रावण
From Wikipedia, the free encyclopedia
रावण रामायणको एक पात्र हुन । रावणको दश शिर थिए । दसवटा टाउकाको कुरा प्रतीकात्मक हो - उसमा दस मनुष्यों को जति बुद्धि थियो र दसजना मान्छे को जति बल थियो | उनी लंकाभन्ने देशका राजा थिए ।[1] रावण सृष्टिकर्ता ब्रम्हाका पनाति, पुलस्त्यका नाति र विस्रवाऋषिका छोरा हुन् । उनी शिवका परम भक्त तथा नारायणका कट्टर विरोधी हुन् । शिव विजयी रावण वैदिक १० विषय वेदवेदांग(४ वेद र ६ शास्त्र) का विद्वान थिए । तर पनि अभिमान र नारीको अपमान गरेकाले उनको पतन भयो । विश्रवा की दोस्रो पत्नी सुमाली की पुत्री 'कैकसी'बाट रावण आदि सन्तान को जन्म भयो । रावण का मामाहरु प्रहस्त, अकम्पन, विकट, कालिकामुख, धूम्राक्ष, दण्ड, सुपार्श्व, संह्रादि, प्रघस र भासकर्ण हुन् ।