फुस्रो बकुल्ला
From Wikipedia, the free encyclopedia
फुस्रो बकुल्ला बकुल्ला प्रजातिमा पर्ने लामो खुट्टा भएको पानी तथा हिलोमा हिड्न सक्ने एक सिकारी चरा हो। यो पङ्क्षी मुख्यतया युरोप, एसिया र अफ्रिकाको केही मुलुकहरूमा पाइन्छ।[1] शरद ऋतुमा यो पङ्क्षी उत्तरी क्षेत्रबाट दक्षिण क्षेत्रमा बसाइँसराइ गर्ने गर्छ। यस पङ्क्षीलाई विषेश गरी नदि, ताल, पोखरी र तटीय क्षेत्रहरूमा देख्न सकिन्छ। यस पङ्क्षीको मुख्य आहारा समुन्द्री माछा र पानीमा बस्ने जीव हुन्। यसले आफ्नो आहारालाई सिधै निल्ने गर्छ। यो प्रजातिको पङ्क्षीको एक वयस्कको उचाइ १ मिटर हुन्छ भने यसको तौल १ देखि २ केजी (२.२ देखि ४.४ पाउन्ड) हुन्छ। यस चराको टाउको सेतो हुन्छ भने यसको घाँटीमा कालो घर्सा रहेको हुन्छ जुन यसको आँखा देखि तल्लो भाग सम्म फैलिएको हुन्छ। यस पङ्क्षीको ज्यान र पखेटा खैरो र यसको पखेटा तलको भाग हल्का खैरो हुन्छ। यश चराको चुच्चो लामो र तीखो हुन्छ भने यसको खुट्टा लामो र हल्का पहेँलो खालको हुन्छ।
फुस्रो बकुल्ला | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | |
गण: | Pelecaniformes |
कुल: | Ardeidae |
वंश: | Ardea |
प्रजाति: | A. cinerea |
वैज्ञानिक नाम | |
Ardea cinerea | |
फुस्रो बकुल्लाको जीवनकाल दायरा प्रजनन दायरा वर्ष भरी शीतकालिन दायरा |
यस पङ्क्षीले वसन्त ऋतुमा प्रजनन गर्छ भने यसले आफ्नो गुण अग्लो रुखको टुप्पोमा बनाउँछ। यसले एक पटकमा ३ देखि ५ वटा अण्डा पार्छ। अण्डालाई दुवै पङ्क्षीले २५ दिन सम्म ओथारो बसेर चल्ला कोरल्ने गर्छ भने साना चल्लालाई ७ देखि ८ हप्ता सम्म दुवै भाले र पोथीले आहारा ख्वाउने गर्छन्। यस्ता चल्लाहरू विषेश गरी हिउँदमा जाडोका कारणले मर्ने गर्छन् भने बाँचेका चल्लाहरू लगभग ५ वर्ष सम्म बाँच्छन्।[3]