्ध छन् । सन् १९९७ मा उनी फिफा वर्ष खेलाडी हुन चुकेका थिए र दोस्रो स्थानमा रहे । ब्राजिल लाई २००२ को विश्वकप जिताउन र १९९८ को विश्वकपको फाइनलसम्म पुर्याउन उनले ठूलो भुमिका निभाएका थिए।
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, पुरा नाम ...
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | रोबर्टो कार्लोस डा सिल्भा रोचा | ||
जन्म मिति | (1973-04-10) १० अप्रिल १९७३ (उमेर ५१) | ||
जन्म स्थान | गार्क, साओ पाउलो, [[ब्राजिल]] | ||
उचाइ | १.६८ मी (५ फिट ६ इन्च) | ||
खेल्ने स्थान(हरू) | देब्रे-पछाडी | ||
क्लब जानकारी | |||
वर्तमान टोली | Akhisar Belediyespor | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
१९९१–१९९३ | União São João | ||
१९९३–१९९५ | Palmeiras | ४४ | (३) |
१९९५–१९९६ | इन्टर मिलान | ३० | (५) |
१९९६–२००७ | रियल म्याड्रिड | ३७० | (४७) |
२००७–२००९ | फेनर्बाचे एस.के. | ६५ | (६) |
२०१०–२०११ | Corinthians | ३५ | (१) |
२०११–२०१२ | Anzhi Makhachkala | २९ | (४) |
जम्मा | ५७३ | (65) | |
अन्तर्राष्ट्रिय करियर | |||
१९९२–२००६[1] | ब्राजिल | १२५ | (११) |
प्रबन्धक करियर | |||
२०११ | Anzhi Makhachkala (Assistant) | ||
२०१३–२०१४ | Sivasspor | ||
२०१५– | Akhisar Belediyespor | ||
*क्लब घरेलु लिग उपस्थिति र गोल |
बन्द गर्नुहोस्