ब्रिट्नी स्पेयर्स
अमेरिकी गायिका र मनोरञ्जक / From Wikipedia, the free encyclopedia
ब्रिट्नी जीन स्पेयर्स (अङ्ग्रेजी: Britney Jean Spears, जन्म: २ डिसेम्बर १९८१) एक अमेरिकी गायिका र मनोरञ्जक हुन । उनी मिसिसिपीको म्याककम्बमा जन्मिइन र लुइसियानाको केन्टवुडबाट उदाइन, स्पेयर्सले बच्चाको रूपमा मञ्च तथा टिभी शोहरूका भूमिकाहरूमा अभिनय गर्न शुरू गरिन । उनी १९९७मा जिभ रेकर्ड्स सँग अनुबन्ध भईन र १९९९मा आफ्नो पहिलो एल्बम ... वेबी वन मोर टाइम प्रकाशन गरिन। उसलाई सांगीतिक क्षेत्र भित्रको पहिलो दशकको क्रमामा, उनी मुख्यधारा लोकप्रिय संगीत र लोकप्रिय संस्कृति साथै धेरै-प्रचारित निजी जीवनमा एक प्रमुख व्यक्ति बनिन । ब्रिट्नीको पहिलो दु॒ई एल्बमहरू उनलाई एक पप आइकनको रूपमा स्थापित गर्यो र बिक्री रेकर्ड पनि तोड्यो साथै यसका टाईटल गीत "... बेबी वन मोर टाइम" र "उप्स! ... आइ डिड इट अगेन" अन्तराष्ट्रिय स्तरमा नम्बर-एक हिट बन्यो। ब्रिट्नीलाई १९९०को दशक तिर किशोर पपको पुनरुद्धार गर्न प्रभावित गरेको श्रेय दिइएको थियो ।
ब्रिट्नी स्पेयर्स | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | ब्रिट्नी जीन स्पेयर्स |
जन्म | २ डिसेम्बर सन् १९८१ म्याककम्ब, मिसिसिपी, सं.रा.अ. |
विधा | पप, नृत्य |
पेशा | गायिका, गीतलेखिका, नर्तकि, अभिनेत्री, रेकर्ड निर्माता, लेखक, फेशन डिजाइन, भिडीयो निर्देशक |
वाद्ययन्त्र | भोकल्स, पियानो |
सक्रिय वर्ष | १९९२–हाल |
लेबल | जिभ रेकर्ड्स, आर.सि.ए[1] |
सहयोगी | द न्यू मिकी माउस क्लब |
वेबसाइट | britneyspears britney |
२००१ मा, ब्रिट्नीले आफ्नो तेस्रो स्टूडियो एल्बम ब्रिट्नीको प्रकाशन गरिन र चलचित्र क्रसरोड अभिनय गरेर आफ्नो ब्राण्डको विस्तार गरिन । उनले आफ्नो चौँथो स्टूडियो एल्बमको रचनात्मक नियन्त्रण बारे सोचिन र २००३मा "इन द जोन" प्रकाशित गरिन, यसमा उनका उत्कृष्ट एकल गितहरू "मि एगेन्स्ट म्यूजिक", "टक्सिक" र "एभ्रिटाइम" समावेश थिए। दुई सङ्कलन एल्बमको रिलीज पछि, ब्रिट्नी व्यक्तिगत संघर्षको सामना गर्नु पर्यो र उनको करियरको अन्तराल ट्ट्यो। २००७मा कम प्रोमोशनको बाबजुद "गिम्मी मोर" र "पिस अफ मी" जस्ता गीत संलग्न उनको पाँचौं स्टूडियो एल्बम ब्ल्याकआउट प्रकाशित भयो। २००८ मा, उनको अनियमित व्यवहार र अस्पताल भर्नाका कारणले उनलाई कन्जरभेटरसीपको स्थितिमा पुर्यायो। त्यसै वर्ष, विश्व प्रशिद्ध गित "वुमनाइजर" सहितको उनको छैठौ स्टूडियो एल्बम "सर्कस" जारी भएको थियो। सर्कस स्टारिङग ब्रिट्नी स्पेयर्सको सफलता पछि, उनले प्रशिद्ध एल्बम "द सिङ्गल कलेक्सन" रिलिज गरिन, जसमा अमेरिकी र क्यानाडियन नम्बर-एक एकल गित "थ्री" थियो। २०११ मा, ब्रिट्नी आफ्नो सातौँ स्टूडियो एल्बम "फेम फ्याटल" लिएर फिर्ता भइन, जुन २९ मार्च २०११मा जारी भएको थियो। यसमा संकलित एकल लिड गित "होल्ड इट अगेन्स्ट मी" उनको चौथो अमेरिकी नम्बर-एक एकल गित भयो।[2][3] यो एल्बमले बिलबोर्ड २००मा नं. १मा स्थान बनायो।[4] यसले ब्रिट्नीलाई कहिल्यै छ नम्बर एक शुरुवात एल्बम र सात शीर्ष दुई स्थानहरूमा पहिलो एल्बम हुने एक मात्र महिला कलाकार बनायो।
ब्रिट्नी स्पेयर्सले विश्वभरमा आफ्नो १००,०००,००० भन्दा बढि रेकर्डस बेचेर समकालीन संगीतको इतिहासमा आफुलाई सबैभन्दा राम्रो बिक्रि गर्ने महिला संगीत कलाकारहरू मध्य एकको रूपमा खडा गरिन।[5] अमेरिकी रेकर्डिङ्ग उद्योग एसोसिएशन (RIAA)का अनुसार, ३२०००००० प्रमाणित एल्बमहरू सहित संयुक्त राज्य अमेरिकामा उनी सबैभन्दा राम्रो बिक्रि गर्ने महिला संगीत कलाकारहरूको सूचीमा आठौँ स्थानमा छिन।[6] ब्रिट्नीले २१औं शताब्दीको पहिलो दशकको सबैभन्दा राम्रो बिक्रि गर्ने महिला कलाकारहरूकोमा पनि समग्रमा पाँचौंको रूपमा मान्यता प्राप्त गरेकि थिइन। [7] बिलबोर्डले पनि २०००को दशकका कलाकारहरू मध्यमा आठौँ स्थानमा राखेको थियो।[8] जून २०१० मा, ब्रिट्नी फोर्ब्सको विश्वका १०० सबैभन्दा शक्तिशाली र प्रभावशाली हस्तिहरूको सूचीमा छैठौ स्थानमा थिइन,साथै फोर्ब्सको अनुसार इन्टरनेटमा पनि सबैभन्दा उल्लेखनिय संगीतकारमा तेश्रा थिइन।[9]