यूइएफए यूरो २००४
From Wikipedia, the free encyclopedia
२००४ यूइएफए यूरोपियन च्याम्पियनशीप, जसलाई सामान्यतया यूइएफए यूरो २००४ वा यूरो २००४ का नामले चिनिन्छ, यूइएफए युरोपियन च्याम्पियनशीपको १२औँ संस्करण थियो जुन हरेक ४ वर्षमा यूइएफए ले आयोजना गर्ने गर्दछ । यो प्रतियोगिता पोर्चुगलले प्रथम पटक आयोजना गर्ने अवसर पाएको थियो । चुनावमा उसले अस्ट्रिया/हङ्गेरी र स्पेनलाई पराजित गरेको थियो ।[1][2] प्रतियोगिता १२ जुन देखि ४ जुलाई सम्म पोर्चुगल का ८ विभिन्न शहरका(अभेइरो, ब्रागा, कोइम्ब्रा, गुइमारेस, फारो/लुलि, लेइरिया, लिस्बन र पोर्टो) १० विभिन्न रङ्गशालामा गराइएको थियो । फाइनल खेलमा ग्रीसले आयोजक पोर्चुगललाई १:० गोल अन्तरले हराएर पहिलो पटक यो प्रतियोगिता आफ्नो नाम गरेको थियो ।
छरितो तथ्यहरू Campeonato da Europa de Futebol 2004 (Portuguese), प्रतियोगिता विवरण ...
Campeonato da Europa de Futebol 2004 (Portuguese) | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक राष्ट्र | पोर्चुगल |
मिति | १२ जुन – ४ जुलाई |
टोलीहरू | १६ |
स्थान(हरू) | १० (८ आयोजक सहरहरूमा) |
अन्तिम स्थान | |
विजेता | ![]() |
उप-विजेता | ![]() |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ३१ |
गोल सङ्ख्या | ७७ (२.४८ प्रति खेल) |
उपस्थिति | १,१५६,४७३ (३७,३०६ प्रति खेल) |
शीर्ष गोलकर्ता(हरू) | ![]() |
उत्कृष्ट खेलाडी(हरू) | ![]() |
← २००० २००८ → |
बन्द गर्नुहोस्