From Wikipedia, the free encyclopedia
फिलिप जोएल ह्यूज (३० नोभेम्बर १९८८ – २७ नोभेम्बर २०१४) एउटा अस्ट्रेलियन क्रिकेट खेलाडी हुन् । उनी बायाँ हाते शीर्ष क्रमका ब्याट्सम्यान थिए जो अष्ट्रेलियाकातर्फबाट अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने गर्दथे । उनले आफ्नो टेस्ट क्रिकेटको सुरुवात सन् २००९ मा २० वर्षको उमेरमा गरेका थिए ।[3]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | फिलिप जोएल ह्यूज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | न्यु साउथ वेल्स, अस्ट्रेलिया | ३० नोभेम्बर १९८८|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
मृत्यु | २७ नोभेम्बर २०१४ २५) सिड्नी, न्यु साउथ वेल्स, अस्ट्रेलिया | (उमेर|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | हगसे, लिटिल डन[1] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | १७० सेमी (५ फिट ७ इन्च)[2] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | बायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हाते अफ ब्रेक | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | शिर्ष क्रम बल्लेबाज, प्रतिस्थापन विकेटकिपर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ४०८) | २६ फेब्रुअरी २००९ विरुद्ध दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १८ जुलाई २०१३ विरुद्ध इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप १९८) | ११ जनवरी २०१३ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १२ अक्टोबर २०१४ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ६४ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००७-२०१२ | न्यु साउथ वेल्स क्रिकेट टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००९ | मिडीलसेक्स काउन्टी क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१० | ह्याम्पसायर काउन्टी क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११-२०१२ | सिड्नी थन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१२ | वार्सेस्टरसायर काउन्टी क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३-२०१४ | दक्षिण अस्ट्रेलिया क्रिकेट टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१२-२०१४ | एडिलेड स्ट्राइकरस | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३-१४ | मुम्बई इन्डियनस | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेटआर्चिभ, २५ नोभेम्बर २०१४ |
उनी अस्ट्रेलियाका एउटा राम्रा ब्याट्सम्यान थिए जसको प्रमाण उनले आफ्नो क्रिकेट जीवनको दोश्रो टेस्टमै दिएका थिए जब उनले दक्षिण अफ्रिका को बिरुद्ध डरबन को तेज रफ्तार पिचमा मात्र २० वर्षको उमेरमा आफ्नो पहिलो शतक (११५ रन) बनाएका थिए । यस शतकले ह्यूजलाई अस्ट्रेलियाको सबैभन्दा कम उमेरमा शतक हिर्काउने खेलाडीको सूचीमा राखेको थियो । त्यसै म्याचको अर्को इनिङमा उनले फेरि शतक (१६० रन) बनाए जसको मद्दतले अस्ट्रेलियाले दक्षिण अफ्रिका जस्तो प्रतिद्वन्दीलाई १७५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । ह्यूज क्रिकेट इतिहासमा सबैभन्दा कम उमेरमा टेस्ट क्रिकेटको दुवै इनिङमा शतक बनाउने खेलाडी बन्न पुगे। सन् २०१३ जनवरी ११ मा ह्यूजले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्का को बिरुद्ध शतक बनाएर क्रिकेट इतिहासमा अस्ट्रेलियाको तर्फबाट खेल्दै आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा शतक बनाउने पहिलो खेलाडी बने ।[4]
सन् २०१४ नोभेम्बर २५ मंगलवार सिड्नीको एसजीसी क्रिकेट मैदानमा घरेलु क्रिकेट शेफिल्ड शिल्ड प्रतियोगितामा साउथ अस्ट्रेलिया र न्यु साउथ वेल्सको म्याचमा ह्युज ६३ रन बनाएर खेल्दै थिए जुन बेला उनलाई शन एबटको बाउन्सरले घांटीमा लाग्न पुग्यो र तत्कालै उनी अचेत भएर लडे र बेहोस भए । उनलाई अस्पताल लगियो र त्यहाँ उनको गहन चिकित्सा विभागमा शल्यक्रिया गरियो । २०१४ नोभेम्बर २७ तारिखमा निधन भएको थियो । सन् २०१४, डिसेम्बर ३ तारिखमा उनलाई गृहजिल्ला म्याक्सविल, अष्ट्रेलियामा अन्तिम संस्कार गरियो । [5] सन् २०१४ नोभेम्बर २७ मा अचेत अवस्थामै उनको मृत्यु भयो ।[6]
विरुद्ध | म्याच | इनिङ | अविजित | रन | सर्वाधिक | १०० | ५० | औषत |
---|---|---|---|---|---|---|---|---|
इङ्ल्यान्ड | ७ | १३ | १ | २३७ | ८१* | ० | १ | १९.७५ |
भारत | ५ | ८ | ० | १४७ | ६९ | ० | १ | १८.३७ |
न्युजिल्यान्ड | ३ | ६ | १ | १४७ | ८६* | ० | १ | २९.४० |
दक्षिण अफ्रिका | ५ | १० | ० | ५३२ | १६० | २ | २ | ५३.२० |
श्रीलङ्का | ६ | १० | ० | ४३५ | १२६ | १ | २ | ४३.५० |
जम्मा | २६ | ४९ | २ | १,५३५ | १६० | ३ | ७ | ३२.६५ |
फिलिप ह्यूज टेस्ट शतक | ||||||
---|---|---|---|---|---|---|
क्र.स. | स्कोर | म्याच | विरुद्ध | शहर/देश | स्थान | वर्ष |
१ | ११५ | २ | दक्षिण अफ्रिका | डरबन, दक्षिण अफ्रिका | किङ्गस्मीड क्रिकेट ग्राउन्ड | २००९ |
२ | १६० | २ | दक्षिण अफ्रिका | डरबन, दक्षिण अफ्रिका | किङ्गस्मीड क्रिकेट ग्राउन्ड | २००९ |
३ | १२६ | १३ | श्रीलङ्का | कोलम्बो, श्रीलङ्का | सिङहालीज स्पोर्ट्स क्लब ग्राउन्ड | २०११ |
फिलिप ह्यूज एक दिवसीय अंतर्राष्ट्रीय शतक | ||||||
---|---|---|---|---|---|---|
क्र.स. | स्कोर | म्याच | विरुद्ध | शहर/देश | स्थान | वर्ष |
१ | ११२ | १ | श्रीलङ्का | मेलबर्न, अस्ट्रेलिया | मेलबर्न क्रिकेट ग्राउन्ड | २०१३ |
२ | १३८* | ५ | श्रीलङ्का | होबार्ट, अस्ट्रेलिया | बेलेरीभ ओभल | २०१३ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.