फुटबल खेल
एक प्रकारको खेल / From Wikipedia, the free encyclopedia
एसोसिएसन फुटबल जसलाई प्राय: फुटबल (अङ्ग्रेजी: फुट: खुट्टा वा पद, बल: भकुण्डो) वा सकर भन्ने गरिन्छ, यो संसारकै लोकप्रिय खेलहरू मध्ये एक हो। यो एउटा सामूहिक खेल हो र यसलाई ११/११ खेलाडीहरूको दुई समूह बीच खेल्ने गरिन्छ। फुटबललाई सामान्यत: एउटा आयताकार घाँस वा कृत्रिम घाँस भएको मैदानमा खेलिन्छ जसको अन्तिममा एउटा गोलपोस्ट हुन्छ। खेलाडीहरूद्वारा विरोधी समूहको गोलपोस्टमा आफ्नो चालाकीले भकुण्डोलाई गोल गर्नुनै यस खेलको उद्देश्य हो। खेलमा गोलरक्षक नै एउटा मात्र यस्तो खेलाडी हुन्छ जसले भकुण्डोलाई रोक्न अथवा बचाउनका लागि आफ्नो हात प्रयोग गर्न अनुमति हुन्छ। समूहको बाँकी खेलाडी प्रायजसो भकुण्डोलाई हिर्काउन (किक)का लागि आफ्नो खुट्टाको प्रयोग गर्छन्। तथा कहिलेकाहीं हावामा भकुण्डो रोक्नका लागि आफ्नो छाती या टाउकोको प्रयोग गर्छन्। जुन समूह खेलको अन्त वा समय समाप्ति सम्म बढी गोल गर्न सफल हुन्छ त्यहि टोली विजय घोषित हुन्छ। खेलको अन्त अर्थात समय समाप्तिसम्म यदि खेल बराबर रहेमा त्यस खेललाई बराबर वा टाई घोषित गर्न सकिन्छ अथवा खेललाई अतिरिक्त समयमा लिएर जानु र पेनाल्टी-सुटआउटद्वारा जितहारको निर्णय गर्नु प्रतियोगिताको स्वरुप माथि निर्भर हुन्छ।[5]
उच्चतम अन्तराष्ट्रिय संस्था | फिफा |
---|---|
Nicknames | सकर, फुटी, 'द ब्युटिफुल गेम'[1], "द वर्ल्ड गेम" |
पहिलो खेल | ब्रिटेन (१९औँ शताब्दीको मध्यमा)[2][3][4] (इङ्ल्यान्डमा १५औँ शताब्दी देखि फैलिदै) |
अभिलक्षण | |
सम्पर्क | हुन्छ |
टिम सदस्य | ११/११ जना |
लैङ्गिक विभाजन | महिला/पुरुष |
श्रेणीकरण | समूह खेल, भकुण्डे खेल |
खेल सामाग्री | फुटबल वा "सकर भकुण्डो" |
आयोजना स्थान | फुटबल खेल मैदान |
उपस्थिति | |
ओलम्पिक | १९०० |
आधुनिक फुटबललाई इङ्ल्यान्डमा 'द फुटबल एसोसिएसन' (फुटबल सङ्घ)को गठनसँगै गाँसिएको थियो र त्यस लगत्तै सन् १८६३ मा बनाइएको 'लव्ज अफ द गेम' (खेलको कानुन) को आधारमा नै आज फुटबल खेल्ने गरिन्छ। अन्तर्राष्ट्रिय आधार वा स्वरूप माथि फुटबलको नियन्त्रण (फेडरेसन इन्टरनेसनल डी फुटबल एसोसिएसन) वा एसोसिएसन फुटबलको अन्तर्राष्ट्रिय महासङ्घ जसलाई सङ्क्षेपमा FIFA वा एसोसिएसन फुटबलको अन्तर्राष्ट्रिय महासङ्घले गर्छ। फुटबलको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय र लोकप्रिय प्रतियोगिता फिफा विश्व कप हो जसको आयोजन प्रत्येक चार वर्षको अन्तरमा गरिन्छ। यस प्रतियोगितालाई व्यापक रूपमा सम्पूर्ण विश्वमा हेर्ने गरिन्छ र यसको दर्शक ग्रीष्मकालीन ओलम्पिक खेलहरूलाई हेर्ने दर्शकहरूको लगभग दुई गुणा बढी हुन्छ।