महादेवा गाउँपालिका
From Wikipedia, the free encyclopedia
महादेवा गाउँपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो ।[1] नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा महादेवा गाउँपालिका लाई गाउँपालिका घोषित गरेको हो ।[2] महादेवा लाई गाउँपालिका घोषित गर्दा सप्तरीका साविक पकरी, डाढा, बथनाहा, महादेवा र भगवतपुर गा.वि.स. लाई समेटेको छ ।[3][4][5]
छरितो तथ्यहरू महादेवा गाउँपालिका Mahadeva, देश ...
महादेवा गाउँपालिका
Mahadeva | |
---|---|
देश | ![]() |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | सप्तरी |
गाउँपालिका घोषित | वि.सं. २०७३ |
सरकार | |
• अध्यक्ष | दिपक कुमार यादव |
• उपाध्यक्ष | ममता कुमारी यादव |
क्षेत्रफल | |
• जम्मा | ३४.९६ किमी२ (१३.५० वर्ग माइल) |
जनसङ्ख्या (वि.सं. २०६८) | |
• जम्मा | २८५४२ |
• घनत्व | ८२०/किमी२ (२१००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०३१ |
वेबसाइट | http://www.mahadevamun.gov.np/ |
बन्द गर्नुहोस्
यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २८,५४२ रहेको छ । यसको क्षेत्रफल ३४.९६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको महादेवाको कार्यालयमा राखिएको छ ।[6]