![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8a/Pterocarpus_santalinus_in_Talakona_forest%252C_AP_W_IMG_8145.jpg/640px-Pterocarpus_santalinus_in_Talakona_forest%252C_AP_W_IMG_8145.jpg&w=640&q=50)
रक्तचन्दन
From Wikipedia, the free encyclopedia
चन्दन जस्तै गुनिलो स्वभाव र रातो रंगयुक्त भएकोले रक्तचन्दनको माग र व्यापार पनि ठूलो छ। यद्यपि यसको पारिवारिक अर्थात् वैज्ञानिक सम्बन्ध चाहिँ चन्दनभन्दा धेरै फरक छ। बरु यो विजयसालको सहोदर हो। विजयसाल र रक्तचन्दन दुवै कोसा फल्ने सिसौ परिवार 'लेगुमिनोसी' का वृक्ष हुन्। फलमा पखेटा पलाउने भएकोले रक्तचन्दनलाई ल्याटिन शब्द 'टेरो' (पखेटा) र 'कार्पस्' (फल)को सन्धिका आधारमा 'टेरोकार्पस् स्यान्टालाईनस' (pterocarpus santakinus)भन्ने वैज्ञानिक नाम दिइएको छ भने विजयसाललाई 'टेरोकार्पस् मार्सुपियम' (pterocarpus marsupium)।
रक्तचन्दन | |
---|---|
![]() | |
in Talakona forest, in Chittoor District of Andhra Pradesh, India. | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | Angiosperms |
(श्रेणीविहीन): | Eudicots |
(श्रेणीविहीन): | Rosids |
गण: | Fabales |
कुल: | Fabaceae |
उपकुल: | Faboideae |
वंश: | Dalbergieae |
वंश: | Pterocarpus |
प्रजाति: | P. santalinus |
वैज्ञानिक नाम | |
Pterocarpus santalinus L.f. | |
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/2/28/Pterocarpus_santalinus_in_Talakona_forest%2C_AP_W_IMG_8099.jpg/640px-Pterocarpus_santalinus_in_Talakona_forest%2C_AP_W_IMG_8099.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a9/SandalwoodChessPieces.jpg/640px-SandalwoodChessPieces.jpg)
नेपालमा यदाकदा चन्दनको खेती गरेको पाइए पनि श्रीखण्ड चन्दन वा रक्तचन्दन हाम्रा रैथाने बिरुवा हैनन्। यी नेपालमा पाइँदैनन्। हुन त हाम्रो पहाडी भेकमा पाइने एउटा वृक्षलाई पनि रक्तचन्दन भनिन्छ। तर आजकल चर्चामा रहेको दक्षिण भारतको रक्तचन्दन र हाम्रो पहाडी वा हिमाली भेकको रक्तचन्दन एउटै हैनन्। नाम मात्र मिलेको हो, गुण र स्वभाव बेग्लै छन्। 'डाफ्नेफाइलम हिमालयन्स' (daphniphyllum himalayse) भनिने हिमाली रक्तचन्दन लालुपाते परिवारको वनस्पति हो। यसले अहिलेसम्म त्यस्तो व्यापारिक महत्त्व पाएको छैन।