मेगान फक्स
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
मेगान डेनिस फक्स (जन्म: सन् १९८६ मे १६), एक अमेरिकी अभिनेत्री र मोडल हुन्। मेगानले आफ्नो अभिनय करियरको सुरुवात सन् २००१ मा कयौँ छोटो टेलिभिजन र फिल्मी भूमिकाबाट गरिन्। सन् २००४ मा, 'कन्फेसन्स अफ अ टिनेज ड्रामा क्विन'मा एक भूमिकाबाट उनी आफ्नो चलचित्र करियरको सुरुवात गरेकी थिइन्। सन् २००७ मा, 'ट्रान्सफर्मर्स' नामक चलचित्रमा सिया लाबेयोफ अभिनीत पात्रको प्रेमिका, मिकाएला बेन्सको रूपमा अभिनय गरिन् जुन उनको करियरको कोशेढुङ्गा भूमिका बन्यो। यसै अभिनयले गर्दा उनलाई टिन चोइस अवार्ड्सको विभिन्न विधामा नामाङ्कन गराउन सफल भयो। मेगान फक्सले सन् २००९ मा यसै चलचित्रको अर्को सिरिजमा काम गरिन्। सन् २००९ को अन्तमा मेगानले, 'जेनिफर्स बडी' नामक चलचित्रमा नाममात्रको मुख्य पात्रको रूपमा अभिनय गरिन् ।
मेगान फक्स | |
---|---|
जन्म | मेगान डेनिस फक्स मे १६, १९८६ ओक रिज, टेन्नेसी, संयुक्त राज्य |
पेशा | अभिनेत्री, मोडल |
कार्यकाल | २००१– हाल |
उचाइ | ५ फिट ४ इन्च (१.६३ मी) [1] |
जीवनसाथी | ब्रियान अस्टिन ग्रिन (वि.२०१०–हाल) |
मेगानलाई युवाहरूको यौन प्रतीक मानिन्छ जसले गर्दा उनी पटक-पटक पुरुषहरूको पत्रिकाको "हट" सूचिमा रहने गर्छिन । उनलाई म्याक्सिम म्यागजिनको वर्ष २००७, २००८ र २००९ मा प्रत्येक वर्षको हट १०० को सुचिमा राखेको थियो । [2] म्याक्सिम हट १०० को सूचीमा क्रमशः #१८, #१६ र #२ मा उनलाई सूचीबद्ध गरिएको थियो जबकी अर्को एफएचएमको पाठकहरूले उनलाई वर्ष २००८ को "विश्वको सबैभन्दा कामुक महिला" को रूपमा छानेका थिए ।[3] उनलाई सन् २००८ मा मुभीफोनको "द २५ हटेस्ट एक्टर्स अन्डर २५" को सूचीमा प्रथम स्थान प्रदान गरिएको थियो ।
मेगान फोकस आयरिश, फ्रांसीसी तथा मूल अमेरिकी वंशको वंशज छिन । उनको जन्म ओक रिज, टेनेसीमा डार्लिन टोनाचियो र फ्र्यान्कलिन फक्सको छोरीको रूपमा भएको थियो ।[4] फक्सको एउटा दिदि छिन ।[4] मेगान सानै हुँदा उनको बुबा-आमाको सम्बन्ध बिच्छेद भएको थियो त्यसपछि उनी र उनको दिदिको पालन-पोषण उनको आमा र उनको सौतिने बुबाले गरेका थिए ।[4][5][6] फक्स तबसम्म आफ्नी आमा सँग रहिन जब सम्म उनले पर्याप्त धन जम्मा गरेकी थिइनन् । फक्सले किंग्स्टन, टेनेसीमा पाँच वर्षकै उमेरमा नाटक र नृत्यमा प्रशिक्षण लिन सुरु गरेकी थिइन् । उनी त्यहाँ रहेको एउटा सामुदायिक केन्द्रमा नृत्य कक्षामा भाग लिएर किंग्स्टन एलिमेंटरी स्कूलको गायन -दल र किंग्स्टन क्लिपर्सको पौडी-दलमा सामेल भएकी थिइन् । १० वर्षको उमेरमा सेंट पीटर्सबर्ग,फ्लोरिडा गए पश्चात पनि मेगान फक्सले आफ्नो प्रशिक्षण जारी राखेकी थिइन् ।[7][8] जब उनी १३ वर्षकी भइन्, फक्सले हिल्टन हेड, साउथ क्यारोलाईनामा वर्ष १९९९ को अमेरिकन मॉडलिंग एण्ड ट्यालेन्ट कान्वेन्शनमा कयौं पुरस्कार जिते पश्चात मॉडलिंग शुरू गरिन् ।[9] मेगानले आफ्नो माध्यमिक विद्यालयको शिक्षा प्राप्त गर्नका लागि मॉर्निंगसाइड एकेडमी नामक एउटा निजी क्रिश्चियन विद्यालयमा भर्ना लिएको थिइन् र उनी सेंट लुसी वेस्ट सेंटेनियल हाईस्कूलबाट आफ्नो उच्च विद्यालयको शिक्षा पुरा गरेकी थिइन् ।[10] यद्यपि त्यस समयमा उनी भर्खर १७ वर्षकी थिइन् तर पनि करेसपोंडेंसको माध्यमबाट उनलाई त्यस विद्यालयबाट उत्तीर्ण गरिएको थियो ।[7]
चलचित्र | |||
---|---|---|---|
वर्ष | चलचित्र | भूमिका | टिप्पणी |
२००१ | होलिडे इन द सन | बियाना | मेगान डेनिस फक्सको रूपमा |
२००३ | ब्याड बोयज II | क्लबको बच्चा | अतिरिक्त कलाकार (अविख्यात)[11] अन्तिममा नदेखिएको |
२००४ | कन्फेसन अफ अ टिनएज ड्रामा क्विन | कारला सांतिनी | |
२००४ | बोस गर्ल | कान्डेस | टेलिभिजन चलचित्र |
२००७ | ट्रान्सफरमरस | मिकाएला बेन्स | |
२००८ | हाउ टु लुज फ्रेन्ड्स एण्ड एलेनेट पिपल | सोफी मेस | |
२००८ | व्होर | लस्ट | |
२००९ | ट्रान्सफरमरस: रिभेन्ज अफ द फलेन | मिकाएला बेन्स | |
२००९ | जेनिफर'स बडी | जेनिफर बडी | |
२०१० | जोनाह हेक्स | लिलाह | |
२०१० | ना नै'आ लिजेन्ड अफ द डल्फिनस | हवाइ स्पिनर डल्फिनस | ध्वनि भूमिकामा |
२०१० | प्यासन प्ले | लिली लस्टर | |
२०११ | फ्रेन्ड विथ किड्स | मेरी जेन | |
२०१२ | द डिक्टेटर | आफै | सानो भूमिकामा |
२०१२ | रोबोट चिकेन डि.सि. युनिभर्स स्पेसल | लोइस लेन | ध्वनि मात्र, टेलिभिजन चलचित्र |
२०१२ | दिस इस फोर्टी | डेसी | |
२०१४ | टिनएज मुट्यांट निन्जा टर्टलस | एप्रिल ओ निल | कार्य जारि |
टेलिभिजन | |||
---|---|---|---|
वर्ष | शिर्षक | भूमिका | टिप्पणी |
२००३ | व्हाट आइ लाईक एबाउट यु | सेनोन | प्रकरण: "लाईक अ भर्जिन (किन्डा)" |
२००४ | टु एण्ड अ हाल्फ मेन | प्रुडेस | प्रकरण: "क्यामेल फिल्टर एण्ड फेरोमेन्स" |
२००४ | द हेल्प | कसान्द्रा रिड्गीवे | ३ प्रकरण |
२००४-२००६ | होप एण्ड फेथ | सिड्नी शानोव्सकी | ४८ प्रकरण |
२०११ | रोबोट चिकेन | आफै / लुइस लेन | ध्वनि भूमिका प्रकरण: "द कोर, द वाइफ, हिज वाइफ एण्ड हर लभर" |
२०१२ | वेडिंग ब्याण्ड | अलेक्सा जोर्डन | प्रकरण: आइ लभ कलेज |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.