बर्जु ताल
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
बर्जु ताल नेपालको पूर्वी भागमा रहेको सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा रहेको प्राकृतिक ताल र सिमसार क्षेत्र हो।[1] यो ताललाई चिमाडी तालको नामले समेत चिन्ने गरिन्छ।[2] ताल रहेको स्थान बिराटनगरबाट १२ किलोमिटरको दुरीमा रहेको छ। यो तालको वर्णन हिन्दूहरूको धार्मिक ग्रन्थ महाभारतमा गरिएको छ।[3][4] यो ताल कोशी टप्पु वन्यजन्तु आरक्षसँग जोडिएर रहेको छ।[5]
बर्जु ताल | |
---|---|
स्थान | सुनसरी जिल्ला, नेपाल |
निर्देशाङ्क | २६.४८५४५६°N ८७.१७३२२६६°E |
पदनाम | ताल |
सतह उचाइ | ३०० मिटर (९८० फिट) |
यो ताल १५२ विघाको क्षेत्रफलमा फैलिएर रहेको छ।[6][7]
यो तालमा विभिन्न थरीका माछाका प्रजातिहरू रहेका छन् तर विस्तारै स्थानीय माछा मार्नेहरूले यो तालमा माछा मार्ने गरेकोले माछाको सङ्ख्या घट्दो क्रममा रहेको छ।[8] यस बाहेक, अतिक्रमणको कारणले गर्दा सिमसार क्षेत्र खुम्चिदै गएको छ।[9]
यो सिमसार क्षेत्रमा प्रवासी चराहरूको वासस्थान रहेको छ। यहाँ लगभग १०० प्रजातिका चराहरू भेटिएका छन्।[10] सन् १९९६ मा संरक्षण कार्यक्रमको शुभारम्भ भएपछि यस तालमा आउने प्रवासी चराहरूको सङ्ख्यामा वृद्धि भएको एक प्रतिवेदनले देखाएको छ। सन् २००८ मा सप्तकोशी नदीमा आएको भीषण बाढीको (सप्तकोशी पूर्वी तटबन्ध भत्किएकोले) कारण यस ताल क्षेत्रमा रहेका चराहरूको सङ्ख्यामा ह्रास आएपनि हाल आएर चराहरूको सङ्ख्या तुलनात्मक रूपमा पहिले जति नै हुन पुगेको छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.