![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/66/Pakistan_location_map.svg/langne-640px-Pakistan_location_map.svg.png&w=640&q=50)
बारखान जिल्ला
From Wikipedia, the free encyclopedia
बारखान जिल्ला (उर्दु: بارکھان) पाकिस्तानको बलुचिस्तान प्रदेशको दक्षिण भागमा पर्ने एक जिल्ला हो।[5] यस जिल्लाको पूर्वमा पञ्जाब प्रदेश रहेको छ भने यस जिल्लाको दक्षिणमा बलुचिस्तानको डेरा बुगटी जिल्ला रहेको छ। त्यस्तैगरी यस जिल्लाको पश्चिममा कोहालु, उत्तरपश्चिममा लरालाई र उत्तरमा मुसाखेल जिल्ला रहेको छ। यस जिल्लाको सदरमुकाम बारखान सहर हो। बारखानलाई ३१ डिसेम्बर १९९१ का दिन छुट्टै जिल्लाको दर्जा दिइएको थियो भने यस अघि यो जिल्ला लरालाई जिल्लाको तहसीलको रूपमा स्थापित थियो।[6]
छरितो तथ्यहरू बारखान بارکھان, देश ...
बारखान
بارکھان | |
---|---|
निर्देशाङ्क: २९.५४°N ६९.३१°E / 29.54; 69.31 | |
देश | ![]() |
प्रदेश | बलुचिस्तान |
सरकार | |
• प्रकार | प्रशासन |
• जनजाति नेता | सरदार अबदुर रहमान खेतरान[1] |
क्षेत्रफल | |
• जम्मा | ३,५१४ किमी२ (१,३१६ वर्ग माइल) |
उन्नतांश | १,०९८ मिटर (३६०२ फिट) |
जनसङ्ख्या (सन् २०१७)[3] | |
• जम्मा | १७१,५५६ |
• घनत्व | ४९/किमी२ (१३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी मानक समय) |
हुलाक अङ्क | ८४४०० |
सम्पर्क अङ्क | ०८२९[4] |
बन्द गर्नुहोस्