भिल्लारियल फुटबल क्लब
From Wikipedia, the free encyclopedia
बिलारेआल क्लुब दे फुतबल (स्पेनी: Villarreal Club de Fútbol), एक स्पेनी फुटबल क्लब हो। क्लब स्पेनको सहर बिलारेआलमा आधारित छ। क्लब स्पेनी फुटबलको प्रथम दर्जाक लिग ला लिगामा प्रदर्शन गर्दछ। क्लबलाई मार्च १९२३ मा "क्लुब दिपरोतिभो बिलारेआल" को नामबाट स्थापना गरिएको थियो र १७ जुन १९२३ देखि, यसले स्तादियो दे ला सेरआमिका रङ्गशालामा गृह खेलहरू खेल्दछ वा यसको गृह रङ्गशाला स्तादियो दे ला सेरआमिका हो। यसको दर्शक क्षमता २३,५०० रहेको छ। [3]
पुरा नाम | बिलारेआल क्लुब दे फुतबल | |||
---|---|---|---|---|
उपनाम(हरू) | El Submarino Amarillo[2] | |||
स्थापना | 10 मार्च 1923; १०१ वर्ष पहिले (1923-०३-10) as क्लुब दिपरोतिभो बिलारेआल 25 अगस्ट 1947; ७६ वर्ष पहिले (1947-०८-25) क्लब आत्लेतिकोको रूपमा | |||
मैदान | स्तादियो दे लआ सेरआमिका[3] | |||
मैदान क्षमता | २४,८९० | |||
मालिक | फेर्नान्दो रोइग | |||
प्रमुख | फेर्नान्दो रोइग | |||
प्रमुख प्रशिक्षक | हाभियर कायिखा[4] | |||
लिग | ला लिगा | |||
सन् २०१८–१९ | ला लिगा, १४औँ | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
वर्तमान संस्करण |
सन् १९४० देखि, यसले गृह रङ्गशालामा पहेँलो पोशाक लगाउँदछ। टोलीको उपनाम एल सबमारिनो आमारिलो हो।[5] हालसम्म क्लबको लागि प्रमुख उपलब्धि भनेको राष्ट्रिय स्तरको लिग प्रतियोगिता ला लिगाको सन् २००७-०८ संस्करणमा उप विजेता हुनु थियो। सन् २००५-०६ संस्करणको युइएफए च्याम्पियन्स लिगमा पनि यो उप विजेता बनेको थियो जसले गर्दा यसलाई आफूलाई उक्त संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने प्रदापण टोलीको रूपमा उभ्याएको थियो। डिसेम्बर २००४ मा, अन्तर्राष्ट्रिय फुटबलको इतिहास तथा तथ्याङ्क सङ्घले यसलाई उक्त महिनाको सबैभन्दा सफल टोलीको रूपमा घोषण गरेको थियो।[6] क्लबले सन् २००३ र सन् २००४ को इन्तेरतोतो कप जितेको थियो भने क्लब सन् २००२ यो प्रतियोगितामा उप विजेता बनेको थियो।