मोहम्मद सलाह
इजिप्टको फुटबल खेलाडी / From Wikipedia, the free encyclopedia
मोहम्मद सलाह घाली (अरबी: محمد صلاح غالي, अरबी उच्चारण: [मोहामदु सलाह]; ( जन्म १५ जुन १९९२) मिश्रका व्यवसायीक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब लिभरपुल र मिश्र राष्ट्रिय फुटबल टोलीको लागि अग्रपङ्क्तिबाट खेल्ने गर्छन्।
व्यक्तिगत जानकारी | |||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | मोहम्मद सलाह हामेद धली तह[1] | ||||||||||||||||||
जन्म मिति | (1992-06-15) १५ जुन १९९२ (उमेर ३२)[2] | ||||||||||||||||||
जन्म स्थान | नाग्रिग, मिश्र[3] | ||||||||||||||||||
उचाइ | १.७५ मि[4] | ||||||||||||||||||
खेल्ने स्थान(हरू) | अग्रपङ्क्ति | ||||||||||||||||||
क्लब जानकारी | |||||||||||||||||||
वर्तमान टोली | लिभरपुल | ||||||||||||||||||
सङ्ख्या | ११ | ||||||||||||||||||
युवा करियर | |||||||||||||||||||
२००४–२००५ | इतिहाद बस्युन[5] | ||||||||||||||||||
२००५–२००६ | ओथमासन तनका[5] | ||||||||||||||||||
२००६–२०१० | एल मक्वालोन | ||||||||||||||||||
वरिष्ठ करियर* | |||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||||||||
२०१०–२०१२ | एल मक्वालोन | ३८ | (११) | ||||||||||||||||
२०१२–२०१४ | एफसी बाजेल | ४७ | (९) | ||||||||||||||||
२०१४–२०१६ | चेल्सी | १३ | (२) | ||||||||||||||||
२०१५ | → एसिएफ फ्योरेन्तिना (ऋणमा) | १६ | (६) | ||||||||||||||||
२०१५–२०१६ | → रोमा (ऋणमा) | ३४ | (१४) | ||||||||||||||||
२०१६–२०१७ | रोमा | ३१ | (१५) | ||||||||||||||||
२०१७– | लिभरपुल | ७४ | (५४) | ||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||||||||
२०१०–२०११ | मिश्र २० वर्ष मुनी | ११ | (३) | ||||||||||||||||
२०११–२०१२ | मिश्र २३ वर्ष मुनी | ११ | (४) | ||||||||||||||||
२०११– | मिश्र | ६२ | (३९) | ||||||||||||||||
सम्मान
| |||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १९:४९, १५ सेप्टेम्बर २०१८ (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २०:२३, ८ सेप्टेम्बर २०१८ (युटिसी) |
सलाहले उनको फुटबल कार्यकाल सन् २०१० मा मिश्र प्रिमियर लिग अन्तर्गतको कायरो स्थित एल मक्वमलोन फुटबल क्लबबाट सुरुवात गरेका थिए।[6] त्यसपछिको केही महिना उक्त क्लबमा आफ्नो पदोन्नति गराएपछि उनी बाजेल फुटबल क्लबमा आवद्ध भएका थिए। स्विट्जरल्याण्डको एक क्लबमा पर्दापण गर्दै सलाहले उक्त टोलीलाई उपाधिको विजेता बनाउने महत्त्वपूर्ण भूमिका खेलेका थिए भने उनले उक्त प्रतियोगितामा सुनौलो जुत्ता समेत हात पार्न सफल भएका थिए। सलाहको प्रस्तुतबाट प्रभावित हुँदै उनलाई प्रिमियर लिगको एक क्लब चेल्सीले सन् २०१४ मा ११ मिलियन पाउण्डमा उनलाई उक्त क्लबमा आवद्ध बनाएको थियो। चेल्सीसँग आवद्ध भएको केही महिना पछि उनी इटालीको माथिल्लो श्रेणीको फुटबल लिग सिरी एको क्लब रोमा र पछि फ्लोरेण्टिनामा केही महिनाका लागि ऋणमा आवद्ध भएका थिए। अन्ततः एएस रोमाले उनलाई सन् २०१६ मा सोही क्लबमा आवद्ध गराएको थियो।
एएस रोमामा एक वर्ष आफ्नो फुटबल कार्यकाल अगाडि बढाइसके पछि उनलाई प्रिमियर लिगको क्लब लिभरपुलले सन् २०१७ मा ३६.९ मिलियन पाउण्डमा खरिद गरेको थियो। सलाहले लिभरपुलमा आवद्ध भैसकेपछि उनले प्रमियर लिगको ३६अौँ संस्करण सम्म कायम भएको कीर्तिमान तोडेका थिए जहाँ उनले ३६ लिग चरणका खेलहरूमा ३२ गोल गर्न सफल भएका थिए भने उनले त्यस लिगमा सुनौलो जुत्ता समेत हात पारेका थिए।
सलाहले प्रमियर लिगमा उत्कृष्ट खेल खेलका कारण उनले थुप्रै पुरस्कार पनि जितेका थिए जसमा पिएफए वर्षको उत्कृष्ट खेलाडी, एफपीए वर्षको उत्कृष्ट फुटबल खेलाडी आदि पुरस्कारहरू समावेश छन्। सन् २०१८ मा सलाह फिफा द्वरा पुरुष खेलाडी अवार्डको तेस्रो स्थानमा पर्न सफल भएका थिए। उनले सन् २०१८-१९ प्रमियर लिग अन्तर्गत सर्वाधिक गोल गर्न सफल खेलाडी पनि बने भने उनले लिभरपुललाई सन् १०१८-१९ च्याम्पियन्स लिगको अन्तिम खेल जिताउन ठूलो भूमिका पनि निर्वाह गरेका थिए।