From Wikipedia, the free encyclopedia
मनुस्मृति वा मानव-धर्म-शास्त्र वा मनुसंहिता लाई प्राचीनतम स्मृति एवं प्रमाणभूत शास्त्र रूपमा मान्यता प्राप्त छ। धर्मशास्त्रीय ग्रन्थकारहरूका अतिरिक्त शंकराचार्य शबरस्वामी जस्ता दार्शनिक पनि प्रमाणरूपले यस ग्रन्थलाई उद्धृत गर्दछन्। परम्परानुसार यो स्मृति स्वायंभुव मनुद्वारा रचना गरिएको बताइन्छ, वैवस्वत मनु अथवा प्राचनेस मनुद्वारा रचिएको होइन। मनुस्मृतिबाट यो पनि थाह लाग्छ कि स्वायंभुव मनुका मूलशास्त्रको आश्रय गरेर भृगुले स्मृतिलाई नयाँ रूप दिए, जो प्रचलित मनुस्मृतिको नामले प्रसिद्ध छ। यो भार्गवीया मनुस्मृति जस्तै नारदीया मनुस्मृति पनि प्रचलित छ। मनुस्मृतिमा कल्याणकारी राज्य संचालनका नीतिहरू उल्लेख छन् । यसमा राजकीय समृद्धिको आधारका रूपमा कोषको सञ्चालन, सुरक्षा, किफायतपूर्ण उपयोग र सार्वजनिक कल्याणका कामहरूको विवरण प्रस्तुत गरिएको छ । काङ्लेका अनुसार कौटिलीय अर्थशास्त्रमा मानवाः भनी उल्लेख गरेको र महाभारतमा प्रचेतस मनु भनिएको व्यक्ति एउटै हो तर स्वायम्भू मनु जसलाई मनुस्मृतिको रचनाकार पनि मानिन्छ त्यो अर्कै व्यक्ति हो । प्रचेतस मनुको रचना लोप भइसकेको अनुमान पनि उनको छ ।[1] रङ्गराजनले काङ्लेका यस विचारको अनुमोदन गरेका छन् । धम्मपद्, कौटिलीय अर्थशास्त्र र वाल्मीकि रामायणमा मनुस्मृतिका श्लोकहरू उदधृत गरिएका छन् ।
मनुस्मृति त्यो धर्मशास्त्र हो जसको मान्यता जगविख्यात छ। हिन्दूहरू धर्मशास्त्रको रूपमा मनुस्मृतिलाई विश्वको अमूल्य निधि मान्दछन्। भारतमा वेदहरूका उपरान्त सर्वाधिक मान्यता र प्रचलन ‘मनुस्मृति’को नैं हुन्छ। यसमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद-विवादहरू, सेनाको प्रबन्ध आदि सबै विषयहरूमा परामर्श दिएकोछ जो कि मानव मात्रको जीवनमा घटित हुन सम्भव छ यो सबै धर्म-व्यवस्था वेदमा आधारित छ। मनु महाराजको जीवन र उनको रचनाकालका विषयमा इतिहास-पुराणहरू स्पष्ट छैनन्। तथापि सबै एक स्वरले स्वीकार गर्दछन् कि मनु आदिपुरुष थिए र उनको यो शास्त्र आदिःशास्त्र हो। मनुका समस्त मान्यताहरू सत्य हुनुका साथ-साथ देश, काल तथा जाति बन्धनले रहित भएको कुरा हिन्दू धर्मका पण्डितहरू बताउँदछन्।
‘मनुस्मृति’ हिन्दु धर्म संस्कृतिको अभिन्न अङ्ग हो। यसको गणना विश्वका यस्ता ग्रन्थहरूमा गरिन्छ, जसबाट मानवले वैयक्तिक आचरण र समाज रचनाको लागि प्रेरणा प्राप्त गरेकोछ। यसमा प्रश्न केवल धार्मिक आस्था वा विश्वासको छैन। मानव जीवनको आवश्यकताहरूको पूर्ति, सबै प्रकारका आपसी सहयोग र सुरुचिपूर्ण ढङ्गले हुनसकोस्, यो अपेक्षा र आकांक्षा प्रत्येक सामाजिक व्यक्तिमा हुन्छ। विदेशमा यस विषयमा पर्याप्त खोज भयो, तुलनात्मक अध्ययन भयो, र समालोचनाहरू पनि भए। हिन्दू समाजमा यसको स्थान वेदत्रयीको उपरांत छ। मनुस्मृतिका धेरैवटा संस्करण उपलब्ध छन्। कालान्तरमा धेरै प्रक्षेप(परिवर्तन) हुनु स्वाभाविक हो। पछाडि जोडिएका अंशहरू छुट्याउन साधारण व्यक्तिले सक्तैनन्। ठूला विद्वानहरूले मात्र तुलनात्मक अध्ययन गरेपछि यस्तो गर्न सक्लान्।
मनुस्मृतिकोके काल एवं प्रणेताको विषयमा नवीन अनुसंधानकारी विद्वानहरूले पर्याप्त विचार गरेका छन्। कसैको मत यो छ कि "मानव" चरण (वैदिक शाखा)मा आधारित भएको कारण यस ग्रन्थको नाम मनुस्मृति भएको हो। कसैले भन्छन्- मनुस्मृतिभन्दा पहिला कुनै मानव धर्मसूत्र थियो (जसरी मानव गृह्यसूत्र आदि छन्) जसको आश्रय लिएर कसैले एक मूल मनुस्मृति बनायो जो पछि गएर परिवर्तन् हुँदैर वर्तमान रूपमा प्रचलित भयो। मनुस्मृतिका अनेक मत वा वाक्य जो निरुक्त, महाभारतादि प्राचीन ग्रन्थमा पाइंदैनन्, यसका कारणमाथि विचार गर्दा धेरै उत्तर प्रतिभासित हुन्छन्। मनुस्मृतिको मेधातिथिले गरेको टीकाको रचनाकाल र समयको अनुमान काणे, बुहलर, र म्याक्समुलरले गरेका छन् । बुहलर र म्याक्समुलरले मेधातिथिको रचना ५७ वि.सं. र स्थान काश्मीर क्षेत्र अनुमान गरेका छन् । प्रोफेसर काणेले भरुचिले गरेको मनुस्मृतिको टीकालाई सबैभन्दा पुरानो ठान्दछन् । ओलिवेली र डेरेटले यस टीकाको समय वि.सं. ६००–६५० अनुमान गरेका छन् । [2] बुहलरले एक स्थानमा मनुस्मृतिको समय १५०० वि.पू.भएको अनुमान गरेका छन् ।[3]
बी आर अम्बेडकरले मनुस्मृतिको आलोचना गरेका छन् भने एनी बेसेंट, फ्रेडरिक नीत्से र सर्वपल्ली राधाकृष्णन्ले मनुस्मृतिको प्रशंसा गरेका छन् ।[4] कौटिलीय अर्थशास्त्रमा विषय प्रवेशको क्रममा मनुको नाम उल्लेख भएको छ । यसले कौटिल्यले मनुस्मृतिलाई दिएको महत्त्व स्पष्ट हुन्छ । कौटिलीय अर्थशास्त्र मनुस्मृतिको सामान्य पुनरुक्ति हो यस भनाईले मनुस्मृतिको प्राचीनता र महत्त्व स्पष्ट हुन्छ ।[5] नारदस्मृतिको नाम नै मानव न्याय शास्त्र म्रचलित छ । यस्ता अनेक उदाहरण छन् ।
यस प्रकारक अनेक तथ्यहरू बूहलर (Buhler, G.) (सैक्रेड बुक्स अफ ईस्ट सीरीज, संख्या २५), मदृ मदृ काणे (हिस्ट्री अफ धर्मणात्रमा मनुप्रकरण) आदि विद्वानहरूले पर्याप्त विवेचना गरेकाछन्। यो अनुमान तर्कसंगत प्रतीत हुन्छ कि मनुको नामले धर्मशास्त्रीय विषय परक वाक्य समाजमा प्रचलित थिए, जसको निर्देश महाभारतादिमा छ तथा जुन वचनको आश्रय लिएर वर्तमान मनुसंहिता बनाइयो, साथै प्रसिद्धिको लागि भृगु नामक प्राचीन ऋषिको नाम यसको साथ जोडियो। मनुभन्दा अघि पनि धर्मशास्त्रकार थिए, यो मनुको "एके" आदि शब्दहरूबाट नैं ज्ञात भएको हो। कौटिल्यले "मानवा: (मनुमतानुयायीहरू)को उल्लेख गरेकाछन्।
पाश्चात्य विद्वानहरूको मत अनुसार मनु परम्पराको प्राचीनता भएर पनि वर्तमान मनुस्मृति ईसा पूर्व चतुर्थ शताब्दीभन्दा प्राचीन होइन(यो कुरा अलग हो कि यसमा प्राचीनतर कालका अनेक कुराहरू संगृहीत भएका छन्) यो बात यवन, शक, कांबोज, चीन आदि जातिहरूको निर्देशबाट ज्ञात हुन्छ। यो पनि निश्चित छ कि स्मृतिको वर्तमान रूप द्वितीय शताब्दी ईसा पूर्वसम्ममा दृढ बनाइयो र यस पछि यसमा कुनै परिवर्तन् गरिएन।
मनुस्मृति आचार-संहिताको विश्वकोश हो, मनुस्मृतिमा बारह अध्याय तथा दुई हजार पाँच सय श्लोकहरू छन्, जसमा सृष्टिको उत्पत्ति, संस्कार, नित्य र नैमित्तिक कर्म, आश्रमधर्म, वर्णधर्म, राजधर्म तथा प्रायश्चित आदि विषयहरूको उल्लेख छ। ब्रिटिश शासकहरूले पनि मनुस्मृतिलाई नैं आधार बनाएर 'इण्डियन पेनल कोड' बनाए तथा भारतको संविधानसभाले पनि संविधान बनाउँदा यसै स्मृतिलाई प्रमुख आधार मानेकाथिए।
(१) जगतको उत्पत्ति;
(२) संस्कारविधि; व्रतचर्या, उपचार;
(३) स्नान, विवाहलक्षण, महायज्ञ, श्राद्धकल्प;
(४) वृत्तिलक्षण, स्नातक व्रत;
(५) भक्ष्याभक्ष्य, शौच, अशुद्धि, स्त्रीधर्म;
(६) वानप्रस्थ, मोक्ष, संन्यास;
(७) राजधर्म;
(८) कार्यविनिर्णय, साक्षिप्रश्नविधान;
(९) स्त्रीपुंसधर्म, विभाग धर्म, धूत, कंटकशोधन, वैश्यशूद्रोपचार;
(१०) संकीर्णजाति, आपद्धर्म;
(११) प्रायश्चित्त;
(१२) संसारगति, कर्म, कर्मगुणदोष, देशजाति, कुलधर्म, निश्रेयस।
मनुमाथिकई व्याख्याहरू प्रचलित छन्--(१) पेधातिथिकृत भाष्य; (२) कुल्लूककृत मन्वर्थ मुक्ताव ली टीका; (३) नारायणकृत मन्वर्थ विवृत्ति टीका; (४) राघवानन्द कृत मन्वर्थ चंद्रिका टीका; (५) नंदनकृत नन्दिनी टीका; (६) गोविंदराज कृत मन्वाशयानसारिणी टीका आदि। मनुका अनेक टीकाकारहरूको नाम ज्ञात छन्, जसका टीकाहरू लुप्त भए, जस्तै--असहाय, भर्तृयज्ञ, यज्वा, उपाध्याय ऋजु, विष्णुस्वामी, उदयकर, भारुचि या भागुरि, भोजदेव धरणीधर आदि।
हिन्दु धर्ममा वेदहरूको उपरान्त सर्वाधिक मान्यता र प्रचलन ‘मनुस्मृति’को नैं छ। यसमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद-विवादहरू, सेनाको प्रबन्ध आदि सबै विषयहरूमा परामर्श दिएकोछ जो कि मानव मात्रको जीवनमा घटित हुन सम्भव छ यो सबै धर्म-व्यवस्था वेदमा आधारित छ। मनु महाराजको जीवन र उनको रचनाकालका विषयमा इतिहास-पुराणहरू स्पष्ट छैनन्। तथापि सबै एक स्वरले स्वीकार गर्दछन् कि मनु आदिपुरुष थिए र उनको यो शास्त्र आदिःशास्त्र हो। मनुका समस्त मान्यताहरू सत्य हुनुका साथ-साथ देश, काल तथा जाति बन्धनले रहित भएको कुरा हिन्दू धर्मका पण्डितहरू बताउँदछन्
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.