रामानाथस्वामी मन्दिर
From Wikipedia, the free encyclopedia
रामेश्वरम हिंन्दूहरूको एउटा पवित्र तिर्थस्थल हो । यो तमिलनाडुको रामनाथपुरममा अवस्थित छ । यो तिर्थस्थल हिन्दूहरूको चार धामहरू मध्ये एउटा हो । यस अतिरिक्त यहाँ स्थापित शिवलिङ्ग बाह्र ज्योतिर्लिंगहरूमा एउटा मानिन्छ । भारतको उत्तरमा रहेको काशीको जुन मान्यता छ, त्यही दक्षिणमा रामेश्वरमको रहेको छ । रामेश्वरम चेन्नईदेखि लगभग चार सय पच्चिस माइल दक्षिण-पूर्वमा रहेको छ । यो हिन्द महासागर र बङ्गालको खाडी देखि चारैतिरबाट घेरिएको एउटा सुन्दर शंख आकारकहरू द्वीप हो । पहिला यो द्वीप भारतको मुख्य भूमि सँग जोडिएको थियो, तर पछि गएर सागरका ज्वारहरूले यसलाई जोड्ने भागलाई काटिदियो, जसले गर्दा यो चारैतिरबाट पानीले घेरियो र टापुमा परिणत भयो । हिन्दु विश्वास अनुसार यहाँ भगवान रामले श्रीलङ्कामाथि चढाई गर्नु अघि ढुंगाको सहायताले सेतुको निर्माण गराएका थिए, जसमा चढेर वाँदर सेना श्रीलङ्का पुगेको थियो र विजय पाएको थियो । पछि रामले विभीषणको अनुरोधमा धनुषकोटि नामक स्थानमा यस सेतुलाई तोडिदिएका थिए । आज पनि यहाँ ३० माइल (४८ कि.मी) लामो आदि-सेतुको अवशेष सागरमा देखिन्छ ।[1] यस मन्दिरभित्र रहेका कोरिडर (भवान भित्र रहेको गल्ली) विश्वको सबभन्दा लामो गल्ली हो ।