भारतीय जनता पार्टी
From Wikipedia, the free encyclopedia
भारतीय जनता पार्टी भारतमा एउटा राष्ट्रवादी राजनीतिक दल हो । यस दलको स्थापना सन् १९८० मा गरियो । वर्तमानमा यस पार्टीको अध्यक्ष जगत प्रकाश नड्डा हुन । भारतीय जनता पार्टी भारतीय को दुई प्रमुख राजनितीक दलहरु मध्येको एक हो, अर्को भारतीय राष्ट्रीय कांग्रेस हो । सन् १९८० मा स्थापित, यो संसद र विभिन्न राज्य विधानसभाहरूमा प्रतिनिधित्वको आधारमा भारतको दोश्रो सबभन्दा ठुलो राजनीतिक दल हो।
भारतीय जनता पार्टी | |
---|---|
सभापति | जगत प्रकाश नड्डा |
सचिव | अरूण जेटली |
स्थापना | वि २०३६/१२/२६ (३४) |
प्रमुख कार्यालय | ११, अशोक रोड, नयाँ दिल्ली - ११०००१ |
विचारधारा | हिन्दुत्व हिन्दु राष्ट्रवाद आर्थिक उदारीकरण अखण्ड मानवतावाद |
निर्वाचन चिह्न | |
राजनीतिक दलको झन्डा | |
वेबसाइट | |
बीजेपीडॉटओर्ग |
भारतीय जनता पार्टीले आफ्नो आधिकारिक विचारधारा र केन्द्रिय दर्शन दीनदयाल उपाध्यायद्वारा सन् १९५५ मा लेखिएको पुस्तकमा आधारित 'एकात्म मानववाद' हुने भनी तोकेको छ । यो दललाई "राष्ट्रवादी हिन्दू" को रूपमा चिह्नित गरिन्छ । यसले स्वदेशी आन्दोलन र प्रमुख राष्ट्रवादी सिद्धान्तहरूको आसपास केन्द्रित विदेश नीतिले सुनिश्चीत गरेको सामाजिक रूढिवाद र आत्मनिर्भरता को पृष्ठपोषण गर्दछ । पार्टीको मञ्चलाई सामान्यतया भारतीय राजनीतिक स्पेक्ट्रम को दक्षिणपन्थीको रूपमा मानिन्छ।
राष्ट्रीय लोकतान्त्रिक गठबन्धनका दलहरूको गठबन्धनको साथ भाजपाले नेतृत्व गरेको र अटल बिहारी वाजपेयी प्रधानमन्त्री रहेको १९९८ देखी २००४ सम्मको राष्ट्रीय सरकार त्यस प्रकारको पहिलो गैर कांग्रेसी हो जसले एक कार्यकाल पूरा गर्यो । २००४ को आम चुनाव निर्वाचनमा आफ्नो चुनावी हार भएपछि भाजपा संसदमा विपक्षी दलहरूको बीच प्रमुख भएको छ।