भुवनपोखरी
From Wikipedia, the free encyclopedia
भुवनपोखरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, पाल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५४०८ रहेको थियो जसमध्ये २२७९ पुरुष र ३१२९ महिला रहेका थिए भने यहाँ १२३६ घरधुरी रहेको थियो।[1] ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको पाल्पाको जिल्ला सदरमुकाम तानसेनदेखि पश्चिममा पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाको सिमानामा समुन्द्री सतहबाट १,३७२ मिटरको उचाइमा भुवनपोखरी गाविस पर्दछ। भुवनपोखरी नामाकरण हुनु अघि यो ठाउँ गोखुंगाका नामले परिचित थियो। गाविसको माथिल्लो भेगमा रहेको घनाजङ्गलको बीचमा प्रसिद्ध रैनादेवीको मन्दिर रहेको छ। मन्दिर क्षेत्र २७ डिग्री ५४ मिनेट १४.८ सेकेन्ड उत्तरी अक्षांसदेखि ८३ डिग्री २० मिनेट १९.७ सेकेन्ड पूर्वी देशान्तरसम्म फैलिएको छ।
छरितो तथ्यहरू भुवनपोखरी, देश ...
भुवनपोखरी | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७.७७°N ८३.८५°E / 27.77; 83.85 | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | पाल्पा जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ५,४०८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
बन्द गर्नुहोस्