![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/0/02/Rajiv_Gandhi_%25281987%2529.jpg/640px-Rajiv_Gandhi_%25281987%2529.jpg&w=640&q=50)
राजीव गान्धी
भारतको सातौँ प्रधानमन्त्री / From Wikipedia, the free encyclopedia
राजीव गान्धी (२० अगस्ट, १९४४ - २१ मे, १९९१), इन्दिरा गान्धीको पुत्र र जवाहरलाल नेहरूको नाति, भारतको छैठौं औँ प्रधान मन्त्री थिए।
राजीव गान्धी | |
---|---|
![]() | |
कार्यकाल ३१ अक्टोबर १९८४ – २ डिसेम्बर १९८९ | |
पूर्वाधिकारी | इन्दिरा गान्धी |
उतराधिकारी | विश्वनाथ प्रताप सिंह |
व्यक्तिगत विवरण | |
जन्म | २० अगस्ट, १९४४ मुम्बई, महाराष्ट्र |
मृत्यु | २१ मे, १९९१ |
राष्ट्रियता | भारत |
राजनीतिक दल | कांग्रेस पार्टी |
१९८४ मा इन्दिरा गान्धीको हत्या पछि उनको छोरा राजीव गान्धी ठुलो बहुमतको साथ प्रधानमन्त्री बनेका थिए। त्यसपछि १९८९ को आम चुनावहरूमा कांग्रेसको हार भयो र पार्टी दुई वर्षसम्म विपक्षमा रहयो। १९९१ को आम चुनावको प्रचारको क्रममा तमिलनाडुको श्रीपेरंबदूरमा एउटा खतरनाक बम विस्फोटमा राजीव गान्धीको मृत्यु भएको थियो।
राजीव गान्धीको विवाह एन्टोनिया मैनोसँग भएको थियो जो त्यस बेला इटलीको नागरिक थिइन। विवाह पछि उनको पत्नीले नाम फेरेर सोनिया गान्धी बनाईन। भनिन्छ कि राजीव गान्धीसँग उनको भेटघाट त्यसबेला भयो जब राजीव कैम्ब्रिजमा पढनको लागि गएका थिए। उनको विवाह सन १९६८ मा भयो त्यसपछि उनी भारतमा बस्न थाले। राजीव र सोनियाको दुई सन्तान छन, छोरा राहुलको जन्म १९७० र पुत्री प्रियंकाको जन्म १९७१ मा भएको थियो।