मिनारे पाकिस्तान
From Wikipedia, the free encyclopedia
मिनारे पाकिस्तान (मिनार-ए-पाकिस्तान वा मिनार-इ-पाकिस्तान) (उर्दु: مینارِ پاکستان) पाकिस्तानको लाहोरमा अवस्थित एक राष्ट्रिय स्मारक हो।[3] यस स्तम्भलाई सन् १९६० देखि सन् १९६८ को बीचमा बनाइएको थियो। अखिल भारतीय मुस्लिम लीगले सन् १९४० मार्च २३ मा लाहोर प्रस्ताव पारित गरेको थियो जहाँ उक्त प्रस्तावले अन्ततः सन् १९४७ मा स्वतन्त्र पाकिस्तानी राज्यको उदय गर्न सहयोग पुर्याएको थियो। मिनारे पाकिस्तान इकबाल पार्क लाहोरमा अवस्थित छ। यसलाई गोलाकार सडक र मुलतान मार्गको चौबाटोमा, आधुनिक पार्कले घेरेको छ।[4]
मिनारे पाकिस्तान مینارِ پاکستان | |
---|---|
सामान्य विवरण | |
अवस्था | पाकिस्तान स्मारक स्तम्भ |
प्रकार | सार्वजनिक स्मारक |
स्थान | लाहोर, पञ्जाब पाकिस्तान |
निर्देशाङ्क | ३१.५९२५°N ७४.३०९५°E / 31.5925; 74.3095 |
निर्माणकार्यको थालनी | २३ मार्च १९६०[1] |
सम्पन्न | २१ अक्टोबर १९६८ |
उचाइ | |
छाना | ७० मिटर (२३० फिट)[2] |
योजना तथा निर्माण | |
वास्तुकार | नसरेद्दिन मुरात-खान |
संरचनात्मक इन्जिनियर | अब्दुर रहमान नियाजी |
सर्भिस इन्जिनियर | मियाँ अब्दुल गानी मुगल |
मुख्य ठेकदार | मियाँ अब्दुल खालिक कम्पनी |
मिनारे पाकिस्तानलाई "पाकिस्तान स्तम्भ" पनि भनिन्छ भने स्तम्भ रहेको ठाउँलाई इक्बाल पार्क भनिन्छ। मिनारे पाकिस्तान पर्यटकीय स्थलहरूको एक अद्वितीय प्रकार हो। यो इस्लाम र पाकिस्तान सांस्कृतिको संयोजक हो। मिनारे पाकिस्तानले धेरै राजनीतिक विरोध प्रदर्शन र जुलुसको एक महत्त्वपूर्ण स्थलको रूपमा कार्य गर्दछ।