From Wikipedia, the free encyclopedia
महोत्तरी नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित जिल्ला हो। यस जिल्लाले नेपालको कूल भूभागको ०.६८% क्षेत्रफल कूल जनसख्याको लगभग २.३९% भाग ओगटेको छ। जनघनत्वको हिसाबले नेपालमा महोत्तरी जिल्ला पाँचौ स्थानमा पर्दछ। हिन्दू र मुस्लिम धर्माबलम्बीको बाहुल्य रहेको यस जिल्लामा धेरै-थोरै गरी ९२ जातजातीको बसोबास रहेको पाइन्छ। यस जिल्लामा जीवन निर्वाहको प्रमुख श्रोत कृषि पेशा नै हो। खेतीयोग्य उर्बर भूमि, विद्युत उपलब्धता, सुगम भौगोलिक अवस्था, वनजङ्गल, नदीनाला तथा खुला भारतीय सिमाना जस्ता विकासका अवसर तथा सम्भावना भए पनि श्रोतसाधनको समुचित सदुपयोग हुन नसकेकाले राष्ट्रिय परिवेशमा तराईको पिछडिएको क्षेत्रको रूपमा यस जिल्लालाई हेरिन्छ।.
महोत्तरी जिल्ला |
---|
भौगोलिक हिसाबले यस जिल्लालाई उत्तरतर्फ रहेको पत्रेदार चुरेभावर क्षेत्र (१४%), दक्षिणमा तराइको समथर मैदान (८४ %) ओगट्ने गरी जम्मा २ भागमा बाँड्न सकिन्छ।
महोत्तरी जिल्ला मनसुनी हावाद्वारा प्रभावित क्षेत्र हो यहाँउष्ण जलवायु पाइन्छ। यहाँको अधिकतम तापक्रम गर्मीयाममा ४२ डिग्री सेल्सियसभन्दा पनि बढि हुने गरेकाले कहिलेकाही लु चल्ने गर्दछ। तर जिल्लाको उत्तरी भागमा तापक्रम केही कमहुनने गरेको छ। त्यस्तै जाडोयाममा न्युनतम तापक्रम ५ डिग्री सेल्सियससम्म पुग्नुका साथै शितलहरसमेतका कारणले जनजीवन प्रभावित हुने गर्दछ। यस जिल्लामा वार्षिक औसत वर्षा १८४० मिलिमिटर देखि २२०० मिलिमिटर हुने गरेको पाइन्छ। यस जिल्लामा ८० प्रतिशत वर्षा बैशाख देखि भदौ महिनाभित्र हुने गर्दछ। हिउँदमा यस जिल्लामा न्यून वर्षा हुने गर्दछ।
महोत्तरी जिल्लाका हिन्दू समुदायमा मनाईने चाडपर्वहरू अखारी पुजा, रक्षाबन्धन, तीज, ऋषिपञ्चमी, कृष्णाष्ठमी, विश्वकर्मापूजा, चौरचन, जितिया, दशै, दुर्गापूजा, दिपावली, छठ, विवाह पञ्चमी, माघे संक्रान्ती, शिवरात्री, होली, रामनवमी, जुडशितल तथा सतुआईन आदी हुन। यी मध्ये पनि दिपावली, छठ र होली विशेष आकर्षण तथा उत्साहका साथ मनाइन्छ। त्यस्तै कृष्णाष्ठमी, दुर्गापूजा तथा शिवरात्रीमा धार्मिक मेलासमेत लाग्ने गर्दछ। यसैगरी मुस्लिम समुदायमा मनाईने चाडपर्वहरू रमजान, ईदउलफितर, बकरइद, मोहरम (ताजया) आदी हुन्। यसबाहेक आआफ्नो जातीय धार्मिक तथा सास्कृतिक परम्पराअनुसार अन्य चाडपर्व पनि उत्साहका साथ मनाईने गरिन्छ। यी चाडपर्वहरू सामाजिक सदभाव कायम राख्न सहयोगी हुने गरेका छन। चाडपर्व तथा मेलाले धार्मिक सांस्कृतिक तथा सामुदायिक परम्पराको सरक्षका साथै खुसीयाली साटासाट तथा मनोरञ्जनका लागि खासगरि ग्रामिण भेगमा धेरै महत्त्व हुन्छ।
महोत्तरी जिल्ला नेपालमा नागगाडी (रेल) सेवाको पहुँच भएका केवल दुइ जिल्ला मध्ये एक हो । नागमार्ग ले छोएको नेपालको अर्को जिल्ला धनुषा हो । २०८० श्रावण देखी धनुषाको कुर्था बाट महोत्तरीको भँगाहा नगरपालिका सम्म नागगाडी चल्न थालेपछी यो जिल्ला नागमार्ग मा जोडीएको हो । नेपालमा चालु अवस्थाको ५२ कीमी नागमार्ग मध्ये १८ कीमी जती हाल महोत्तरीमा पर्दछ । रेल विभागले यो नागमार्ग अागामी दीनमा बर्दीवास सम्म विस्तार गर्दैछ । बर्दीवास सम्म नागमार्ग संचालनमा अाएपछी महोत्तरी नेपालको सबै भन्दा धेरै नागमार्ग भएको जिल्ला हुनेछ, जुन अहिले धनुषाको नाममा छ जहाँ करीव ३५ कीमी नागमार्ग पर्दछ। हाल नेपालमा नागगाडी (रेल) को राजधानीको रुपमा जनकपुर लाइ चिनिन्छ, तथापि बर्दिबास सम्म नाग मार्ग विस्तार भएपछि बर्दिबास नै अाउँने लामो समयसम्म नेपालको नागगाडी केन्द्र बन्ने देखिन्छ । किनकि बर्दिबास बाटै नेपालको सबैभन्दा पुरानो नागमार्ग (जनकपुर नागमार्ग) पूर्व-पश्चिम नागमार्ग मा जोडिनेछ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.