मन्दिर
From Wikipedia, the free encyclopedia
मन्दिर हिन्दू धर्म[1] तथा यो धर्मका वैकल्पीक धर्म जैन धर्म, शैव वैष्णव आदी धर्मावलम्बीहरूको पूजा स्थल हो। मन्दिर भित्र विभिन्न देवी देवताहरूका मुर्तिहरूको स्थापना गरेर पूजा पाठ गरिन्छ। मन्दिरलाई हिन्दूहरूको पवित्र स्थलको रूपमा लिइन्छ। मन्दिरमा देवताहरूको वास भएको विश्वास गरिन्छ। मन्दिरमा शंख, घण्ट, कलस, पञ्चपात्र, आदी पूजन सामग्रीहरू राखिन्छ। प्राय सबै देवताहरूको लागि अलग अलग मन्दिर बनाईन्छ। जस्तै:- भगवान शिवको मन्दिलाई शिवालय भनिन्छ भने देवि दुर्गाको मन्दिरलाई दुर्गा मन्दिर भनिन्छ। त्यस्तै भगवान श्री कृष्णको मन्दिरलाई कृष्ण मन्दिर र भगवान श्रीरामको मन्दिरलाई राम मन्दिर भनिन्छ भने सीताको मन्दिरलाई जानकी मन्दिर भनिन्छ। राम र सीताको संयुक्त मन्दिरलाई राम जानकी मन्दिर र राधा कृष्णको संयुक्त मन्दिरलाई राधा कृष्ण मन्दिर भनिन्छ, भगवान गणेशको मन्दिरलाई गणेश मन्दिर भनिन्छ। यसै गरी अलग अलग देवताहरूको मन्दिरलाई अलग अलग नाम दिएको हुन्छ।
मन्दिर मानिस को आस्था र बिश्वास को केन्द हो जहा मानिस ले आफनो मन लाई शान्त र भक्ती पूर्बक सर्मरपण गर्दछ ।मन्दिर मा भगबान ,देबी देबता को र्दशन गर्नाले केही भए पनि आत्मीक उर्जा प्राप्त हुन्छ ।