बङ्गलादेश दूरसञ्चार कम्पनी लिमिटेड
From Wikipedia, the free encyclopedia
बङ्गलादेश दूरसञ्चार कम्पनी लिमिटेड बङ्गलादेशकै सबैभन्दा ठूलो दूरसंचार कम्पनी हो । कम्पनी १९७१ मा बङ्गलादेशको स्वतन्त्रता पछि बङ्गलादेश टेलिग्राफ र टेलिफोन बोर्ड (बीटीटीबी) रूपमा स्थापित गरिएको थियो ।[1] १ जुलाई २००८ मा बीटीटीबी एक सार्वजनिक सीमित कम्पनी भयो र यसलाई बङ्गलादेश दूरसञ्चार कम्पनी लिमिटेड वा बीटीसीएलको नामकरण गरिएको थियो । बङ्गलादेश सरकारले प्रारम्भिक रूपमा सबै बीटीसीएलको शेयरको आफ्नो स्वामित्व राखेको थियो, तर अर्को वर्ष देखि सार्वजनिक रूपमा शेयर बेच्दिने घोषण गरेको थियो । बीटीसीएलको मूल्य अनुमानित ৳१५,००० करोड (৳१५० बिलियन) रहेकोे छ । बीटीसीएलको कुल १२,६३६ अधिकारी र कर्मचारीहरू छन् ।
व्यवसाय प्रकार | सरकारी |
---|---|
उद्योग | दूरसञ्चार |
स्थापित | १९७१; ५३ वर्ष अघि (१९७१) (बिटिटिबीको रूपमा) |
केन्द्रीय कार्यालय | ढाका, बङ्गलादेश |
उत्पादनहरू | टेलिफोन, , इन्टरनेट |
वेबसाइट | बीटीसीएल.गव.बीडी |
बीटीसीएलले बङ्गलादेशका शहरी क्षेत्रहरूमा ल्यान्ड-लाइन टेलिफोन सेवा प्रदान गर्दछ, जसमा घरेलू लामो लामो दूरीमा कल र अन्तर्राष्ट्रिय सेवाहरूका साथै इन्टरनेट सेवा समेत समावेश छ । सन् २००४ मा, बङ्गलादेश सरकारले निजी कम्पनीहरूमा थुप्रै पिएसटिएन अनुमती पत्र जारी गर्यो, तर तिनीहरू ढाका बजारमा सेवाहरू प्रदान गर्नबाट रोकिएका थिए । अन्य सञ्चालकहरूले २००७ देखि अनुमति पत्र पाएपछि बिटिसिएलको एकाधिकर तोडिएको थियो ।