मून जे-इन (हंगुल :Hangul: 문재인; Hanja: 文在寅हन्जाHangul: 문재인; Hanja: 文在寅; कोरियाली उच्चाहरण[mundʑɛin] or [mun] [t͡ɕɛin];  जानम २४ जनवरी १९५३) १९ औँ र हालको रास्ट्रपतिको रूपमा २०१७ देखि सेवा गरिरहेका एक दक्षिण कोरियाली राजनीतिज्ञ हुन् ।[1][2][3] तत्कालीन रास्ट्रपति पार्क गेयुन हेई भ्रष्टाचारको आरोपमा महाअभियोग पछि पदमुक्त भएपछी डेमोक्रेटिक पार्टी ( तत्कालीन "प्रजातन्त्रको लागि नयाँ राजनैतिक गठबन्धन ")को उमेदवारको रूपमा रास्ट्रपतिमा निर्वाचित भएका थिए ।[4]

छरितो तथ्यहरू मून जे-इन, दक्षिण कोरिया को १२ औ राष्ट्रपति ...
문재인
文在寅
Thumb
दक्षिण कोरिया को १२ औ राष्ट्रपति
पद बहाली
10 मे २०१७
प्रधानमन्त्रीह्वांग क्यो-आह
यू इल-हो(Acting)
ली नाक-यॉन (Nominee)
पूर्वाधिकारीह्वांग क्यो-आह (कार्यबाहक)
पार्क गेयुन हेई
डेमोक्रेटिक पार्टी कोरिया को नेता
कार्यकाल
९फेब्रुअरी २०१५  २७ जनवरी २०१६
पूर्वाधिकारीआह शोल-सू
किम हान-गिल
उतराधिकारीकिम चोंग-इन
दक्षिण कोरिया नेशनल असेंबली सदस्य
कार्यकाल
३० मे २०१२  २९ मे २०१६
पूर्वाधिकारीचांग जी-जीन
उतराधिकारीचांग जी-जीन
निर्वाचन क्षेत्रबुसान, ससांग जिला
व्यक्तिगत विवरण
जन्म (1953-01-24) २४ जनवरी १९५३ (उमेर ७१)
जेओजे, दक्षिण कोरिया
राजनीतिक दलडेमोक्रेटिक पार्टी कोरिया
जीवन साथीकिम जंग-सूक
सन्तान(हरू)
निवासब्लू हाउस
मातृ शिक्षाप्रतिष्ठानक्यूंग हे विश्वविद्यालय (LLB)
हस्ताक्षरThumb
सैन्य सेवा
निष्ठा South Korea
शाखा/सेवा दक्षिण कोरिया सेना
सेवाको वर्षहरू१९७५–१९७७
श्रेणी Sergeant (कोरियाली: Byeongjang)
बन्द गर्नुहोस्

पुर्व विद्यार्थी अभियानकर्मी, मानव अधिकारवादी वकिल र चिफ अफ स्टाफ देखि दक्षिण कोरियाली रास्ट्रपतिको रूपमा सेवा गर्ने क्रममा , [5] मुन जे इनले डेमोक्रेटिक पार्टीको नेता (२०१५-२०१६) र १९ औँ रास्टृय सभाको सदस्य (२०१२-२०१६) को रूपमा काम गरे ।उनी पुर्व डेमोक्रेटिक युनाइटेड पार्टीको तर्फबाट २०१२ को रास्ट्रपति निर्वाचनमा उमेदवार बनेर उठेका थिए, जसमा उनी एकदम साघुँरो मतान्तरबाट  पार्क गेयुन हे सँग पराजित भएका थिए । रास्ट्रपतिको रूपमा, मुन जे इनले अन्तर कोरियाली शिखर सम्मेलन, अप्रिल २०१८, अन्तर कोरियाली शिखर सम्मेलन, मे २०१८ , अन्तर कोरियाली शिखर सम्मेलन, सेप्टेम्बर २०१८ मा  उत्तर कोरियाली नेता किम जोङ उन सँग भेटवार्ता गरेका थिए ।

प्रारम्भिक जीवन , शिक्षा र सैन्य सेवा

कोरियाली युद्ध को उत्तरार्धमा दक्षिण कोरियाको गिओजीमा जन्मेका मून परिवारको दोश्रो सन्तान र जेठो छोरा थिए  । उनी उनका पिता मून योङ ह्युङ र आमा काङ हान ओकका पाँच सन्तान मध्ये दोश्रो सन्तान र जेठ छोरो थिए । उनको परिवार उत्तार कोरियाको दक्षिण हेमग्योङ प्रान्तबाट शरणार्थी भएका थिए ।

कोरियाली युद्धमा उत्तर कोरियाबाट भागेपछि मूनको परिवार बुसानमा स्थापित भयो ।उनका पिता उत्तर कोरियामा सरकारी कर्मचारी थिए र दक्षिण कोरियामा निजामती कर्मचारी हुन् चाहेनन् । त्यसैले उनका पिताले मोजा बेच्ने व्यापार सुरु गरे तारा यसले उनको परिवारलाई ठुलो ऋणमा डुबायो । मूनको आमा जब दुध पाउडर लिन स्थानीय गिर्जाघर /चर्चमा जान्थिन तब मूनको परिवार क्याथोलिक चर्चको सम्पर्कमा पुगे ।एक पटक मूनले एक अन्तर्वार्तामा भनेका थिए कि उनलाई बाइक चलाउन आउदैन किनकि मून परिवार एकदम गरिब स्थितिबाट गुज्रेका थिए र उनीसँग बाइक किन्न र स्कुलको फि तिर्न समेत पैसा हुदैनथ्यो ।

मूनले क्युङनाम हाइ स्कुलबाट कक्षामा टप गर्दै पास भए । [6][7] उनले क्युङ ही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा कानुनको अध्ध्ययन गरे ।[8] Tत्यहाँ उनको आफ्नो भविस्यको श्रीमती किम जुङ सुक सँग भेट भयो । उनले युसिन संबिधान विरुद्ध विद्यार्थी आन्दोलन चलाएपछी उनलाई पक्राउ गरियो र जेलमा राखियो र विश्वविद्यालयबाट निष्काशन गरियो ।[9][10] [11][12]

जेलबाट रिहाइपछी , बाबुको मृत्युले उनलाई बारको परीक्षामा भाग लिन प्रेरित गर्यो ।उनी परीक्षाको तयारीको लागि देहेङसा स्थित बौद्ध मन्दिरमा गए र दुई चरण मध्ये को पहिलो परीक्षा १९७९ मा पास गरे । १९८० मा उनी बाकीं पढाई पुरा गर्न स्कुल फर्के ।[13] 

प्रारम्भिक वृति /करियर

मानव अधिकारबादी वक्ता

वकिल बनेपछि मूनले १९८० को दशकमा भविष्यका रास्ट्रपति रोह मू-ह्युनसँग काम र सहकार्य गरे ।[14] उनले सैन्य तानाशाहीको विरुद्ध विद्यार्थी र मजदुर अधिकारबादी को पक्षमा वकालत गरे ।[15] 

रोह मू-ह्युन प्रशासन

रोह मू-ह्युनको रास्ट्रपतिय दौडमा मून अभियानको व्यवस्थापक बने ।[16] रोह मू-ह्युनको विजयपछी मून उनको मुख्य सचिव बने र रास्ट्रपति प्रशासनमा महत्त्वपुर्ण भूमिकामा रहे ।

२०१२ राष्ट्रपतिय अभियान

१६ सेप्टेम्बर २०१२ , डेमोक्रेटिक युनाइटेड पार्टीको तर्फबाट उमेद्वार बने  ।

२०१२ को रास्ट्रपति निर्वाचनमा डेमोक्रेटिक युनाइटेड पार्टीको तर्फबाट उनी सहित सत्तारुढ दलको उमेदवार तथा स्वर्गीय रस्त्रपति पार्क चुंग-हिका पुत्री पार्क गुयेन हे ,[17] र स्वतन्त्र उमेदवार आहन चिओल सू को त्रिपक्षीय प्रतिस्पर्ध थियो . सो निर्वाचनमा मूनले पराजय बेहोरे ।

डेमोक्रेटिक पार्टी का नेता

Thumb
मून जे-इन बुद्ध पूर्णिमा मे २०१५ 

२ फ्रेबुअरी २०१५ मा मून “ प्रजातन्त्रको लागि नया राजनैतिक गठबन्धन”को नेतामा निर्वाचित भए ।

२०१७ रास्ट्रपति निवाचन

प्रारम्भिक तथा आम निर्वाचन

मूनले पार्क गुएन हेलाई महाभियोग लागेपछि भएको १९ औ रास्ट्रपति निर्वाचन मा विजय हासिल गरे । उनी ५७ % मतका साथ डेमोक्रेटिक पार्टीबाट उम्मेदवारमा मनोनित भएका थिए । १० मे २०१७ मा मून ४१.१ % मतका ( १,३४,२३,८०० मत ) का साथ विजयी भए।[18] मून विशेष निर्वाचनमा निर्वाचित भएकाले ६० दिनको संक्रमणकालीन अवस्था रहेन र विजयी भएको भोलिपल्टै सपथ ग्रहण भयो।

रास्ट्रपति

Thumb
मूनजे-इनको लोकप्रियता
Thumb
अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुन २०१७ मा मून लाई ह्वाइटहाउस मा स्वागत गरेका थिए 

मून विशेष निर्वाचनमा निर्वाचित भएकाले विजयी भएको भोलिपल्टै सपथ ग्रहण भयो र संक्रमणकालीन अवस्था रहेन । [19] उनको कार्यकाल २०२२ सम्म रहनेछ ।[20]

आन्तरिक नीति

शिक्षा

मूनले आफ्नो पूर्ववर्ती पार्क गेयुन हेईको सरकारी पाठ्यपुस्तक मात्र पठनपाठन गर्ने नीति उल्ट्याए. पार्क गुएन हेईले आफ्ना पिता पार्क चुंग-हिको दमनकारी नीतिलाई ढाकछोप गर्न त्यो नीति ल्याएका थिए। पार्कले भनेका थिइन् “सरकरी पाठ्यपुस्तकले झन् देशभक्ति बढाउछ ।” [21] स्कुलले सरकारी नियममा निजि पाठ्यपुस्तक पढाउन सक्छन । [22]

पशु अधिकार

उर्जा

Thumb
६ सेप्टेम्बर २०१७ मा रसिया भ्लादिभोस्तोक मा भएको इस्टर्न इकोनोमिक फोरममा मून र रुसी रास्ट्रपति भ्लादिमिर पुटिन

विदेश नीति

Thumb
मून र अमेरिकी रास्ट्रपति  डोनाल्ड ट्रम्प नोबेम्बर २०१७

उत्तर कोरिया

Thumb
उत्तर कोरियाको राष्ट्रप्रमुख किम योङ नाम सँग प्रस्तुति हेर्दै मून, ११ फेब्रुअरी २०१८
Thumb
उत्तर कोरियाली नेता किम जोङ उन र  मून हात मिलाउदै
Thumb
किम र मून सिमारेखामा हात मिलाउदै

मून ले कोरियाली एकीकरण प्रकिया एक दीर्घकालीन कार्यक्रमको रूपमा हेरेका छन्। उत्तर कोरियाको आणविक हतियार निशस्त्रीकरणको लागि उनले अमेरिका र उत्तर कोरियासँग सहकार्य गरे। उनले उत्तर कोरिया विरुद्धको नाकाबन्दीको समर्थन गरे तर उत्तर कोरिया सँग वार्ता गर्दै कोरियाली युद्धको अन्त्य र आणविक हतियार निशस्त्रीकरण गर्नुपर्ने बताएका थिए ।[23]

मूनले थाड प्रणाली स्थापना गरिएको बिरोध गरे ।

मूनले कोरियाली वर्कर्स पार्टीका अध्यक्ष किम जोङ उनसँग अप्रिल २०१८ मा भेटवार्ता गरे। [24]

२६ मे मा उनीहरू बीच फेरी भेटवार्ता भयो। यो वार्ता दुई घण्टा भएको थियो ।  दोश्रो वार्ता सार्बजनिक रूपमा गोशाना गरिएको थिएन।[25] [26]

सेप्टेम्बर २०१८ मा मून जे-इनले प्योङ्गयाङ्ग भ्रमण गरे। उनी सहित १५० प्रतिनिधिमण्डल सुनान विमानस्थलबाट प्योङ्गयाङ्गको लागि प्रस्थान गर्यो र किम जोंग उन सँग भेट गर्यो ।[27][28] [29] मूनले पाइकेतु पहाडमा पुगेर आफ्नो इच्छा पुरा गरेका थिए।

सन्दर्भ

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.