From Wikipedia, the free encyclopedia
मोदी गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो ।[1][2] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका भुक्ताङले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे गाउँ विकास समितिहरूलाई समेटेर मोदी गाउँपालिका बनाइएको हो ।[3] मोदी गाउँपालिकाको कूल जनसङ्ख्या २१,२८४ रहेको छ । यसको क्षेत्रफल १४३.६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको देउपुर गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा कास्की जिल्ला, पश्चिममा जलजला गाउँपालिका र कुश्मा नगरपालिका, उत्तरमा म्याग्दी र कास्की जिल्ला तथा दक्षिणमा कुश्मा नगरपालिकासम्म फैलिएको छ ।[4]
मोदी
Modi | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | पर्वत जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | प्रेम पौडेल (एमाले) |
• उपाध्यक्ष | सेती महत (एमाले) |
• कार्यकारी | भूमीराज शर्मा |
क्षेत्रफल | |
• जम्मा | १४३.६ किमी२ (५५.४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २१,२८४ |
• घनत्व | १५०/किमी२ (३८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६७ |
केन्द्र | साविकको देउपुर गाविसको कार्यालय |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.