प्रयोगकर्ता:Vanished user ad9abc210881e0a129c2f88d6aaa3fbd/प्रयोगस्थल
From Wikipedia, the free encyclopedia
लिच्छवि काल प्राचीन नेपालमा सन् ४०० देखि ७५० सम्म (करिव ३५० बर्ष) रहेको इतिहास पाइन्छ। आठ शताब्दीको इतिहास लिच्छवीकाल हो। कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुयान साङ को यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरूलाई खेदेर लिच्छवि वंशको स्थापना गरे । पाइएका शिलालेख, मुद्रा र चाँगुनारायण मन्दिर का अभिलेखहरू अनुसार मानदेव लिच्छवि वंशका प्रथम ऐतिहासिक राजा थिए । लिच्छवि वंशमा सुपुष्प नामका राजा भए जसलाई लिच्छवि राजवंशका संस्थापक भएको मानिन्छ। तर, मानदेव भन्दा १६ पुस्ता अगाडी विक्रम संवतको दोश्रो शताब्दीमै जयदेव प्रथमले लिच्छवि राज्यको जग बसालेको मानिन्छ। जयदेव प्रथम पश्चातका लिच्छवि राजाहरू हरीदत्त, वृषदेव, शंकरदेव र धर्मदेव हुन् । मानदेव पछि भने वसन्तदेव र रवि गुप्तको द्वैध शासन, रामदेव र क्रमलीलको संयुक्त शासन, गंगादेव र भौमगुप्तको शासनकाल चल्यो। वसन्तदेवको पालामा सुरु भएको संयुक्त शासन अंशुवर्मा र शिवदेवको पालामा चरमोत्कर्षमा पुग्यो।