मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ । यो भान्सामा अभिन्न अंगको रूपमा रहने गर्दछ । मेथीको साग महत्त्वपूर्ण हरियो तरकारीको रूपमा रहेको छ । प्राचिन काल देखिनै यसको औषधीय गुणका कारण तरकारी तथा औषधीको रूपमा यसको प्रयोग गरिंदै आएको छ । मेथीको बीज एक बहुमुल्य औषधी समान हुन्छ । यसले भोक बढाउँने तथा संक्रामक रोगबाट रक्षा गर्दछ । यसलाई खानाले पसिना आँउछ । शरीरको विजातिय तत्वलाई बाहिर निकाल्दछ । यसले सास तथा शरीरको दुर्गन्धबाट छुटकारा दिलाउँदछ । यो अल्सरमा पनि लाभकारी हुन्छ । मेथीबाट बनेको लड्डु एक राम्रो टॉनिक हो जो प्रसुति पश्चात ख्वाउने गरिन्छ । यसले शरीरको सारा व्याधी निर्मुल गर्ने तथा शरीरमा बच्चाको लागि दुधको मात्रा बढाउँने गर्दछ । डायबिटीजमा मेथीको दानाको पाउडर अत्यन्त लाभप्रद हुन्छ । यसमा अमिनो एसिड हुन्छ जो इन्सुलिन निर्माणमा सहायक हुन्छ। यसले थकान कमर दुखेको तथा शरीर दुखेकोमा फाइदा गर्दछ । यसको पातको लेप कपाल तथा अनुहारमा गरेमा कपाल तथा अनुहारका अनेकन विकार निर्मुलगरी केश र अनुहार कान्तिमय हुन्छ। मधुमेह को रोगिको लागि मेथिदाना फाइदाजनक हुन्छ । एक कप पानीमा वेलुका मेथीदाना भिजाउँने विहान पानी पिउने मेथिदाना चपाएर खाएमा फाइदा हुन्छ । वाथ रोग मुटुरोगमा पनि मेथिदाना फाइदाजनक हुन्छ । मेथी, हल्दी, सौंठ लाघ समभागमा चुर्ण राखेर विहान वेलुका १-१ चम्मच तातो पानी या दुधमा सेवन गर्नाले जोड्नीको दुखाई तथा सबै प्रकारको वाथ रोग र सुजन सुन्निएको मा फाइदा हुन्छ।

छरितो तथ्यहरू Fenugreek, वैज्ञानिक वर्गीकरण ...
Fenugreek
Thumb
वैज्ञानिक वर्गीकरण
जगत:
Plantae
(श्रेणीविहीन):
Angiosperms
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Rosids
गण:
Fabales
कुल:
त्यु!Fabaceae
वंश:
Trigonella
प्रजाति:
T. foenum-graecum
वैज्ञानिक नाम
Trigonella foenum-graecum
L.[1]
बन्द गर्नुहोस्

औषधोपचार

Thumb

मेथी दाना(Fenugreek)मा धेरै प्रकारका पोषक तत्व हुने भएकाले यसको सागको तरकारी खानाले या दानाको सेवनले शरीरको रगत शुद्ध हुने र एनीमिया रोक्नमा सहायक हुन्छ। मेथीदानामा रहने गुणका कारण मनिसको स्वास्थ्यको लागि यो अमृत समान रहेको छ। मेथीमा प्रोटीन, वसा, कार्बोहाईड्रेट, कैल्शियम, राइबोफ्लेविन, नियासिन, मैग्नीशियम, पोटाशियम, सोडियम, म्याङ्गेनिज, फोलिक एसिड, और फाइबर फास्फोरस तथा फलाम, तामा प्रचुर मात्रामा पाइन्छ। यसले भोक जगाउँदछ। यसको नियमित सेवनबाट पित्त, वात, कफ तथा जरोको सिकायत रहन्न। यसमा सेल्यूलोज, स्टार्च, शर्करा, म्यूसिलेज, खनिज पदार्थ, एल्कोलायड र भिटामिन ए, बी, सी तथा फास्फोरिक एसिड, कोलाईन र ट्राइगोनेलिन एल्केलाईड्स, गोंद, लेसीथिन, स्थिर तेल, एलब्युमिन प्रोटीन, पहेंलो रङ्गको रजक तत्वपनि पाइने गर्दछ। मेथीदानालाई अनेकन औषधीय प्रयोग गर्न सकिन्छ:-

  • मेथीको सेवनबाट वायु (गैस, कफ (बलगम) तथार ज्वर (बुखार) निर्मुल हुन्छ। वात रोग (जोर्नीमा दुख्ने, मा मेथीको पाउडरलाई मट्ठा-महिको साथमा पिउँनाले फाइदा हुन्छ।
  • विहानै मेथी दानाको धुलो एक चम्मचको मात्रामा पानीको साथमा सेवन गर्नाले घुँडा दुख्ने समस्या रहन्न । खासगरी बुढापामा घुँडा दुख्ने समस्या रहन्न ।
  • मेथीको रस निकालेर विहान वेलुका पिउँनाले मधुमेह ठिक हुन्छ ।
  • कालो अङ्गुरसँग मेथीको रस समान मात्रामा लिनाले बवासीर ग्रस्त रोगी ठिक हुन्छ ।
  • मेथीमा फलाम तत्व रहने भएकाले जण्डिसका विरामीलाई यो फाइदाजनक हुन्छ ।
  • मेथीको तरकारीमा अदुवा गरम ससला हालेर सेवन गरेमा निम्न रक्तचाप भएकोमा फाइदा पुग्दछ ।
  • मेथी को तरकारी खानाले रगतमा शुद्धता आउँछ। मेथी दानामा मुटु स्वस्थ्य राख्ने पाचन शक्ति बढाउँने र कामवासना बढाउँने क्षमता रहेको हुन्छ । मेथीमा हुने पाचक एंजाइमले भोक बढाउँदछ। मेथीले ग्यास, कफ तथा ज्वरो नास गर्दछ। पेटमा वायु,पेटमा जुका चुर्ना, पेट दुख्ने, कमर दुख्ने तथा अन्य प्रकारका शारीरिक पीडा निर्मुल पार्दछ ।
  • मेथीको सेवनबाट स्त्री जातिमा हुने कमजोरी हटाएर शरीरमा शक्ति प्रदान गर्दछ। बच्चा जन्मे (प्रसूति) पछि गर्भाशयमा कुनै कमी भएमा वा गर्भासय ठिकसँग संकुचन नभएमा स्तनमा पीडा भएमा वा अन्य कुनै प्रकारका दुखाइमा लाभप्रद हुन्छ। यसको सेवनबाट बन्द भएको मासिक धर्म फेरी सुचारु हुन थाल्दछ। स्तनमा दुधको मात्रा बढ्दछ। सन्धिवात अर्थात जोर्नीको दुखाई भएमा मेथीको साथमा गुड आँटा मिलाएर लड्डूको सेवन गर्ने गरिन्छ ।
  • मेथीमा क्यान्सर रोधक तत्व पाइन्छ। यसको उपयोग डायबिटीज, हाई ब्लड प्रेशर तथा पेट सम्बन्धी समस्या मा फाइदाजनक हुन्छ। मेथी मुटुकालागि विशेष लाभकारी तथा बलवर्धक हुन्छ। मेथीले रगतको कमी भएमा लाभकारी हुन्छ।
  • मेथीको काढा तथा चुर्णको सेवनबाट स्नायु रोग, बहु-मूत्र ,पथरी,टांसिल्स,रक्त-चाप तथा मानसिक तनाव तथा गर्भ-निरोधकको रूपमा लाभप्रद हुन्छ।
  • मेथी ( दाना ) लाई सागको रूपमा दैनिक सेवन गर्न सकिन्छ। मेथी दानाको चुर्ण तीन ग्राम दहीमा मिलाएर खानाले आंव को बिमारीमा लाभ हुने र यसको अतिरिक्त यसले पिसाब अत्यधिक आउँन रोकिन्छ।
  • उमेर बढेकोमा यसबाट हुने कमजोरी हटाउँने तथा महिलाको सौन्दर्यमा निखार ल्याउँन मदत गर्दछ।
  • आँखाको तल कालोपन मेटाउँनको लागि मेथीलाई पिंधेर पेष्ट बनाएर लगाएमा कालोपन रहन्न।
  • मेथी दाना रातभर पानीमा भिजाएर विहान यसलाई पिंधेर यसको पेष्ट कपालमा लगाउँनाले कपाल झर्ने समस्या रहन्न तथा कपाल लामो हुने र सुन्दर देखिने गर्दछ।
  • मेथी दाना पिंधेर यसको लेप अनुहारमा लगाउँनाले अनुहारमा भएका दाग धब्बा हट्ने तथा अनुहार कान्तिमय हुन्छ।
  • ताजा मेथीको पातलाई पिंधेर अनुहारमा लगाउँनाले अनुहारमा रहेका डण्डिफोर अनुहारको रुखापन तथा झुर्रियां चाउरी परेको निर्मुल हुन्छ।
  • उमेर बढेको प्रकृया कम गर्न तथा महिलाको सौन्दर्य निखार्न तथा कपालमा भएको चाया हटाउँन मेथीको पेष्ट बनाएर लगाउँने र आधा घण्टामा सफा गर्नाले फाइदा जनक हुन्छ।
  • मेथीको सेवनले एसीडिटी, अपच, अरुचि, गैस, दस्त, पेट दुखाई, बदहजमी, कब्जियत, पाचन-तंत्र को गडबडी, खोकी, सूजन, बादी, बवासीर, पेटको चुर्ना जुका आदि निर्मुल गर्ने तथा पिसाब सुचारु ढङ्गले लाग्ने गर्दछ।
  • मेथी बवासीर ग्रस्त रोगीको लागि फाइदा जनक हुन्छ।
  • पेटको छाला, आँतको सफाईको लागि दुई चम्मच मेथी एक कप पानीमा उमालेर मेथीको काढा बनाएर पिउँनाले लाभप्रद हुन्छ।
  • मुखको छाल (खटिरा) ठिक गर्नको लागि मेथीको पातको अर्क तथा मेथीलाई पानीमा उमालेर चिसो भएको पानीले मुखको कुल्ला गरेमा फाइदा हुन्छ।
  • कान बगेमा मेथीलाई दुधमा पिंधेर छानी हल्का तातो पारेर कानमा हालेमा कानबाट बग्न बन्द हुन्छ ।
  • पित्त दोषमा उमालेरको हरियो मेथीको पातलाई शुद्ध घिउमा तारेर खानाले फाइदा हुन्छ।
  • मेथी पाउडरको सेवन दुधको साथमा गर्नाले मधुमेह ठिक हुन्छ । यसमा रगत र पिसाबमा ग्लुकोजको मात्रा कम गर्ने विशेष गुण रहने भएकाले डायबिटिजमा विशेष गुणकारी हुन्छ।
  • मेथीको काढा कानको दुखाई, सर्दी, मिर्गी, लकवा तथा फालिज इत्यादि रोगमा लाभप्रद हुन्छ।
  • नपुंसकता, कमजोरी, गठिया (जोर्नी दुखेको), मधुमेह, बाल रोग, कब्जियत, अनिद्रा, मोटापा, रक्तातिसार तथा जलन आदि रोगमा मेथीको सेवन लाभप्रद र हितकारी हुन्छ ।
  • कपाल झर्न रोक्छ: मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ। यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ।
  • चायाँबाट मुक्ति: यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँको समस्या तत्काल समाधान हुन्छ।
  • डन्डीफोर नियन्त्रण : मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ। यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस्। मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ।
  • मोटोपनको नियन्त्रण : मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ। यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।
  • चम्किलो त्वाचा : अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ। मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन्। यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ।
  • पाचन प्रणालीमा सुधार: मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।
  • सुगरको नियन्त्रण: मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ। मधुमेहका रोगीहरूलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।
  • मृगौलाका लागि राम्रो: मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ।
  • ज्वरो नियन्त्रण: ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ।
  • महिलालाई उपयोगी: मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ। महिलामा हुने विशिष्ठ समस्यामा मेथीले औषधीको काम गर्छ।
  • विशेष सावधानी: मेथी को स्वभाव गर्म हुन्छ। अधिक मात्रामा सेवन गरेमा पित्त बढदछ। पित्तजन्य रोगमा तथा उष्ण प्रकृतिवाला व्यक्तिले यसको सेवनमा परहेज गर्नु पर्दछ। नाकबाट रगत वहेको अवस्थामा, खूनी बवासीर भएमा, पिसाबमा रगत आएमा, मासिक धर्ममा कैयौ दिनसम्म रगत आएमा यस्ता व्यक्तिहरूले गर्मीको मौसममा मेथीको प्रयोग कम गर्नु पर्दछ। सर्दीको समयमा मेथीको प्रयोग गर्नु अधिक सुरक्षीत हुने गर्दछ। मेथीको दानाको चुर्ण ३ ग्राम देखि ६ ग्राम सम्म प्रतिदिन लिन सकिन्छ।
  • कसरी स्टोर गर्नेः सग्लो मेथी दानालाई आवश्यकतानुसार पाउडर या दरदरा पिंधेर यसको उपयोग गर्न सकिन्छ। यसलाई सकेसम्म ताजा नै पिंधेर काममा ल्याउँनु पर्दछ। ज्यादा दिन सम्म पाउडर राखेमा यसको वास्ना तथा महक र ताजापन रहन सक्दैन। यसको ताजापन कायम राख्न एयर टाइट भएको भाँडोमा राख्नु पर्दछ।
  • अनुहार सुख्खा भएमा: मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहान/बेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।

सन्दर्भ सूची

यो पनि हेर्नुहोस

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.