![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e2/Statue_of_Bhishma.jpg/640px-Statue_of_Bhishma.jpg&w=640&q=50)
भीष्म
महाभारतका एक पात्र / From Wikipedia, the free encyclopedia
भीष्म महाभारतका एक पात्र हुन् ।तथा पाण्डव कौरवका हजूरबुबा पनि हुन उनी दृढ प्रतिज्ञाको लागि प्रसिद्ध छन् तथा महाभारतमा भीष्म गंगाका र महाराज शन्तनुका छोरा भन्ने वर्णन मिल्दछ।
भीष्म | |
---|---|
![]() Statue of Bhishma | |
Information | |
उपनामहरू |
|
लिङ्ग | Male |
स्थान | प्रधानसेनापति |
सम्बद्धता | कौरव |
हतियार | |
परिवार |
|
आफन्त | कुरु राजवंश-चन्द्रवंश |
Home | हस्तिनापुर |
उनको प्रारम्भिक नाम देवव्रत थियो, उनलाई हस्तिनापुर राज्यको उत्तराधिकारी बनाइएको थियो। यद्यपि, उनले आफ्नो बुबाको खुशीको लागि आफ्नो सिंहासन त्यागे र आजीवन ब्रह्मचर्यको वाचा लिए। यस नि:स्वार्थ निर्णयको कारण, उनलाई भीष्मको नामले चिनिन्छ र उनका पिता शन्तनुले उनलाई इच्छा मृत्युको आशिष् दिए । उनले कुरु राज्यको राजनीतिक मामिलामा प्रमुख भूमिका खेले र कौरवहरूको पक्षमा कुरुक्षेत्र युद्धमा भाग लिए। युद्धको दशौं दिन पाण्डव राजकुमार अर्जुनले शिखंडीको सहयोगमा भीष्मलाई असंख्य बाणले छेडेर बाणको शैयामा गिराई दिए। बाण शैयामा एकावन्न (५१) रात बिताएपछि भीष्मले शुभ उत्तरायण (हिउँद संक्रांति) मा आफ्नो शरीर त्यागे। आफ्नो मृत्यु अघि, उनले युधिष्ठिरलाई विष्णु सहस्रनाम दिए।
भीष्मलाई हिन्दु धर्ममा एक सम्मानित तथा निष्ठा पात्रको रुपमा लिइन्छ। प्रत्येक वर्षमा उनको पुण्यतिथिलाई भिष्म अष्टमीको रुपमा मनाइन्छ, यो तिथी माघ शुक्ल अष्टमीमा पर्छ।