नेपाली कूटनीतिज्ञ एवम् इतिहासकार From Wikipedia, the free encyclopedia
भीमबहादुर पाँडे नेपाली कूटनीतिज्ञ एवम् इतिहासकार हुन् ।[3] उनले भारतको लागि नेपाली राजदूतको कार्यभार २१ मे, १९६९ देखि २४ मे, १९७२ सम्म सम्हालेका थिए ।[4] भीमबहादुर पाँडेलाई पश्चिम जर्मनीको राजदूतबाट फिर्ता गरी भारत पठाइएको थियो। उनी वि.सं. २०२९ देखि २०३५ सम्म महालेखापरीक्षक थिए ।[1] उनलाई महान् कूटनीतिज्ञ मानिन्छ ।[5]
सरदार भीमबहादुर पाँडे क्षत्री | |
---|---|
भारतको लागि नेपाली राजदूत | |
कार्यकाल २१ मे, १९६९ – २४ मे, १९७२ | |
पूर्वाधिकारी | झरेन्द्रनारायण सिंह |
उतराधिकारी | कृष्ण बम मल्ल |
महालेखा परीक्षक[1] | |
कार्यकाल वि.सं. २०२९ ज्येष्ठ ८ – वि. सं. २०३५ ज्येष्ठ ७ | |
पूर्वाधिकारी | नरसिंह प्रधान |
उतराधिकारी | रामप्रसाद जोशी |
व्यक्तिगत विवरण | |
जीवन साथी | छायादेवी पाँडे |
सन्तान(हरू) | ५ छोरा; सागरबहादुर पाँडे, पवनबहादुर पाँडे, हिमालय बहादुर पाँडे, पृथ्वीबहादुर पाँडे, शान्तबहादुर पाँडे[2] |
सरदार भीमबहादुरले जुद्धशमशेर जंगबहादुर राणाको समयमा नेपालको तराईको औद्योगिकीकरणमा भूमिका निर्वाह गरेका थिए ।[6]
उनले आफ्ना पूर्वज ऐतिहासिक पाँडे वंशको वंशावली सहितको पुस्तक राष्ट्रभक्तिको झलक: पाँडेवंशको भूमिका लेखेका थिए ।[7] उनले त्यस बखतको नेपाल नामक पुस्तकमा तराईको औद्योगिकीकरणको कठिनाइको व्याख्या गरेका थिए ।[6]
विजयशमशेरसँग धेरै नजिक रहेर सरदार भीमबहादुर पाँडेले काम गरेका थिए ।
विजय शमशेरको नेतृत्वमा सरदार भीमबहादुर पाँडेले विकास योजनाको खाका तयार गर्न भूमिका खेलेका थिए। २००५ सालमा राष्ट्रिय आर्थिक योजना समितिको सदस्यसचिव भएका थिए । उद्योग परिषद्का हाकिम भए ।[8]
नेपालले बेलायत र अमेरिकासँग दौत्य सम्बन्ध कायम गरेपछि पाँडे लन्डन दूतावासमा काउन्सिलर र वासिङ्टनमा प्रथम सचिव नियुक्त भए ।
लामो कूटनीतिक भूमिका अनुभव गरेका उनी भारतमा राजदूत हुँदा नेपालको उत्तरी सीमामा रहेका भारतीय सैनिक चेक पोस्ट हटाउने काम भएको थियो। [10]
‘त्यस बखतको नेपाल’ विसं. २०३८ मा छापिएको पुस्तकशृंखला हो। पाँच भागमा विभक्त पुस्तकमा १९७७–२००७ सालसम्मका पाँचजना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेका, लेखक आफैले देखेका र खास आफैले भोगेका घटनाहरु समेटिएको छ। यस पुस्तकमा पाँडेले राणाकालीन सामाजिक, आर्थिक र राजनीतिक इतिहासको बारेमा चर्चा गरेका छन्।
पाँडेको यस पुस्तक शृंखलामा राणाकालको आखिरी तीन दशकभित्रको समयताका भएका राणा व्यवस्था चरमचोटिमा, नेपालमा आर्थिक विकासको कल्पना, नेपालमा प्रजातन्त्रको प्रवेश र नेपालको प्रशासनिक जगको बारेमा उल्लेख गरेका छन्।
यस पुस्तकबाट पाठकले सती प्रथा र दास प्रथा अन्त्यलगायत राणाकालका सुधार, त्यसबेलाको नेपाली समाजको चेतनाको स्तर तथा राणाहरूले सत्ता टिकाउन गरेका अनेक प्रयत्नको जानकारी पाउन सक्छन्। [11]
उनको विवाह छायादेवी पाँडेसँग भएको थियो। उनका छोरा पृथ्वीबहादुर पाँडे एक बैङ्कर एवं नेपाल इन्भेस्टमेन्ट बैङ्कको प्रमुख कार्यकारी अधिकृत हुन् ।[12]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.