![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/0/0f/Mahesh_Bhatt_still7.jpg/640px-Mahesh_Bhatt_still7.jpg&w=640&q=50)
महेश भट्ट
From Wikipedia, the free encyclopedia
महेश भट्ट (जन्म सन् १९४८ सेप्टेम्बर २०) एक भारतीय चलचित्र निर्देशक, निर्माता, र पटकथा लेखक हुन्। भट्ट खासगरी हिन्दी चलचित्र उद्योगमा आफ्नो कामको लागि लोकप्रिय छन्। उनले सन् १९८४ मा मुख्य धारा रहितको चलचित्र 'शारांस' निर्देशित गरेका थिए जुन १४औँ मस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शित भएको थियो। उक्त चलचित्रलाई सो वर्ष भारतबाट सर्वश्रेष्ठ विदेशी भाषाको चलचित्र विधातर्फ एकेडेमी पुरस्कारको लागि मनोनयन गरिएको थियो।[2] सन् १९८६ मा निर्मित चलचित्र 'नाम' उनको पहिलो व्यावसायिक चलचित्र थियो।[3][4]सन् १९८७ मा उनले आफ्नो भाइ मुकेश भट्टसँग मिलेर 'विशाल फिल्म्स'को ब्यानर अन्तर्गत 'कब्जा' चलचित्रको निर्माण गरेका थिए।[5][6][7][8]
छरितो तथ्यहरू महेश भट्ट, जन्म ...
महेश भट्ट | |
---|---|
મહેશ ભટ્ટ | |
![]() सन् २०११ मा महेश भट्ट | |
जन्म | (1948-09-20) २० सेप्टेम्बर १९४८ (उमेर ७५)[1] मुम्बई, महाराष्ट्र, भारत |
राष्ट्रियता | भारतीय |
पेशा | निर्माता, निर्देशक र पटकथा लेखक |
जीवनसाथी | किरण भट्ट सोनी राजदान |
सन्तान | पूजा भट्ट राहुल भट्ट आलिया भट्ट |
मातापिता | नानाभाई भट्ट शिरीन मोहम्मद अली |
बन्द गर्नुहोस्