प्वाइन्ट अफ सेल
From Wikipedia, the free encyclopedia
प्वाइन्ट अफ सेल (पीओएस)(अङ्ग्रेजी: Point of Sale) प्रणाली त्यो ठाउँ हो जहाँ ग्राहकहरूले कम्पनीबाट सामान वा सेवाहरू खरिद गरे पश्चात भुक्तानी गर्दछन् । प्वाइन्ट अफ सेल प्रणाली एउटा यस्तो प्रणाली हो जसले ग्राहक र कम्पनी बीचको कारोबार पूरा गर्न मद्दत गर्दछ। पीओएस प्रणाली एउटा कम्प्युटर संजाल हो जुन मुख्य कम्प्युटरबाट जोडिएको हुन्छ । धेरै चेकआउट टर्मिनलहरूसँग सम्बन्धित हुने यो संजाल फरक हार्डवेयर सुविधाहरू द्वारा समर्थित बारकोड स्क्यानरबाट सुरू भएर कार्ड भुक्तान टर्मिनलहरूमा समाप्त हुन्छ।[1] पीओएस मेसिन नगद रहित कारोबार गर्ने माध्यम हो। यसका माध्यमबाट ग्राहकले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोग्ले रकम भुक्तानी गरी सजिलै सामान तथा सेवा खरिद गर्न सक्छन् ।[2] भुक्तानी प्राप्त गरे पश्चात व्यापारी लेनदेनको लागि एक रसिद जारी गर्दछ जुन सामान्यतया प्रिन्ट हुन्छ ।[3]