From Wikipedia, the free encyclopedia
रसबरी, रसगुल्ला तथा रसभरी[1][2] यो भारतीय उपमहाद्वीपको बङ्गाल तथा ओडिशा क्षेत्रको एक लोकप्रिय मिठाई हो। यो मिठाई छेना र सूजीको आटाको गोलो आकारको पकौडाबाट बनेको हुन्छ भने यसलाई चास्नीमा हालेर यसभित्र गुलियो रस भरिन्छ।
वैकल्पिक नामहरू | रसगुल्ला, रसभरी |
---|---|
परिकार | मिठाई |
उत्पत्ति स्थान | भारतीय उपमहाद्वीप |
क्षेत्र वा राज्य | ओडिशा र पश्चिम बङ्गाल |
खान उपयुक्त | तातो, चिसो, वा कोठाको तापक्रम |
मुख्य सामग्रीहरू | छेना |
यो मिठाई पूर्वी भारतीय उपमहाद्वीपमा उत्पत्ति भएकोमा लगभग सार्वभौमिक रूपमा सहमति भएता पनि यसको उत्पत्तिको सही स्थान पश्चिम बङ्गाल, बङ्गलादेश र ओडिशा जस्ता स्थानहरू बीच विवादित छ। यो मिठाई जगन्नाथ मन्दिरमा प्रसादको रूपमा चढाउने गरिएको आकलन गरिन्छ।[1] ओडिशाका इतिहासकारहरूका अनुसार रसगुल्ला पुरीमा खिरा मोहनाको रूपमा उत्पत्ति भएको थियो, जुन पछि पहला रसगुल्लाको रूपमा विकसित भयो।[3]
स्पन्ज जस्तै सेतो रसगुल्ला हालको पश्चिम बङ्गालमा सन् १८६८ मा कोलकाताका नोबिन चन्द्र दास नामक मिठाई व्यवसायीले ल्याएको मानिन्छ।[4][5]
रसगुल्ला तयार गर्न छेनाको मिश्रणलाई सानो गोला आकारको बनाइन्छ। यी डल्लोहरू तयार भइसकेपछि चास्नीमा राखिन्छ। यसलाई प्रेसर कुकर वा ओभन प्रयोग गरेर पनि तयार गर्न सकिन्छ। स्वाद अनुसार वा थप स्वाद बढाउन यसमा गुलाबजलको एक थोपा प्रयोग गर्न सकिन्छ।[6][7][8]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.