From Wikipedia, the free encyclopedia
युरोपेली संसद ( EP ) युरोपेली संघको निर्वाचित संसदीय निकाय हो। युरोपेली संघ र युरोपेली आयोगको परिषद सँग मिलेर यसले युरोपेली संघको विधायिका कार्य सम्हाल्छ। संसदमा ७५१ सदस्यहरू (पहिले ७६६) छन्, जसले भारतको संसद (२००९ मा मा ३७.५ करोड मतदाताहरू थिए) पछि विश्वको दोस्रो ठूलो मतदाता प्रतिनिधित्व गर्दछ। [1] [2] [3] यो सन् १९७९ देखि हरेक पाँच वर्षमा सार्वभौमिक मताधिकारद्वारा निर्वाचित हुँदै आएको छ।
संसद र परिषदलाई द्विसदनात्मक पद्धतिको दुई अलग सदनको रुपमा तुलना गर्न सकिन्छ। [4]
आयोगले संसद र परिषदमा प्रस्ताव पेस गर्छ र विषयवस्तुमा दुवै सहमत भए मात्र सो प्रस्ताव कानुन बन्न सक्छ। प्रस्ताव संसदले पूर्ण बहुमतद्वारा स्वीकृत वा अस्वीकृत गर्न सक्छ वा बहुमत बाट नै संशोधन सहित स्वीकार गर्न सक्छ। यदि परिषदले यसलाई स्वीकार नगरेमा एक "कन्सिलिएसन कमिटी" बनाइन्छ। कमिटिमा परिषदका सदस्य र संसद सदस्य रहन्छन् र सझौताको सम्भावनाको खोजी गर्छन् । यदी कुनै प्रस्तावमा सहमती भयो भने, त्यसलाई संसदको सामान्य बहुमतले पारित गर्नुपर्छ ।
१९७० को दशकका बजेटरी सन्धिहरू र लिस्बन सन्धि यता, संसद र परिषद युरोपेली संघको बजेटरी अख्तियार पनि हो।
युरोपेली लेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा अघिल्लो बजेटको कार्यान्वयनको जिम्मेवारी पनि संसदको हो। यसले सन् १९८४ र १९९८ मा दुई पटक मात्रै डिस्चार्ज दिन अस्वीकार गरेको छ ।
युरोपेली आयोगको अध्यक्षको प्रास्ताव संसदको लागि भएको युरोपेली चुनावको आधारमा युरोपेली परिषदद्वारा गरिन्छ।[5] त्यो प्रस्तावलाई संसदले (संसदका बहुमत सदस्यहरूद्वारा) अनुमोदन गर्नुपर्नेछ जसले सन्धि अनुसार राष्ट्रपतिलाई "निर्वाचित" गर्छ। आयोगका अध्यक्षको स्वीकृतिपछि, आयोगका सदस्यहरूको प्रस्वात अध्यक्षद्वारा सदस्य राष्ट्रहरुसँग सहमतिमा हुन्छ । प्रत्येक आयुक्त प्रस्तावित पोर्टफोलियो कभर गर्ने सम्बन्धित संसदीय समितिको सुनुवाइमा आउँछन्। त्यसपछि, उनीहरूलाई एक निकायको रूपमा, संसदले स्वीकृत वा अस्वीकृत हुन्छन्।[6][7]
|
सांसदहरूलाई मेम्बर्स अफ युरोपियन पार्लियामेन्ट (अङ्ग्रेजी: Members of the European Parliament, MEPs) भनेर चिनिन्छ। तिनीहरू हरेक पाँच वर्षमा बालिग मताधिकारद्वारा निर्वाचित हुन्छन् र राजनीतिक निष्ठा अनुसार बस्छन्। करिब ४० प्रतिशत महिला छन् । प्रत्यक्ष चुनाव हुनुअघि, १९८९ मा, तिनीहरूको राष्ट्रिय संसदहरूले नियुक्त गरेका थिए।
युरोपेली संसदको वेबसाइटका अनुसार, २०२१ को लागि वार्षिक संसद बजेट € २.०९४ बिलियन थियो, जुन इयु बजेटको १.२ % हुन्छ। मुख्य खर्च :[8]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.