From Wikipedia, the free encyclopedia
बेन्जामिन नेतन्याहु (यहूदी: בִּנְיָמִין נְתַנְיָהוּ; जन्म: अक्टोबर २१, १९४९) इजरायलको १९९६ देखि १९९९ सम्म र २००९ देखि २०२१ सम्म प्रधानमन्त्री र हालका प्रतिपक्षी नेता हुन्। नेतन्याहु हाल केन्सेटका सदस्य र लिकुड पार्टीका अध्यक्ष रूपमा सेवा गर्दैछन्। यहूदी आमाबाबुको कोखबाट बेन्जामिन नेतन्याहु इजरायलको तेल अबिबमा जन्मेका हुन्।[१][२] नेतन्याहु इजरायल राज्यको स्थापना पछि इजरायलमा जन्मेर प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन्।[३]
बेन्जामिन नेतन्याहु | |
---|---|
בנימין נתניהו | |
इजरायलका प्रधानमन्त्री | |
कार्यकाल ३१ मार्च २००९ – १३ जुन २०२१ | |
राष्ट्रपति | सिमोन पेरेस |
पूर्वाधिकारी | इहुद ओलमेर्ट |
उतराधिकारी | नाफ्ताली बेनेट |
कार्यकाल १८ जुन १९९६ – ६ जुलाई १९९९ | |
राष्ट्रपति | एजेर वेल्मेर |
पूर्वाधिकारी | सिमोन पेरेस |
उतराधिकारी | एहुद बरक |
विपक्षी नेता | |
कार्यकाल २८ मार्च २००६ – ३१ मार्च २००९ | |
प्रधानमन्त्री | एरियल सारोन इहुद ओलमेर्ट |
पूर्वाधिकारी | अमिर प्रेतेज |
उतराधिकारी | त्रिज्पि लविनि |
अर्थ मन्त्री | |
कार्यकाल २८ फरवरी २००३ – ९ अगस्त २००५ | |
प्रधानमन्त्री | एरियल सारोन |
पूर्वाधिकारी | सिल्वोन सल्मोन |
उतराधिकारी | इहुद ओलमेर्ट |
इजरायलको विदेश मन्त्री | |
कार्यकाल ६ नोभेम्बर २००२ – २८ फेब्रुअरी २००३ | |
प्रधानमन्त्री | एरियल सारोन |
पूर्वाधिकारी | सिमोन पेरेस |
उतराधिकारी | सिल्वन शल्मोन |
इजरायलको विदेश मन्त्री | |
कार्यकाल २६ डिसेम्बर १९८८ – ११ नोभेम्बर १९९१ | |
प्रधानमन्त्री | यिट्जाक शमी |
मन्त्री | Moshe Arens Moshe Arens |
पूर्वाधिकारी | रोनि मिलो |
उतराधिकारी | योस्सि बेलिनि |
व्यक्तिगत विवरण | |
जन्म | तेल अबिब, इजरायल | २१ अक्टोबर १९४९
राजनीतिक दल | लिकुड |
जीवन साथी(हरू) | Miriam Weizmann (Until 1978) Fleur Cates (1981–1984) Sara Ben-Artzi (1991–वर्तमान) |
सन्तान(हरू) | 3 |
निवास | जेरुसेलम |
मातृ शिक्षाप्रतिष्ठान | म्यासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजी हार्वर्ड विश्वविद्यालय |
हस्ताक्षर | |
सैन्य सेवा | |
निष्ठा | Israel |
शाखा/सेवा | चित्र:Idf logo4.png Israel Defence Forces |
श्रेणी | कप्तान |
एकाइ | Sayeret Matkal |
लडाई/युद्धहरू | War of Attrition योम किपुर युद्ध |
नेतन्याहु सन् १९४९ मा तेल अबिब, इजरायलमा इजरायली आमा टेजिला सेगाल (२८ अगस्ट १९१२ - ३१ जनवरी २०००) र एक वरस-जन्म बुबा प्रोफेसर बेन्जियो नेतन्याहु (१९१०-२०१२) तीन छोरा छोरीको वीचमा उनको जन्म भएको थियो। नेतन्याहुको अशकेनाजी यहूदी र सेफार्दिक यहूदीको मिश्रीत वंशज हुन्।[३] उनले प्रारम्भिक शिक्षा जेरुसेलमबाट नै लिएका थिए। उनले हेनरीइट्टा इसोल्ड प्राथमिक विद्यालयमा भर्ना भएका थिए। शिक्षक रूथ रुबेनस्टेनले नेतन्याहु कक्षा ६ मा पढदा गरेको मूल्याङ्कन अनुसार उनी विनम्र, भद्र र सहयोगी थिए भने उनी आफ्नो काम जिम्मेवार र समयनिष्ठ भएर गर्ने आनुशासितका साथै हँसिलो, साहसी, सक्रिय र आज्ञाकारी पनि थिए।[४]
बेन्जामिन नेतन्याहु सन १९८८ को विधान सभा निर्वाचनमा इजरायल फर्के र लिकुड पार्टीमा सामेल भएका थिए। लिकुड पार्टीको आन्तरिक चुनाव भयो र नेतन्याहु पार्टी सूचीमा ५औँ स्थानमा परेका थिए। पछि उनी केन्सेट सदस्यको रूपमा निर्वाचित भए र उनलाई विदेशी मन्त्री मोशे अरेन्सको एक सहायकको रूपमा नियुक्त गरियो।
नेतन्याहु स्वतन्त्र बजारीकरणका समर्थका रूपमा रहेका छन्।[५] आफ्नो पहिलो अवधिमा प्रधानमन्त्रीका रूपमा उहाँले बैङ्किङ क्षेत्र, विदेश लगानी गर्न बाधा, सरकार जमानत र प्रत्यक्ष क्रेडिटको अनिवार्य खरिद हटाउने सुधार गरेका थिए।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.