![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e7/Farming_in_Nepal.jpg/640px-Farming_in_Nepal.jpg&w=640&q=50)
राष्ट्रिय धान दिवस
From Wikipedia, the free encyclopedia
किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो। वर्ष २०६६ को नारा कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं भन्ने थियो।[1] राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउदछन्। यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ। मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ। कृषि मन्त्रालयल सहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले धान रोपाई गरी यो दिवस मनाउने गर्दछन्। खेतमा रोपाई गरी दही, चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ।[2] कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको छ। सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुँदै आएको छ। सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको पाइन्छ।
राष्ट्रिय धान दिवस | |
---|---|
![]() | |
अनुयायी | नेपाल |
प्रकार | राष्ट्रिय |
मिति | असार १५ |
आवृत्ति | वार्षिक |
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d7/%E0%A4%85%E0%A4%B8%E0%A4%BE%E0%A4%B0%E0%A5%87_%E0%A4%B0%E0%A5%8B%E0%A4%AA%E0%A4%BE%E0%A4%88_%E0%A4%AD%E0%A4%B2%E0%A4%BE%E0%A4%AE_%E0%A4%97%E0%A4%BE_%E0%A4%B5%E0%A4%BF_%E0%A4%B8_2014-05-22_22-27.jpg/640px-%E0%A4%85%E0%A4%B8%E0%A4%BE%E0%A4%B0%E0%A5%87_%E0%A4%B0%E0%A5%8B%E0%A4%AA%E0%A4%BE%E0%A4%88_%E0%A4%AD%E0%A4%B2%E0%A4%BE%E0%A4%AE_%E0%A4%97%E0%A4%BE_%E0%A4%B5%E0%A4%BF_%E0%A4%B8_2014-05-22_22-27.jpg)