From Wikipedia, the free encyclopedia
बन्दाको पुतली (Pieris brassicae) भन्नाले काउली समूहका तरकारीहरू, विशेषतः बन्दालाई हानी पुर्याउने किरा हुन् । यो पाइरिडि परिवारमा पर्दछ ।
बन्दाको पुतली | |
---|---|
वयस्क भाले | |
वयस्क पोथी | |
वैज्ञानिक वर्गीकरण | |
Unrecognized taxon (fix): | Pieris (butterfly) |
प्रजाति: | Template:Taxonomy/Pieris (butterfly)P. b. (ब्रासिकि) |
वैज्ञानिक नाम | |
Template:Taxonomy/Pieris (butterfly)Pieris brassicae (ब्रासिकि) (Linnaeus, 1758) | |
पर्याय | |
|
यस किराका अन्डा पहेँला रङका हुन्छन् र चौबिस घन्टा पछि गाडा पहेँलो रङका बन्छन्, अन्तमा लार्भा निस्कने समयमा काला रङमा परिवर्तन हुन्छन् ।[1]
ठुला सेता लार्भा वयस्क बन्न चार तह पार गर्छन् ।[2] पहिलो तह अण्डाबाट निस्किए पछि हुन्छ । लार्भाहरू पहेँला हुन्छन्, टाउका खैरा हुन्छन् र शरीर कमलो हुन्छ । दोस्रो चरणमा यसका शरीरभरि काला रौँ देखिन्छन् । तेस्रो चरण पश्चात् यसका क्रियाकलाप बढ्न थाल्छ र धेरै खन्चुवा बन्छन् । यसले काउली परिवारका बोटहरूलाई नोक्सान गर्छ । तेस्रो चरण पछि यिनिहरू पूर्ण रूपमा पहेँला देखिन्छन् । यति बेला टाउका खरानी-काला रङको हुन्छ । यस क्रममा यो धेरै खाने र छिटो बढ्ने विशेषता देखाउँछन् ।[1][3]
वयस्क भाले र पोथीको पखेटा सेता रङका हुन्छन् भने टुप्पामा काला रङ हुन्छन् । पोथीको अघिल्लो पखेटामा दुइटा गोलाकारमा काला धब्बाहरू देखिन्छन्, पछिल्ला पखेटाको भित्री किनारमा एक एक वट ठूलो काला धब्बा साथै बाहिरी किनारमा ४-५ वटा साना धब्बाहरू हुन्छन् । ठुला पुतलीको पेखेटा साधारणत: ५ देखि ६.५ सेमी हुन्छन् ।[1]
यस पुतली चिन, नेपाल, भारत र रसिया जस्ता मुलुकमा ४०% उत्पादनमा ह्रास ल्याउने कारकका रूपमा रहेका छ ।[4]
हातले फूल, लार्भा र प्यूपाहरू नष्ट गर्न सकिन्छ । इट्रेपिड किटनाशक १.५–२ एम.एल. प्रतिलिटर पानीमा १ एम.एल. स्टीकर हाली छर्न सकिन्छ । साइपरमेथ्रिन (२० र्इं.सी.) १ एम.एल. प्रति लीटर पानीमा झोल बनाइ छर्ने ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.